Thursday, June 30, 2016

मुलुकभर भारी वर्षा

काठमाडौँ, १७ असार । मुलुकभर यसवर्ष बिहीबारदेखि मनसुन सक्रिय भएपछि भारी वर्षा सुरु भएको छ ।

बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा कारण मुलुकभर वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसले गर्दा मुलुकभर अधिकांश स्थानमा हल्कादेखि सामान्य वर्षा भई पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

सक्रिय मनसुनका कारण आज दिनभरी वर्षा हुने र अझै केही दिनसम्म वर्षा जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिनुभयो ।

भारी वर्षासँगै कृषकहरु समयमै रोपाइँ हुने आशाले हर्षित देखिएका छन् रोपाइँ सुरु भएको छ ।

यद्यपि भारी वर्षाले १५ महिनादेखि पाल र अस्थायी टहरामा दिन गुजारीरहेका भूकम्मपीडित जनता भने थप पीडामा पर्नुका साथै पहिरो उच्च जोखिममा परेका छन् ।

सक्रिय मनसुनका कारण मौसमका खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएका छन् ।

त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने अन्तर्राष्ट्रिय विमान अवतरण गर्न नसकेपछि अन्यत्रै मोडिएको विमानस्थलले जनाएको छ ।
भारी वर्षासँगै मुलुकभर सडक यातायातमा अवरुद्ध हुनुका साथै बाढी पहिरोले सयौँ जनता प्रभावित भएको खबर प्राप्त भएको छ ।

दार्चुलामा दुईको मृत्यु, एक बेपत्ता

बैतडी, १७ असार । गएराति देखिको वर्षाका कारण आएको पहिरोमा पुरिएर आज बिहान दार्चुलामा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शुक्रबार बिहान घरमाथिबाट आएको पहिराले घर पुरिँदा मालिकार्जुन–८ भौतडी मुसेकाँडाकी वसन्ती धामी रहेकी छन् ।

यस्तै, सर्मोली–४ बसौडीका ६० वर्षीय शिवदत्त पन्तको पनि पहिरोले घर पुरिँदा ज्यान गएको छ । घरमा रहेको लत्ताकपडा, अन्नलगायत गाईवस्तुसमेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पानी परिरहेका कारण उद्घारमा समस्या भएको बताइएको छ ।

यसैगरी, अपी नगरपालिका–१७ धापमा पहिरोले घर बगाउँदा प्रेमसिंह महरकी श्रीमती बेपत्ता भएकी र नाम खुल्न नसकेको प्रहरीले बताएको छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको बताइएको छ ।

उकु गाविसमा रहेको जौलजिवी प्रहरी चौकीमा पहिरो खस्दा प्रहरी चौकी सारिएको छ । बिहीबार राति प्रहरी चौकी भवनमा माथिबाट पहिरो आएपछि प्रहरी चौकी वन रेन्जपोस्ट कार्यालयमा सारिएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

वर्षाले दार्चुलाका विभिन्न क्षेत्रमा पहिरो जानका साथै घर भत्किएका छन् । खरकडा–५ ओडीगाँउ, उकु–२ च्युरानी, उकु–९ पन्तवाली, हुनैनाथ–९ औतालेक, सर्मोली–२, भगवती–४, डाँडाकोट–८ लिमेतीलगायतमा स्थानमा पहिरो गएको प्रारम्भिक खबर आएको प्रहरीले बताएको छ । बिहीबार रातिदेखि परेको मुसलधारे वर्षाले दार्चुला जिल्लाभरिको जनजीवन प्रभावित बनेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले काम थाल्यो

काठमाडौँ, १७ असार । शिक्षा ऐन, २०२८ (आठौँ संशोधन), २०७३ बमोजिम स्थापित राष्ट्रिय परीक्षा बोर्डले कार्यारम्भ गरेको छ । राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भएको भोलिपल्ट बिहीबारदेखि बोर्ड क्रियाशील भएको हो ।

ऐनले साबिकको उच्चमाध्यमिक शिक्षा परिषद्लाई बोर्डमा रुपान्तरण गरेको थियो भने बोर्डमा अध्यक्ष नियुक्ति नभएसम्म उपाध्यक्ष शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई अध्यक्षको कार्यभार दिइएको छ ।

बोर्डको सदस्य सचिवमा शिक्षा मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीलाई तोकिएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा ख्यातिप्राप्त शिक्षाविद्मध्येबाट कम्तीमा एकजना महिला पर्ने गरी शिक्षा मन्त्रालयले मनोनयन गरेका दुईजना सदस्य रहेको सिफारिस समिति रहने ऐनमा व्यवस्था छ । परिषद्का उपाध्यक्ष चैतन्य शर्मा स्वतः मुक्त हुनुभएपछि नयाँ नियुक्तिको तयारी भएको हो ।

बिहीबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्णयबाट ऐन कार्यान्वनका लागि विभिन्न निर्देशन दिइएको छ । निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि परीक्षा नियन्त्रण कार्यालयले गरी आएको कक्षा १० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी) सम्बन्धी कार्य हाललाई यथावत् रूपमा सोही कार्यालयमार्फत सञ्चालन गर्ने गराइनेछ । परिषद्को कक्षा ११ र १२ को परीक्षा नियन्त्रण कार्यालयलाई बोर्डको कक्षा ११ र १२ को परीक्षा नियन्त्रण कार्यालय कायम गर्ने र अन्तर्गत कार्यालयलाई अर्को निर्णय नभएसम्म बोर्डका शाखा कार्यालयको रूपमा कायम गरिनेछ ।
मन्त्रालयका अनुसार बोर्डमा कार्य गर्नका लागि कक्षा १० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी)को परीक्षा नियन्त्रण कार्यालयका सम्पूर्ण कर्मचारीलाई खटाइनेछ । परिषद्का कर्मचारीहरू बोर्डका कर्मचारी मानिने व्यवस्था भएकाले सबै कर्मचारीलाई तत् तत् पदमा बोर्डको कर्मचारी कायम भएको पत्र दिइनेछ ।

ऐनको आठौँ संशोधनअनुरुप शिक्षा नियमावली संशोधन मस्यौदा तयार गर्न मन्त्रालयका शैक्षिक व्यवस्थापन महाशाखाका सहसचिव डा हरिप्रसाद लम्सालको संयोजकत्वमा समिति गठन गरिएको छ । सोबमोजिम शिक्षा नियमावलीको संशोधनपछि अस्थायी शिक्षकलाई दिइने सुविधा र शिक्षक स्थायी गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।

कक्षा ११ र १२ को अनुमति÷सम्बन्धनसम्बन्धी कार्य गर्नका लागि प्राप्त भएका निवेदन छानबिन गरी आवश्यक निर्णयका लागि पेस गर्न शिक्षा विभागमा महानिर्देशकको अध्यक्षतामा, शिक्षा विभागको शैक्षिक व्यवस्थापन महाशाखाका निर्देशक र साबिकको उच्च माध्यमिक शिक्षा परिषद्मा सम्बन्धन महाशाखा हेर्ने महाशाखा प्रमुख सदस्य रहने गरी समिति गठन भएको छ ।

परिषद्ले गरी आएको उच्च माध्यमिक तहको विद्यालय व्यवस्थापन÷प्रशासनसम्बन्धी कार्य शिक्षा विभागले गर्नेछ । परिषद्को पाठ्यक्रम महाशाखाले यससँग सम्बन्धित अभिलेख तथा कागजात पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गर्नेछ ।

परिषद्बाट छात्रवृत्ति छनौट गर्न सूचना प्रकाशित गरेको परीक्षा, शिक्षा विभागले व्यवस्थापन गर्नेछ र परीक्षा व्यवस्थापन गर्न साबिकको बोर्डअन्तर्गतका कार्यालयले जिल्ला शिक्षा कार्यालयको समन्वयमा सञ्चालन गर्नेछन् । नतिजा प्रकाशन जिल्ला शिक्षा कार्यालयले गर्नेछन् ।

दीपक मनाङ्गे पक्राउ

dipak-manangeकाठमाडौँ, १७ असार । नेपाल प्रहरीले अपहरण, धम्की, फिरौती र असुलीको उजुरीका अधारमा दीपक मनाङ्गेलाई पक्राउ गरेको छ ।

उजुरीका आधारमा मनाङ्गेलाई गएराति राजधानीको ठमेलबाट पक्राउ गरेको काठमाडौँ परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विक्रमसिंह थापाले जानकारी दिनुभयो ।

गुन्डा नाइकेका रुपमा परिचित मनाङ्गेलाई उहाँका सहयोगी राजीवकुमार सिंहसहित पक्राउ गरिएको हो । प्रहरीले पछिल्लोपटक हत्या, अपहरण र धम्कीका साथ गुन्डागर्दी गर्दै आएका डन, माफियामाथिको कारबाहीलाई तीव्र बनाएको छ ।

मुलुकको शान्ति सुरक्षाका लागि गुन्डाराज गतिविधि सह्य नभएको भन्दै एसएसपी थापाले यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गर्न पछि नहट्ने बताउनुभयो ।

अमेरिकामा नायिका नन्दिता केसी व्यस्त

IMG_1508

नेपाली चलचित्रकि नायिका नन्दिता केसी हाल अमेरिका बिशेष कार्यक्रममा सहभागी हुन् अमेरिका आई पुगेको छिन l अमेरिका केहि दिन अगाडी आई पुगेकी अभिनेत्री केसी अमेरिकाका बिभिन्न शहरमा बिदेशी तथा नेपाली समुदायका संघ तथा संगठनका बिभिन्न कार्यक्रममा सहभागी हुने भएकी छिन् l 

अमेरिकामा नायिका नन्दिता केसी व्यस्त

IMG_1509

नेपाली चलचित्रकि नायिका नन्दिता केसी हाल अमेरिका बिशेष कार्यक्रममा सहभागी हुन् अमेरिका आई पुगेको छिन l अमेरिका केहि दिन अगाडी आई पुगेकी अभिनेत्री केसी अमेरिकाका बिभिन्न शहरमा बिदेशी तथा नेपाली समुदायका संघ तथा संगठनका बिभिन्न कार्यक्रममा सहभागी हुने भएको छिन् l

नायिका केसीको ,यस पटक समेत लगाएर अमेरिकाको दोश्रो भ्रमण हो l यस पटक उनि पहिलो पटक जस्तै केवल आफ्नो प्रस्तुति मात्र गर्ने उदेस्यले अमेरिका टेकेकी हैनन् l अमेरिकाको उनको पहिलो भ्रमणमा बिदेशी तथा नेपाली समुदायले उन्को प्रस्तुतिलाई निकै मन पराएका थिए l बिदेशी तथा नेपाली समुदायले गरेको हौशला ,माया तथा उत्प्रेरणा बाट निकै उत्साहित भएकी नायिका केसी यस पटक फरक जिम्मेबारी लिएर अमेरिका आएकी बताइन l

IMG_1508

कलाकार केसीले सांगीतिक प्रस्तुति मात्रमा सिमित नभई बिभिन्न कार्यक्रममा निर्णायक ,मुख्य अतिथि ,अतिथि तथा अतिथि कलाकार हुन् मौका मिलेकोमा खुशी ब्यक्त गरेकी छिन् l अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ को सप्ताहान्तमा हुन् गइ रहेको एटलान्टा एएनए सम्मेलनमा हुने प्रतिभा प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएको छिन l

जुलाई १ देखि ४ सम्म संचालन हुने एएनए सम्मेलनमा सांस्कृतिक कार्यक्रम ,भेषभुषा प्रदर्शनी तथा समग्र कार्यक्रममा अतिथि कलाकारको रुपमा सहभागी समेत हुने भएको बताईन l नायिक नन्दितालाई जुलाई महिना भर भ्याई नभ्याई भएको छ l आगामी क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा हुन् गइ रहेको वर्ल्ड फिल्म फेस्टिबलमा बिशेष अतिथि तथा अतिथि कलाकार समेत भै प्रस्तुति गर्ने अवसर पाएकोमा उत्साहित भएकी छिन् l वर्ल्ड फिल्म फेस्टिबल आगामी जुलाई २२ देखि ३० सम्म चल्ने छ l

IMG_1511

यसै गरिआगमी जुलाई ३० मा डिसी क्षेत्रमा हुने समर म्युजिकल साँझ नामक कार्यक्रममा समेत बिशेष प्रस्तुति तथा अतिथि कलाकारको रुपमा उनको प्रस्तुति रहने छ l कलाकार भएको नाताले चलचित्र सम्बन्धि कुराकानी गर्ने क्रम नायिका नन्दिताले भनिन अमेरिका लगायत विदेशमा पनि नेपाली चलचित्रलाई मन पराउन थाल्नु भएकोमा खुसी लागेको बताइन l र अमेरिकामा पनि नेपाली चलचित्रको राम्रो अवस्था आफुले देखेको बताईन l

IMG_1510

कति को ब्यस्त हुनु हुन्छ भन्ने क्रममा उनले भनिन बिभिन्न शहरहरुमा नेपाली समुदायका कार्यक्रममा बिशेष अतिथि तथा अतिथि कलाकारको बारेमा कुराकानी चलि रहेको बताइन l उनलाई भूकम्पमा कस्तो भूमिका रहेको थियो भन्ने सवालमा अमेरिका आउनु अगाडी काभ्रे जिल्लाको एक बिद्यालयलाई पुनर्निर्माण गरि हस्तान्तरण गरेको बताईन l भूकम्पमा ठुला ठुला भवन बनाउन नसकेता पनि केहि गर्न सकेकोमा हर्ष व्यक्त गरिन l उक्त पाठशालाका बिद्यार्थीले कलाकारलाई पर्दामा मात्र देख्ने गरेको तर कलाकारलाई प्रतक्ष्य देख्न पाउदा कलाकारहरु भगवान रहेछन भनि मुक्त कण्ठले प्रशंसा गर्दा निकै गर्व लागेको बताईन l

IMG_1507

IMG_1505

IMG_1512

तस्बिर सौजन्य :नन्दिता केसी /महेश प्रधान 

कार्यक्रम प्रस्तोता तथा पत्रकार भुषण दाहाल एटलांटा आए

bhushan dahal

न्यूयोर्कमा हुने नेपाल मेलाको अन्तर्वार्ता जुलाई २६ देखि शुरु

nepal exhibition

न्युयोर्कमा हुने नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको लागि दर्ता प्रक्रिया अगाडी बढाई सकेका एक सय उद्योगी तथा ब्यबसायीहरुको लागि आगामी जुलाई २६ देखि अगस्त १० सम्म अमेरिकन दुताबासले अन्तर्वार्ता लिने भएको छ l

आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म न्युयोर्कमा हुने उक्त अन्तर्राष्ट्रिय व्यापार मेलामा थप उद्योग तथा ब्यबसायीको लागि जुलाई १० तारिख सम्म आबेदन थप गरेको जानकारी नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले दिएका छन l

हाल सम्म सम्म करिब ३ सय जोड उधोग तथा ब्यबसायीले दर्ता गरि सकेकोले अन्य थपको लागि जुलाई १० सम्म निबेदनको लागि आब्हान गरेको छ l दर्ताको अन्तिम म्याद आगामी जुन ३० सम्म रहेको थियो l

काठमाडौँ स्थित अमेरिकन दुताबासमा अन्तर्वार्ताको पालो ४० दिन पछि आउने हुनाले जति सक्दो थप गरिएको म्याद सम्म आबेदन दिन अयोजकले ईक्षुक सबैमा अनुरोध गरेको छ l प्रवेश आज्ञा पाउनेको लागि बासको व्यवस्थाको लागि म्यान ह्याटनको वर्ल्ड होटल .लंग आईल्याण्डको रेड रुफ इन, अन्य ७५ वटा प्रतिष्ठानहरुको लागि व्यवस्था गरिएको छ भने थप २ सय भन्दा ज्यादा कोठाहरुको लागि न्यूजर्सी क्षेत्र र क़ुइन्स क्षेत्रमा पाहुना घरको लागि आरक्षण गर्ने क्रम जारी भएको अध्यक्ष रेग्मीले दिएका छन् l

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको सफलताको लागि म्यान ह्याटन च्याम्बर अफ कमर्स ,क़ुइन्स च्याम्बर अफ कमर्श ,हो बोकेन च्याम्बर अफ कमर्स ,न्यू जर्सी च्याम्बर अफ कमर्श लगायत अन्य ब्यापारिक संस्थाहरुसंग सहकार्य गर्ने बिषयमा छलफल शुरु गर्न थालिएको आयोजकले बताएका छन् l

जुलाई १५ बाट वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसी ले ३ जना अमेरिकन नागरिकलाई नियुक्ति गरि विभिन्न उद्योग बाणिज्य संघ र संघ तथा ब्यापारीहरु संग पहुच गर्नको लागि कार्य शुरु गर्ने भएको छ l

कर्मचारी नियुक्त प्रक्रिया शुरु भै सकेको जानकारी गराईएको छ भने त्यस्तै गरि ग्रेटर न्यूयोर्क च्याम्बर अफ कमर्स संग को सम्बन्ध विस्तार गरि सामुदायिक सदस्यता भै प्रचार प्रसार कार्य तिब्र गर्ने योजना समेत रहेको छ l

नेपालमा सम्पर्क कार्यालय बिहान ९ बजे देखि बेलुका ८ बजे सम्म सुचारु छ l काठमाडौँ स्थित अमेरिकन दुताबासले नेपाल प्रदर्शन तथा अन्तर राष्ट्रिय ब्यापार प्रदर्शनमा भाग लिने उद्योग तथा ब्यापारीहरुको प्रवेशआज्ञा के कसरि दिने हो हेर्न बाकि छ भने सम्पूर्ण कार्य सकिएको अवस्थामा पुगेको छ l

सयुक्त राष्ट्र संघको सम्मेलनमा नेपाल सरकारको तर्फ बाट आएका प्रतिनिधिले प्रदर्शनीमा सम्बोधन या समय अनुकुल भए उद्घाटन को लागि अनुरोध सम्म गरिएको छ l प्रधान मन्त्रिले उद्घाटन गर्ने बिषयमा युएन को कार्यक्रम निस्के पछि जानकारी गराउने भन्नु भएको जानकारी आएको अध्यक्ष रेग्मीले दिएका छन् l

buddhi prasad regmi

एटलान्टामा एएनए सम्मेलनमा इमिग्रेसन कानुन फोरम संचालन हुने

citizenship

एटलान्टा (अमेरिका) एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को जर्जिया राज्यको एटलान्टा शहरमा हुने सम्मेलनमा इमिग्रेसन(अध्यागमन) सम्बन्धी फोरम कार्यक्रम हुने भएको छ l आगामी जुलाई २ तारिख शनिबारको दिन हुने उक्त कार्यक्रममा न्यूयोर्कका कानुन व्यबसायी बासु फुलारा मुख्य वक्ता हुने छन् l उक्त छलफलमा अमेरिकाको नयाँ कानुन, ग्रीनकार्ड, बिजनेसको माध्यमबाट प्राप्त गर्न सकिने ग्रीनकार्ड, पारिवारिक भिसा, आप्रवासी भिसा, टिपिएसको नवीकरण, असाइलम, एफ–१, एक्स्ट्रा अर्डिनरी, अदालतमा विचाराधिन मुद्धा बिषयमा छलफल गरिने छ l

यसको साथै हालै अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको राष्ट्रपति बाराक ओबामाको अध्यागमन सुधार सम्बन्धि विषयमा समेत छलफल हुने भएको छ l कार्यक्रममा प्रश्न उत्तरको कार्यक्रम समेत राखिएको छ l एटर्नी फुलारासंग व्यक्तिगत रुपमा भेट गर्नु परेकोमा त्यस सम्बन्धी ब्यबस्था पनि गरिने भएको छ ।

जुलाई १ देखि ३ सम्म हुन लागेको यो सम्मेलनमा नेपाल देखि लिएर अमेरिकामा रहेका नेपालीहरुले बिभिन्न विषयमा कार्यपत्रहरु पेश गर्नेछन् ।

ASNEngr DC Chapter Election results 2016

Press Release 25 June 2016 DC Chapter

मायाँ र प्रेम भित्र जीउन सिकौ !

sunil profile

मान्छेको जिन्दगीमा सोचे जस्तो नहुदो रहेछ ! हामी केहि सोच्छौ तर हुन्छ अर्कै !  हामी सोच्छौ कि एक दिन अवस्य हाम्रो जीवन सुखमय हुने छ, तर हामीले कहिले पनि सुखी हुन जानेनौ वा सकेनौ! 

मायाँ र प्रेम भित्र जीउन सिकौ !

sunil profile

“मलाई चङ्गा बनाई आकाशमा उढाउने मेरो जिवनको लट्टाई प्रती समर्पित “

” हामि जिउन का लागि भन्दै आफ्नो र आफ्ना प्रियजनहरुको जिन्दगी बर्बाद गर्दैछौ ” !

घरबाट वाशिङ्टन डिसि स्थित मेरो कार्यालय आते जाते गर्न दुई घण्टा लाग्छ ! करीब पाँच बर्ष अघीको कुरा हुदो हो, एक दिन भने कार्यालय बाट छिट्टै घर फर्किए ! बेलुकाको करिब पाच बजेको थियो होला ! छिट्टै घर आएर केहि समय श्रीमती संग कुरा गर्ने, छोरा छोरीको पढाईको बारेमा छलफल गर्ने र नजिकै को रेस्टुरेण्ट मा संगै डिनर खाने योजना बुनेको थिए! नेपालमा रहदा अनुकुल मिलाएर हामि यस्तै गर्थेउ!

एक घण्टाको ड्राईभ पश्चात घर पुग्दा श्रीमती कामबाट फर्की सकेकी रहेछिन! बैठकको ठुलो स्क्रिन भएको टिभीमा कुनै सिरियल मा लठ्ठिएकि थीईन उनी! सोफामा ल्यापटप ब्याग राखी उनले टिभी हेरुन्जुल कार्यालयको केहि काम सकिहालौ भनि ल्यापटपमा म पनि एकोहोरिए!

श्रीमती सग केहि मिठा कुरा गरौला र पछि डिनर खान बाहिर निस्कौला भन्ने सोच्दा सोच्दै झपक्क रात परेछ! भित्ताको घडिले दस बजाएको न त उनले चाल पाईन न मैले नै !

श्रीमतीले नजिकको डाइनिङ्ग टेबलमा खाना राखी दीइन ! म चुपचाप डिनर खान थाले! डिनर खाएर एकछिन नजिकको पार्कमा घुम्न जाउ, गफ गरौ भने उनीलाई ! उनी खुसिले फुरुंग भईन र सहमति जनाईन!

हामि दुबैले चुपचाप संगै खाना खान थालेउ! यसै दौरान मलाई मन पर्ने एलेनको टिभि कार्यक्रम लाईभ आई रहेको थियो , खाना खादै एलेनको शो मा म डुबे ! अति नै रोमाञ्चक एलेनको सो हेर्दा हेर्दै म नजिकको सोफा मा निदाएछु!

राती बाह्र बजे छोरा काम बाट आएर उठाउदा आधी रात बितेछ! छोरा कलेज पढदछ र आफ्नो पाकेट खर्च जोहो गर्नाका लागि हप्ताको दुई दिन पार्ट टाइम काम पनि गर्दछ!

आँखा खुलेता पनि मन भने शान्त थिएन! धेरै नै पश्चाताप भयो! छिट्टै घर आएको मौका पारेर पाएको समय श्रीमती संग बिताउने मेरो चाहनामा ठेस लागेको थियो! यति सम्म कि मातेको मान्छे झैँ आधी रातमा लर्बराउदै उठेको अवस्था थियो मेरो !

मान्छेको जिन्दगीमा सोचे जस्तो नहुदो रहेछ ! हामी केहि सोच्छौ तर हुन्छ अर्कै ! हामी सोच्छौ कि एक दिन अवस्य हाम्रो जीवन सुखमय हुने छ, तर हामीले कहिले पनि सुखी हुन जानेनौ वा सकेनौ! हामी सोच्छौ कि एक दिन यो गर्ने छौ त्यो गर्ने छौ, तर गर्न र पुर्याउन सक्दैनौ!

मध्य रात थियो, सोफामा ढलेको जीउ लाई ठड्याउदै उठे , हात मुख धोएर थाकेको गोरु झैँ आफ्नो पलंग नजिक को सोफामा ढल्किए ! नजिकै श्रीमती सारा दिनको थकानले मस्त निदाई रहेकी थिईन! भोलि सबेरै उठेर हामी दुवै लाई आ आफ्नो काममा जानु थियो! बेडरुमको नाईट बल्बको मधुरो उज्यालो लाई हेर्दै म चुपचाप केहि सोची रहेको थिए!

तेईस साल पहिले यीनलाई माग्न म काठ्माण्डो बाट बिराटनगर गएको थिए! यस अघी कहिले पनि यीनलाई मैले देखेको थिईन! मलाई सम्झना छ यीनी संगको पहिलो भेट एक होटलमा भएको थियो! पहेलो कुर्ता सलवार लगाएकी यीनी आफ्नी मीतिनी लाई लिएर मलाई हेर्न आएकि थिईन! केहि महिना पश्चात मैले यीनलाई बिहे गरेको थिए ! मैले बचन दिएको थिए कि सुखमा होस् वा दुखमा, जिन्दगीका हरेक गोरेटाहरुमा सदा तिमिलाई साथ् दिनेछु !

जिन्दगीको रथ चल्दै थियो, यस बिच अवसर र उत्साहाहरु धेरै आए, केहि गुमे त केहि पछी आएर थपिए पनी। दुई छोरा छोरि पनि भए! बाकि जिन्दगीको रथ चलाउन र श्रीमतीलाई दिएको बचन पुरा गर्न कै लागी मैले अमेरिकामा पाएको जागिर प्राथमिकतामा पर्यो! खास गरि केटा केटिहरुको उच्च शिक्षा का लागी र तिनीहरुको भबिस्य सुध्रिढ गर्न का लागी पनि अमेरिका बसाइ सराइको निर्णयबाट हामी दुवै खुसि थियौ! सपरिवार सहित अमेरिकामा घरजम गरियो!

तर, हाम्रो जिन्दगी कस्तो? बिहानै आँखा खुल्दा काम मा जान हतार! आपसमा कुरा गर्न समेत फुर्सत छैन! बिहान सबेरै म भन्दा आधा घण्टा अगाडी उठेर उनी मेरो लागि चिया बनाउछिन ! चिया पिएर म फ्रेश हुन थाल्छु, उनी भगवानको पुजा पाठ र दिउसोको लागी बेलुका नै बनाएको लन्च प्याकिङ्ग मा ब्यस्त हुन्छिन! हामी दुवै लन्च बक्स हातमा झुण्ड्याउदै कामका लागी अलग अलग गाडि बाट हुईकिञ्छौ ! एक घन्टा पछी छोरा छोरी हरु पनि स्कुल तर्फ लाग्छन ।

बिहान पाच बजे उठेकी उनी काम सकी बेलुका चार बजे घर फर्किन्छिन ! छोरा छोरीहरु का लागी स्कुल पठाउन लन्च तथा स्न्याक्स अनी सपरिबारका लागी ब्रेकफास्टको नित्य चिन्ताले दैनिक कामबाट घर फर्कदा उनको हातमा ग्रसरी का पोकाहरु नभएको दिन सायद बिरलै होला । जती कमाउछिन त्यति नै घर परिवारका लागी त्यहि स्टोर मा खन्याएर आउछिन ! काम बाट फर्किएपछि एकछिन फ्रेश भएर बेलुकाको डिनर बनाउन ब्यस्त हुन्छिन ! म काम बाट घर पुग्दा केटा केटि सुति सकेका हुन्छन ! म घर नपुगुन्जेलको समयमा उनी आफ्नो टिभि सिरियल हेरेर मन बुझाउछिन , दिन भरिको थकान मेटाउने प्रयास गर्छिन ! आफु पनि डिनर खाएर दिन भरि जोतेको गोरु झैँ थकान सरिर लीएर बेडमा पल्टनछु !

अमेरिकामा जिउनका लागी एउटा पुरा दिन यसरि नै खर्च हुदो रहेछ !

ती पहेलो कुर्ता सलवाल वाली मेरी श्रीमतीले आज सम्म मलाई कुनै सिकायत वा गुनासो गरेकी छैनन् ! मैले जे दियो त्यहि मन पराउछिन, जस्तो लुगा वा गहना दियो त्यहि लगाउछिन! उनको बिशेष चाहनाका बारेमा आज सम्म मलाई थाहा छैन! उनले कुनै पनि कुरामा हुरुक्क भएर आफ्नो लागि खर्च गरेको समेत मलाई थाहा छैन! उनले म संग गुनासो किन नगरेकी होलिन मलाई त्यो समेत थाहा छैन तर आज मलाई आफु देखि नै ठुलो गुनासो छ! सायद मान्छेले जो संग बढी माया र स्नेह गर्छ उसै लाई कम ध्यान दिने वा कम ख्याल गर्ने भएर पो हो कि? आखिर किन?

धेरै पटक मैले महसुस गरे कि यसरि हड्डी घोटेर हामिले आफ्नो लागि काम गरेको हुदै होईन! आफ्ना प्रियहरुको चाहना र रहरको हत्या गरेर आफ्नो लागि काम गरेको भन्न मिल्छ? हामि त कुनै अज्ञात शक्तिको भय वा डर संग लडन का लागि काम गर्दैछौ ! यसै कारणले हामि जिउन का लागि भन्दै आफ्नो र आफ्ना प्रियजनहरु को जिन्दगी नै बर्बाद गर्दैछौ !

म सोच्छु त्यो दिन कस्तो होला जब हामि बास्तबिक जिन्दगी रमाएर जिउन सकौला? अमेरिकामा होस् वा अन्य मुलुकमा, के गाडि , घर , टिभि , कम्प्युटर , ल्यापटप , स्मार्ट्फ़ोन , ट्याब्लेट , कपडा किन्न कै लागि हामि बाचेका हौ ?

आज पाँच वर्ष भयो मैले महसुस गर्न थालेको ! परिवारलाई धेरै भन्दा धेरै समय दिई उनीहरु प्रती उत्तरदायी हुन ऐले पनि म यहि सोच्दै छु ! काम र परिवार बिच सन्तुलन राख्नु पर्ने आवस्यकताका बारेमा अब आएर म सचेत भएको छु । प्रतेक बर्ष घुमफिर गर्ने समय छुट्याउने , बजेट का लागी अनावस्यक खर्च कटौती गरि केहि पैसा संचित गर्दै जाने र छोरा छोरी का लागी प्रयाप्त समय दिने हाम्रो प्रयास बिगत पांच वर्ष देखि कायम छ ! यही कारणले नै आजकाल म पनि समय मै घर फर्कन्छु , किचेनमा खाना पकाउन सघाउछु र हासी खुशी संगै खाना खान्छौ । बेलुका काउन्टी सँग लिजमा लिएको गार्डेन प्लटमा तरकारी लगाउन र हेरचाह गर्न दुबै निस्कन्छौ । दुई घन्टा पछी फ्रेस भएर घर फर्कन्छौ

भूक्षय रोक्न बाँस रोपिँदै

bans-ka-ped (1)बनेपा, १६ असार । जिल्लाका विभिन्न ठाउँमा भूक्षय रोक्न बाँस रोपिन थालेको छ । भूकम्पपछि विभिन्न ठाउँमा जमिनमा धाँजा फाटेका कारण पहिरो जाने सम्भावना रहेकाले त्यसलाई रोक्न बाँस रोप्न थालिएको हो ।

सहायक वन अधिकृत केबी थापाले जिल्लाका चलालगणेशस्थान, ढुंखर्क, चौबास, मेथिनकोटलगायतका गाविसमा भूकम्पपीडितलाई बाँस वितरण गरिएको जानकारी दिनुभयो ।

जिल्लामा रु २० लाख बजेट प्राप्त भएकाले सबै क्षेत्रमा बाँस रोप्ने तयारी भइरहेको थापाले बताउनुभयो । “हामीले यस वर्ष कम्तीमा १० हजार बाँस प्रजातिका बिरुवा रोप्ने दक्ष्य छ,” उहाँले भन्नुभयो । यस्तै गरिबका लागि कबुलियती वनअन्तर्गत सुन्तला र कागतीको बिरुवा समेत कार्यालयले किसानलाई अनुदानमा वितरण गरेको छ । चलालगणेशस्थान र ढुंखर्क गाविसमा ती बिरुवा पचास प्रतिशत अनुदानमा वितरण गरिएको बताइएको छ ।

पाँच सय आठ घरधनीलाई पुनःनिर्माणको ५० हजार

Paisaमेलम्ची, १६ असार । सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछि घर बनाउन अनुदान पाउनेको सूचीमा ७८ हजार पाँच सय ३७ घरधनी परेका छन् ।
पुनःनिर्माणका लागि आजसम्म घर बनाउन २९ हजार सात सय ३२ घरधनीसँग अनुदान सम्झौता भएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताउनुभयो ।

पहिलो किस्ताको रु ५० हजार अहिलेसम्म पाँच सय आठ जनाको खातामा रकम पठाइसकेको दुवाडीले जानकारी दिनुभयो ।

नाम छुटेका र गल्ती विवरण आएकाको भनेर जिल्लाभरबाट गुनासो दर्ता गराउनेको सङ्ख्या भने छ हजार आठ सय ६४ रहेको र अझ गुनासो दर्ता गराउनेको सङ्ख्या वृद्धि हुने आँकलन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म भोताङ, गुन्सालगायत १२ गाविस र चौतारा नगरपालिकामा पूर्णरुपमा ४७ हजार एक सय ८८ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

मलेसियाका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउन माग

IMG_1854काठमाडौँ, १६ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियाका लागि नेपालका राजदूत निरञ्जन बस्न्यातलाई फिर्ता बोलाउन माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विमल ढकालले भिएलएन, बायोमेट्रिक, माइग्राम, आइसिएसजस्ता संस्थासँग राजदूत बस्न्यातले साँठगाँठ गरी रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारलाई बढी आर्थिक भार बोकाउने कार्य गरेको आरोप लगाउनुभयो ।

उहाँले ती संस्था अवैध ढङ्गले सञ्चालनमा आएको जनाउँदै बन्द गर्न प्रधानमन्त्री, परराष्ट्रन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सबै निकायलाई अनुरोध समेत गर्नुभयो । यही असार १३ गतेदेखि भएको श्रम तथा रोजगारमन्त्रीको मलेसिया भ्रमणका क्रममा सहभागी भएको सङ्घको टोलीलाई मलेसियाका श्रममन्त्रीसँग भेटघाट गर्न राजदूत बस्न्यातले रोकेको सङ्घले आरोप लगाएको छ ।

सङ्घले मलेसिया गएका कामदारको प्रवेशाज्ञा रोजगारदाता कम्पनीले हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था विपरीत प्रवेशाज्ञा नवीकरण नगर्ने कम्पनीलाई कारबाही नगरी उल्टै कामदारलाई कारागार चलान गर्ने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेको छ ।

कामदारमाथिको शारीरिक तथा मानसिक यातना दिने कार्य तत्काल बन्द गरी नेपाली कामदारको हकहितको सुनिश्चिततासहित तीन महिनाभित्र मलेसियासँग श्रम सम्झौता गर्नुपर्ने सङ्घको भनाइ छ । मलेसियाका रोजगारदाता कम्पनीले समयमा प्रवेशाज्ञा नवीकरण नगर्ने र करार समाप्त भएपछि समयमा नेपाल फिर्ता नगर्ने कम्पनीलाई मलेसिया सरकारले कारबाही गर्नुपर्ने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

संविधान कार्यान्वयन भएको अनुभूत गराउन सरकार कटिबद्ध – सञ्चारमन्त्री

serdhan-raiभक्तपुर, १६ असार । सञ्चारमन्त्री शेरधन राइले सरकार जनतालाई संविधान कार्यान्वयन भएको अनुभूत गराउने ढङ्गबाट अगाडि बढेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नगरकोटमा आयोजनामा गरेको सूचना तथा सञ्चार प्रविधि एवम् विद्युतीय सुशासनसम्बन्धी दुईदिने गोष्ठीको आज उद्घाटन गर्दै उहाँले संविधानको भावना र मर्म बमोजिम जनताका माग, आकाङ्क्षा र चाहनालाई मूर्त रुप दिने चरणमा सरकार प्रवेश गरिसकेको बताउनुभयो ।

जनताले चाहेको स्थायी शान्ति स्थापनाका लागि सरकार प्रस्ट नीति, कार्यक्रम र योजनाका साथ अगाडि बढिसकेको मन्त्री राईले बताउनुभयो । उहाँले सूचना प्रविधिलाई समग्र देशको विकास र समृद्धिसँग जोड्न सकिए मुलुक विश्व समुदायसँग प्रतिस्पर्धामा उत्रन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री राईले सबै गाउँ र नगरमा अप्टिकल फाइवर बिछ्याउने कार्य अगाडि बढाएको उल्लेख गर्दै अब वायरलेस सिस्टममा जाने तयारी भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवेदीले मन्त्रालयमा सूचना तथा सञ्चार क्षेत्रको सुशासनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारी, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालगायतले मुुलुकका तल्लो तहका सरकारी कार्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

दुईदिनसम्म चल्ने गोष्ठीमा अर्थ, गृह, सूचना तथा सञ्चार, विज्ञान तथा प्रविधि, परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात, भूमिसुधार मन्त्रालयका साथै लोकसेवा आयोग र निर्वाचन आयोगका सूचना, प्रविधि तथा विद्युतीय सुशासनसम्बन्धी गतिविधिका बारेमा छलफल गरिने छ ।

न्याय प्रशासनसम्बन्धी विधेयकलाई छलफलमा ल्याउन संसदको स्वीकृति

Samsad-bhawan2.jpgकाठमाडौँ, १६ असार । व्यवस्थापिका–संसद्ले कानुन, न्याय तथा संसदीय मन्त्री अग्निप्रसाद खरेलले प्रस्तुत गर्नुभएको न्याय प्रशासन विधेयक–२०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग-यो ।

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले अदालतलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

विधेयकमा एकल इजलासबाट मुद्दाको पुनरवलोकनको व्यवस्था राख्न नहुने भएकाले केही परिमार्जनको आवश्यकता रहेको बताउनुभयो ।
सांसद जनकराज जोशीले उच्च अदालतको हालको संरचना जस्ताको त्यस्तै रहँदा मुलुकले खर्चको पाटोलाई थेग्न सक्छ कि सक्दैन भन्नेमा अहिले नै सचेत हुन आवश्यक छ भन्नुभयो ।

सांसदहरुले उठाएको प्रश्नको जवाफमा मन्त्री खरेलले न्यायालयको स्वच्छता, पारदर्शिता र समयसापेक्ष तुल्याउने विषयमा सरकारको ध्यानाकर्षण भएको बताउनुभयो ।

न्यायालयसँग गाँसिएको विषयमा विधेयक निर्माण गर्दा विगतको परम्परालाई अनुशरण गरिएको बताउँदै उहाँले प्रदेशमा एक उच्च अदालत रहे पनि त्यस मातहतमा विभिन्न स्थानमा इजलास रहने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

रोपाइँको समयमा मलको अभाव

downloadधनगढी, १६ असार । मुख्य खाद्यान्न बाली धानको रोपाइँमा व्यस्त रहेका कैलाली जिल्लाका किसान डिएपी रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् ।

खेतमा धान रोपेलगत्तै प्रयोग गर्नुपर्ने डिएपी मल अभाव भएपछि समस्या परेको गुनासो स्थानीय कृषक हरि चौधरीले सुनाउनुभयो ।

रोपाइँ भएकै दिन प्रयोग गर्नुपर्ने डिएपी मल नपाउँदा रोपेको बोट नफस्टाउने भई उत्पादन घट्ने चिन्ता लागेको चौधरीले बताउनुभयो ।

सरकारको अनुदानित मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीमा डिएपी मलको मौज्दात सकिएपछि किसानले मल अभाव झेल्नुपरेको हो ।

खेतीको समयमा यसअघिका वर्षमा पनि मलको अभाव झेल्दै आएका किसानले यस वर्ष पनि मल अभाव झेल्नुपरेको हो । कैलाली जिल्लामा झन्डै ७१ हजार २५० हेक्टर जग्गामा वर्षे धान बालीको खेती हुँदै आएको छ ।

सरकारले कृषि सामग्री कम्पनी लिमिटेडमार्फत अनुदानको रासायनिक मल कृषकलाई बिक्री वितरण गर्दै आएकोमा दुई वर्षदेखि अनुदानको मलको बिक्री वितरणको जिम्मा साल्ट टे«डिङ कर्पोरेसनलाई समेत दिइएको छ ।

यद्यपि यस वर्ष जिल्लाका कतिपय सहकारी संस्थाले बिक्री गर्नुपर्ने अनुदानित मल लुकाएर राखेको वा महँगो मूल्यमा बिक्री गरिरहेको आरोप लागेको छ ।

सहकारी संस्थाले अनुदानित मल पारदर्शी ढङ्गले आफ्नो क्षेत्रभित्रका कृषकलाई उचित मूल्यमा बिक्री गरे नगरेकोबारे अनुगमन हुन सकेको छैन ।

साल्ट टे«डिङ कर्पोरेसन लि धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डे कतिपय सहकारीले मल लुकाएर राखेको कारण अहिले डिएपी मलको अभाव सिर्जना भएको हुनसक्ने बताउनुहुन्छ ।

अनुदानित मल बिक्री गर्दै आएको सञ्जीवनी बचत सहकारी संस्था धनगढीका भोजराज जोशीले भने सहकारीले मल लुकाएको, वा कालोबजारी गरेको भन्नेबारेमा आफूलाई थाहा नभएको बताउनुभयो ।

साल्ट टे«डिङका सहायक महाप्रबन्धक पाण्डेले गत १२ महिनामा अनुदानित ५० किलो तौलको युरिया एक लाख तीन हजार ७४४ बोरा, डिएपी ३५ हजार २७ बोरा र पोटास एक हजार ९९२ बोरा सहकारी संस्थालाई बिक्री गरिएको जानकारी दिनुभयो । कार्यालयको गोदाममा अहिले १५ हजार बोरा युरिया र ६०३ बोरा पोटास मौज्दात रहेको छ ।

यस्तै कृषि सामग्री कम्पनी लि धनगढीले १२ महिनामा युरिया तीन हजार २९२ मे टन, डिएपी एक हजार ८३० मे टन र पोटास १०७ मे टन बिक्री गरेको छ ।

कृषि सामग्रीमा अहिले युरिया दुई हजार ४६० मे टन र पोटास १०३ मे टन मौज्दात रहेको छ ।

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै मूर्त रुप पाएकोे छ । संसद्को आजको बैठकले ‘नेपाल खुला विश्वविद्यालय विधेयक, २०७२’ पारित गरेपछि यसले कानुनी मान्यता पाउने भएको हो ।

संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले गत वैशाख ७ गते सो विधेयकमाथि आएका विभिन्न संशोधन र सुझाव समेटेर प्रतिवेदनसहित पारित गरेको थियो । सो विधेयक अघिल्ला शिक्षामन्त्री चित्रलेखा यादवको पालामा संसद्मा पेस भएको थियो ।

राष्ट्रपतिबाट प्रमाणीकरणपछि लागू हुने विधेयकले आर्थिक, सामाजिक अवस्था, भौगोलिक विकटताजस्ता अवरोधका कारण उच्चशिक्षाको पहुँचबाट वञ्चित भएकालाई शिक्षाको सहज पहुँच दिनेछ । हाल मुलुकमा नौ विश्वविद्यालय सञ्चालित छन् । अब दशौँ विश्वविद्यालयका रुपमा खुल्ला विश्वविद्यालय हुनेछ ।

कम खर्चमा नेपालका गरिब र विपन्न वर्गका विद्यार्थी र विदेशमा रहेका नेपालीले पढ्न पाउने व्यवस्था सो विश्वविद्यालयले गर्नेछ । पाँच वर्षअघि सरकारले यसका लागि गैरआवासीय नेपाली सङ्घको सहयोगमा पूर्वाधार समिति गठन गरी कानुनी र भौतिक तयारी गरेको थियो । खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने र गराउने उद्देश्य प्रस्तावित सो विश्वविद्यालयको छ ।

खुला शिक्षा प्रणालीका नवीनतम शिक्षण विधि तथा प्रविधिका माध्यमबाट विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अनुसन्धान तथा अध्यापनद्वारा उच्च शिक्षामा सर्वसाधारणको पहुँच पु¥याएर मुलुकभर ज्ञान र सीपमा आधारित प्रविधियुक्त जनशक्ति तयार गराई राष्ट्रिय विकासमा दक्ष तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति आपूर्तिको उद्देश्य पनि पारित विधेयकको छ ।

शिक्षा मन्त्रालयका सहसचिव डा डिल्लीराम रिमालले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक जग्गा, इन्टरनेट, वेबलगायतका पूर्वाधार तयारी भइरहेको बताउनुभयो । पूर्वाधार समितिले काभ्रेपलाञ्चोकको बनेपामा करिब १४ रोपनी जग्गा विश्वविद्यालयका लागि लिइसकेको छ ।

समितिका सदस्य तथा खुला विश्वविद्यालयको परिकल्पनादेखि कार्यरत डा प्रमोद धितालले कानुन बनेपछि अब विश्वविद्यालय बन्ने सपना पूरा हुने बताउनुभयो । पूर्वाधार समितिलाई सरकारले वार्षिक करिब रु डेढ करोड बजेट विनियोजन गर्दै आएको छ ।

गैरआवासीय नेपाली रहेका ५६ भन्दा बढी देशबाट शैक्षिक एवम् विज्ञान र प्रविधिका क्षेत्रमा आर्जित ज्ञान, सीप, पुँजी, अनुभव र अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध बढाई नेपालमा उच्च शिक्षाको विकासमा सहयोग गर्न सरकार र गैरआवासीय नेपाली सङ्घबीच सहमति भएको थियो ।

सो विधेयकको प्रारम्भिक मस्यौदा गैरआवासीय नेपालीसहितका प्रतिनिधिको कार्यदलले विसं २०६७ मा तयार गरेको थियो । तत्कालीन शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लको कार्यकालमा खुला विश्वविद्यालयको अवधारणाबारे खुला तथा दूर शिक्षाका लागि अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष तथा क्यानडाको अथवास्का विश्वविद्यालयका अध्यक्ष डा फ्रिट्स प्यानिकोइकको उपस्थितिमा कार्यशालासमेत भएको थियो ।

अमेरिकामा नेपालको पर्यटन प्रबद्र्धन

suman pandey US

न्युयोर्क, असार १५ गते । भारतीय र चिनिँया पछि धेरै संख्यामा नेपाल भ्रमणमा अमेरिकी पर्यटक आउने गर्दछन् । एक तथ्यांक अनुसार नेपालमा बार्षिक ५० हजारको सख्ंयामा अमेरिकी पर्यटक आउछन् भने उनीहरुले खर्च गर्ने रकम र बसाई अवधि पनि लामो हुने गर्दछ । अमेरिकी पर्यटक कम्तीमा पनि दुई हप्ता नेपाल बस्ने गर्दछन् भने उनीहरुको सरदर दैनिक ४२ देखि ५० अमेरिक डलर सम्म खर्च गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

विनाशकारी भूकम्प, बन्द, हड्ताल, नाकाबन्दी र असामान्य परिस्थिति सम्बन्धमा अन्तराष्ट्रिय संचारमाध्यममा प्रवाह भएको सन्देशले पछिल्लो समय नेपाल भ्रमणमा आउने अमेरिकी पर्यटकको संख्यामा कमी आएको छ । नेपाल आएर धेरै पैसा खर्च गर्ने र लामो समय अवधि बस्ने अमेरिका, क्यानडा, अष्ट्रेलिया र बेलायका ‘क्लालिटी टुरिस्ट’ को संख्यामा कमी आइरहेको अबस्थामा नेपाल पर्यटन बोर्डले अहिले अमेरिकाबाट सेल्स मिसनको सुरुवात गरेको छ ।

विश्वको प्रख्यात इटर्बो अनलाईनसंगको सहकार्यमा बोर्डले अमेरिकाको पाँच राज्यमा ‘नेपाल सेल्स समिट यूएस २०१६’ आयोजना गरेको हो । अमेरिकाको डेनभर, फोनिक्स, लस एन्जल्स, स्याटल र फ्लोरिडामा गरिएको कार्यक्रम नेपालको पर्यटन प्रबद्र्धनको लागि कोशेढुङ््गा साबित भएको सहभागित नेपालका पर्यटन ब्यबसायीले जनाएका छन् । जुन १९ तारिख देखि अमेरिकामा भइरहेको सेल्स समिटमा अमेरिकी ट्राभल एजेन्टको उत्साहप्रद सहभागिता रहेको प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष एवं एक्सप्लोर हिमालयका संचालक सुमन पाण्डेले बताए ।

विनाशकारी भूकम्पछि नेपालको पर्यटन उत्थानमा गरिएको अन्तराष्ट्रियस्तरको सबैभन्दा उत्कृष्ट कार्यक्रम भएको जनाउदैँ पाण्डेले भने, “ यो कार्यक्रमले अमेरिकी एजेण्ट र संचारकर्मीको नेपाल प्रतिको हेराईमा पूर्ण रुपले परिवर्तन आएको छ ।

सेल्स समिटले नेपाल पर्यटकको लागि सुरक्षित सस्तो गन्तब्य भएको राम्रो सन्देश अन्तराष्ट्रियस्तरमा प्रवाह भएको पनि पाण्डेले बताए । उक्त कार्यक्रमा नेपालका कहलिएका ट्राभल कम्पनीको पनि सहभागिता रहेको थियो । सेल्स समिटमा नेपालका एक्सप्लोर हिमालयन एक्सप्लोर नेपाल, थामसेर्कु टे«किङ, एती ट्राभल, हिमालयन गाईड, बाराही होटल, फिस्टेल प्याराग्लाइडिङ, एपिक हिमालयन टुर, एक्सपिडिशन हिमालयनको सहभागिता रहेको पाण्डेले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका बरिष्ट अधिकृत सुधन सुबेदीले अमेरिकी पर्यटकलाई नेपाल भित्राउन यो कार्यक्रमले ठूलो भूमिका निर्वाह गर्ने विश्वास गर्नुभयो । नेपालमा बार्षिक ५० हजारको संख्यामा अमेरिकी पर्यटक आउने गरेको जनाउदैँ सुबेदीले बिनाशकारी भूकम्प लगत्तै पनि ठूलो मात्रामा गिरावट भने नआएको जनाए ।

‘भूकम्पपछिको डाटा हेर्दा ४० हजारको संख्यामा अमेरिकी पर्यटक आएको देखिन्छ, तर त्यसपछि थप संख्या नघटोस् भनेर हामीले सेल्स समिट आयोजना गरेका हौ, सुबेदीले भने ।

पर्यटन बोर्डका अनुसार अमेरिकाका पाँच राज्यमा आयोजना गरिएको कार्यक्रममा सबैभन्दा उत्कृष्ट लस एन्जल्समा भएको छ । क्यार्लिफोर्नियाको लस एन्जल्समा गरिएको कार्यक्रममा एक सयको हाराहारमीमा अमेरिकी एजेन्टको सहभागिता रहेको बोर्डका अधिकृत सुबेदीले दिए ।

गैरआबासिय नेपाली संघको आर्थिक स्थायित्व समीतीको पहिलो  बैठक सम्पन्न

NRN Logo

गैरआबासिय नेपाली संघको आर्थिक स्थायित्व समीतीको पहिलो कन्फ्रेस कल बैठक हालै सम्पन्न भएको छ | बैठकले संघको हाल् सम्मनको आर्थिक श्रोत ,स्थिती र यस् सम्बन्धमा भएका प्रयासहरुको बारेमा समिक्षा गरेको थियो |

संघको कार्यालय र गतिबिधी सन्चालनका लागि हालसम्मन  सदस्यता र बेलाबखत संकलन गरिने चन्दा र सह्योग् बाहेक अन्य स्थाई श्रोत नभएको हुँदा त्यस तर्फ छलफल चलाई बैकिल्प स्थाई श्रोतहरु तयार गर्ने तर्फ बैठकमा छलफल गरिएको थियो | समितिले यो सम्बन्धमा अल्पकालिन र दिर्घकालिन रणनिती तयार गरी अन्तरराष्ट्रिय समितिमा कार्यन्वयनका लागि शिफारिश गर्ने निर्णय गरेको छ |

बैठकले दिर्घ कलिनरणनिती तयार गर्न डिल्ली  भट्टराई  ( अमेरिका ) र अल्पकालिन   रणनिती तयार पार्न भैरब ढकाल ( अस्ट्रेलिया )लाई संयोजक तोकेको छ | बैठक समितिका संयोजक तथा संघका अन्तरराष्ट्रिय समितिका   कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा सन्चालन भएको थियो |

Wednesday, June 29, 2016

‘नयाँ प्रधानमन्त्री प्रचण्ड वा देउवा, अबको प्रमुख प्रतिपक्ष एमाले’

gopal-kirati-650x467

वर्तमान सरकारबाट माओवादी केन्द्र हट्नु पर्ने बताउनुभएका नेता किरातीले भन्नुभयो, ‘भारतीय कांग्रेसआइको समर्थनले मात्रै यो सरकार टिकेको छ ।कांग्रेसआइसँगको सम्बन्धले गर्दा केपी ओलीको सम्बन्ध भाजपासँग बिग्रिएको हो ।

‘नयाँ प्रधानमन्त्री प्रचण्ड वा देउवा, अबको प्रमुख प्रतिपक्ष एमाले’

gopal-kirati-650x467

काठमाडौं, १६ असार । नेकपा (माओवादी केन्द्र) नेता गोपाल किरातीले एमालेका नेताहरू अध्यक्ष प्रचण्डलाई हेगमा उभ्याउने खेलामा लागेको आरोप लगाउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता किरातीले भन्नुभयो, ‘एमालेका नेताहरू प्रचण्डलाई हेगमा लगेर उभ्याउने षड्यन्त्रमा लागेका छन् । विभिन्न स्थानमा उजुरी दिन लगाइरहेका छन् ।’ उहाँले सत्तासाझेदार भएर पनि एमालेले त्यस्तो व्यवहार नदेखाएको आरोप लगाउनु भयो ।

वर्तमान सरकारबाट माओवादी केन्द्र हट्नु पर्ने बताउनुभएका नेता किरातीले भन्नुभयो, ‘भारतीय कांग्रेसआइको समर्थनले मात्रै यो सरकार टिकेको छ । कांग्रेसआइसँगको सम्बन्धले गर्दा केपी ओलीको सम्बन्ध भाजपासँग बिग्रिएको हो ।’

‘अब यो सरकार कसैले थामेर थामिदैन’, माओवादी केन्द्रका नेता किरातीले भन्नुभयो, ‘ओलीलाई समातेर बस्ने हो भने हाम्रो पार्टी पनि सक्किन्छ ।’

बजेट अगाडि नै सरकार ढल्ने संकेत आफूले पाएको दाबी गर्नुभएका नेता किरातीले अगाडि भन्नुभयो, ‘यो सरकार ढल्छ । हाम्रा मन्त्रीहरूले सरकारको पक्षमा उभिए भने कारबाही हुन्छ । यो सरकारले भाषण गर्नेभन्दा अरु केही गरेको छैन ।’

आउने मंसिरमा कुनै पनि हालतमा चुनाव नहुने किरातको भनाइ छ । ‘तयारी विनै स्थानीय निकायको चुनाव कसरी हुन्छ ?’, उहाँले भन्नुभयो ।

आफ्नो पार्टीका अध्यक्ष प्रचण्ड अबको नयाँ प्रधानमन्त्री भएको बताउनुभएका उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवा पनि प्रधानमन्त्रीको विकल्प हो ।’ नेता किराती अबको प्रमुख प्रतिपक्ष दल रहेको उल्लेख गर्नुभयो ।

राता मकैको जन्म दिनमा धुर्मुस–सुन्तलीलाई कोमलको उपहार

lionel-messi-sad-650x390 (1)

काठमाडौं । हाँस्य कलाकार किरण केसी (राता मकै)को जन्म दिनको अवसरमा धुर्मुस–सुन्तलीलाई आर्थिक सहयोग जुटेको छ ।

गिरान्चौर एकिकृत बस्ती निर्माण गरीरहेका उनीहरुलाई किरण केसी र शिवहरी पौडेलको पहलमा आर्थिक सहयोग जुटेको हो ।

आफ्नो जन्म दिनको अवसरमा गरिएको सम्मान तथा अन्र्तक्रिया कार्यक्रममा किरण केसीले २५ हजार रुपैँया सहयोगसहित अपील गरेपछि ३ लाख ९० हजार रुपैँया नगद सहयोग संकलन भएको छ ।

किरण केसीको जन्म दिन विशेष कार्यक्रममा सुरेन्द्र केसी (मुलाको साग) ले ५ हजार रुपैँया, भिम कार्कीले २५ हजार रुपैँया, राज केसीले २५ हजार रुपैँया, दिपक कार्कीले २५ हजार रुपैँया सहयोग गर्नुभएको छ ।

यस्तै, बिवेक कार्कीबाट १० हजार, शिव कट्टेलबाट १० हजार, अंकित कार्कीबाट २० हजार, आनन्द बहादुर बिसन्खीबाट ३५ हजार र कोमल ओलीबाट १० हजार ५ रुपैँया सयहोग संकलन भएको छ ।

अमेरिका लस एन्जल्सबाट पहिलो पटक व्यवसायी बिमल श्रेष्ठबाट २ लाख रुपैँयाका चेकसहित ३ लाख ९० हजार ५ रुपैँया संकलन भएको हो । जन्म दिनको अवसरमा भएको उक्त सहयोगप्रति धुर्मुस सुन्तली फाउण्डेशनले कृतज्ञता प्रकट गरेको छ ।

सन्यास लिएका मेस्सीबारे ज्योतिषको नयाँ भविष्यवाणी, फ्यान खुसी!

lionel-messi-sad-650x390 (1)

काठमाडौं, १४ असार । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका अर्जेन्टिनाका प्रख्यात फुटबलर लियोनल मेस्सीबारे ज्योतिषले नयाँ भविष्यवाणी गरेका छन् ।

सोमबार कोपा अमेरिका फुटबलको फाइनलमा मेस्सीले पेनाल्टी मिस गरेका थिए भने अर्जेन्टिना चिलीसँग ४–२ गोल अन्तरले पराजित भएको थियो । यो नतिजापछि मेस्सीले अर्जेन्टिनाको टेलिभिजनमार्फत राष्ट्रिय टिमबाट अब नखेल्ने भन्दै सन्यासको घोषणा गरे ।

मेस्सीले सन्यास लिएपछि धेरै फ्यानहरुले दुःख व्यक्त गरे । फुटबलका महान हस्तीहरुले समेत मेस्सीले सन्यास लिने बेला नभएको भन्दै निर्णय फिर्ता लिएर टोलीमा फर्किन दबाब दिइरहेका छन् ।

यसैबेला मेस्सीले सन्यास लिएको एकदिनपछि मंगलबार नेपालका चर्चित युवा ज्योतिष डा सुनील सिटौलाले सन्यास निर्णयबाट मेस्सी पछि हट्ने र पुनः खेलमा फर्कने बताएका छन् ।

उनले भनेका छन्- ‘मेस्सीले सन्यास फिर्ता लेलान कि नलेनान उनको भविश्य के होला भन्ने बारेमा ज्योतिष शास्त्रबाट विचार गर्दा सन्यास नलिने र पुनः खेलकुदमा फर्कने नै देखिन्छ ।’

ज्योतिष सिटौलाले मेस्सीले सन्यास घोषणा गरेको दिन पुनर्फु योग परेको भन्दै पुनर्फु फेरि गर्नुपर्ने भन्ने अर्थमा प्रयोग हुन्छ भने ।

ज्योतिषको यो भविष्यवाणीसँगै फ्यानहरुले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।

suneel-tweet

सन्दर्भ असार पन्ध्र र कृषि पर्यटन :कृषि क्रान्तिको कुरामात्र काम शुन्य

जलस्रोत र कृषिको धनी देश नेपालमा यी दुबैको उपयोगमा न त सरकार न त हामी नै जिम्मेवार बन्न सकेका छौ । लाखौं युवाहरु बिदेशको भुमिमा पसिना चुहाइरहेका छन् । आफ्नो घरखेतको त कुरै नगरौ करेसाबारी समेत बाँजो बन्ने अवस्थामा पुगिसकेको छ । कृषिमा वैज्ञानिक प्रणाली लागू हुन नसक्दा पुर्खादेखि हराभरा बन्दै आएको जमीन अहिले अरबको मरुभूमि झै बनेको छ । सरकार खाली कृषि पर्यटनको सम्भाव्यता छ मात्र भन्छ, राजनीतिक दलका नेताहरु कृषि क्रान्तिको झुटो आश्वसन बाँडिरहन्छन् । युवा पुस्तालाई विदेशमा श्रम गराउने नीतिलाई बढवा दिदै रेमिट्यानस भित्र्याएर अर्थतन्त्र धानेको लज्जास्पद कुरा मात्र गर्छ सरकार । गाउँ घरमा बूढाबूढी र केटाकेटीहरु मात्र छन् । जोश छउन्जेल जमीन जोतेर, खनेर बहादुरी गरेका हाम्रा बाबुआमहरु अहिले बुढेसकालको सहारा खोजिरहेका छन् । जमीन बाँझो रहेको आँखाले देख्न नसकेर जसोतसो करेसाबारीसम्म रोपरिहेका छन् तर अब त्यही करेसाबारी पनि उनीहरुको बलबर्कतले गर्न छोडेपछि बाँझो बन्ने निश्चित छ । तर नेपालमा जब असार पन्ध्र आउँछ, रोपाई महोत्सव गर्ने दहीचिउरा खाने, गमलामा भने पनि धान रोपेर कृषि क्रान्तिको उपहास भइरहेको छ । अन्धो सरकार र केही टाढाबाढाहरुले कृषि क्रान्ति र कृ््षि पर्यटनको नाममा खल्ती भर्ने र प्रोफाइल बनाउने मेसो गरिरहेका छन् ।
बेला बेलामा सरकार जमीन बाँझो राख्ने किसानलाई कारवाही गर्ने भन्दै नाग्लो ठटाएर हात्ती तर्साउन खोजेजस्तो गर्छ । युवाहरुलाई रोजगारीभन्दा पनि कृषि पर्यटनमा लगाउने नीति र व्यवस्थापनप्रति सरकार गम्भीर देखिदैन । अनि भएको जमीनलाई उपयोग गर्दै उद्यमी कसरी बन्ने भन्ने सोच हामीमा पनि छैन । आज काम गरे भोलि नै हजार हजारको बिटो पाइन्छ की पाइदैन भन्ने लत मानसिकताको भूत हामीमा चढेको छ । पैसा हात परे भइहाल्यो ।
कृषि क्रान्तिको पाइला यसरी बतास झै चलेको छ । रसायनिक मल र विषादी प्रयोग गरी उब्जाएका अन्नबाली र तरकारीहरुको प्रयोगले स्वस्थ्य जीवन नै धरापमा परेको छ । विलासी जीवनशैली महत्वाकांक्षी सोचले ढिडो, गुन्द्रुक, भटमास, मस्याग सागसब्जीहरुको स्वाद हाम्रा बाआमाले समेत बिर्सने अवस्था आइसकेको छ । हामीलाई त चिल्लो मसलादारा, तारेका खानेकुराहरु प्यारो बनेको छ ।
कम्पोष्ट मलको प्रयोगबाट उब्जने अन्न र सागपातहरु हाम्रा लागि बूढापाकाको उखान झै भएको छ । गाउँ घरको शुद्ध गाइ भैसीको दुध दही मही हाम्रा लागि अमेरिका, युरोप जस्तै पाउन मुश्किल भएको छ । डेरीको दही घिउ र दूध हाम्रा लागि हाइजेनिक बनेको छ ।
कली युगको मध्यमा यस्तै हुन्छ भन्थे हाम्रा बाजेहरुले । खै यो कली युगको मध्यान्तर हो की । राम्रो काम गर्न नहुने, राम्रो बोल्न नहुने रैछ । नराम्रो गर्नेहरु नै राम्रो हुने उनीहरुकै भलो हुने समयको बिभिन्न घटनाहरुले पेष्टि गदैृ आएको छ ।
असार पन्ध्र धान रोपाईको मध्य हो ।  धान रोपाईको यो मध्इ समयमा गाउँ घरमा सौहार्द, एकता र खुशीका साथ पञ्चे बाजाका साथ सयौं फाँट रोपाइ हुन्थ्यो, हिलो छ्यापाछ्याप, झ्याउरे असारे गीतको रौनकता, लाखे नाँचको बेग्लै रमाइलो हुन्थयो । अहिले त सहरमा रोपाई गर्ने ठाउँ नै छैन अनि एउटा सानो खेतको ग ¥होमा सयौ जना झुम्मिएर हिलो खेल्ने, रोपाइ गरेजस्तो गरेर रोपाइ पर्वकै उपहास गरे झै गर्ने परिपाटी बनेको छ । सहरका गगनचुम्बी घरहरुले ढपक्कै ढाकेकाले जमीन भन्ने ठाउँ छैन, अनि ३÷४ आना जग्गा लिएर बनाइएका घर करेसामा पनि महंगा फुल रोप्ने र सहरको ठूलो मै हुँ भन्ने आडम्बर बोक्ने शैलीको विकास भएको छ ।
त्यस्तै रोपाईको थकान र हर्षसँगै दही चिउरा खाने परिपाटी सहरमा अफिस, घरमा हुनेले डब्बाका डब्बा दही र किलोका किलो चिउरा खाएर असार १५ मनाउने विकृति बढेको छ ।
गाउँका जमीन बाँझो छन्, त्यहाँको जमीनमा रोपाई गर्न न त सरकारले चासो देखाएको छ न त सहरकारका घर कोठा र अफिसमा बस्नेहरुले देखासिकी गर्दै दही चिउरा खानेहरुले सोचेका छन् ।
नीति, व्यवस्थापन, जागरुकता र काम गर्ने परिपाटीको विकास सरकार र अबको यवापुस्ताबाट नभएसम्म कृषिक्रान्तिको खोक्रो नाराले बाँझो जमीनमा हरियाली छाउदैन र व्यवसायिक कृषप्रणाली सम्भव छैन । यसका लागि सरकारले युवापुस्तालाई समेट्दै जमीनको उपयोग र किसानको जीवनस्तर माथि उकासी देशको अर्थतन्त्रको आधार बलियो बनाउन वैज्ञानिक कृषिप्रणालीलाई अवलम्वन गर्नुको अर्को विकल्प छैन । जागौं, लागौं र आफ्नै करेसाबारीको जमीनको उपयोग गरी कृषि क्रान्तिको शुरुवात आफैंबाट गरौं । मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? त्यसैले शुरुवात गरौ आजै हामीबाटै ।
(लेखक भरतराज उप्रेती आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष तथा आइसिटी युवा पत्रकारको रुपमा एक दशकदेखि कार्यरत हुनुहुन्छ । उहाँ आइसिटी अनलाइनखबर डट कम र आइसिटी खबर डट कम का सञ्चालक एवं प्रधान सम्पादकको रुपमा रहदै नेपालको पहिलो सोसल साइट सञ्चालनको तयारीमा जुट्दै आउनुभएको छ । )

तिमी र म ….

ready Untitled

उडिरहेको विमानमा आगलागी (हेर्नुस् भिडियो)उडिरहेको विमानमा आगलागी (हेर्नुस् भिडियो)

biman-ago

तेल चुहिएको संकेत पाएपछि आपतकालिन अवतरण गर्ने क्रममा एक विमानमा आगलागी भएको छ । सिंगापुर एयरलायन्सको उक्त विमानमा आगलागी भएको प्रत्यक्ष भिडियो पनि सार्वजनिक भएको छ ।

सोमबार चाङ्गी विमानस्थलबाट मिलानका लाग उडेको बोइङ ७७७०–३०० इआर विमानको इन्जिनबाट तेल चुहिएको थाहा भएपछि आपतकालीन अवतरण गर्ने क्रममा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उडेको दुई घण्टापछि जहाजको इन्जिनबाट तेल चुहावट भएको संकेत पाएपछि पाइलटले डाइभर्ट गरी आकस्मिक अवतरणको प्रयास गर्दा स्थानीय समयअनुसार ६ः५० मा दाहिने इन्जिनबाट आगोको मुस्लो निस्किएको थियो ।

चालक दलले पहिले नै खतराको संकेत गरेका कारण विमानस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली तैनाथ थियो । तत्काल यात्रु तथा चालक दललाई उद्धार गरिएको थियो ।

विमानमा रहेका २२२ जना यात्रु र १९ जना चालक दलका सदस्य सकुशल रहेका सिंगापुर एयरलाइन्सले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

‘एन इभिनिङ अफ नेप्लिज म्यूजिक’ (नेपाली संगीतको एक साँझ) भव्यताका साथ सम्पन्न

13567458_10153551143796227_5780474419071343120_n 13557815_10153551143381227_1681800178048404918_n 13557711_10153551143531227_1724676999388114151_n 13529127_10153551143956227_1614593978606409208_n 13529127_10153551142951227_8690452141643545512_n 13528925_10153551142471227_3342254412530089085_n 13528756_10153551186111227_8154602319378712707_n 13516183_10153551143556227_6044501466421132867_n 13498047_10153551143906227_5364484636074454338_o 13495339_10153551143756227_5702548345405576122_n 13495221_10153551143696227_6360139387001233774_n 13495002_10153551142976227_8288287092302281392_n 13438973_10153551143056227_5258110692751803069_n 13431521_10153551142746227_3354430884550035539_n

नायिका प्रियंका कार्की नेपलीज अमेरिकन सम्मेलनको लागि लस एन्जेलस पुगिन

priyanka karki

वाशिंगटन डिसी । नेपाली चलचित्रकि नायिका प्रियंका कार्की नेपालबाट अमेरिकाको लस एन्जेलस पुगेकी छिन् l उनको साथमा नेपालकि चर्चित भेषभुषा रुपकार (डिजाईनर) तथा ख्यातिप्राप्त नमुना(मोडल) बिना घले आएकी छिन् l

नायिका कार्की आगामी जुलाई २- ४ सम्म हुन गइ रहेको प्रथम नेपलीज अमेरिकन सम्मेलनको लागि आएकी हुन् l अभिनेत्री प्रियंका कार्की सम्मेलनमा कार्यक्रम प्रस्तोता ,भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति गर्ने भएको जानकारी सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदीले दिएका छन् ।

bina ghale 1

यसको अतिरिक्त उनले प्रथम नेपलीज अमेरिकन सम्मेलनको भेषभूषा कार्यक्रममा छनौट भएका ९ जना उत्कृष्ट सहभागीहरुलाई समेत बिशेष सहयोग तथा तालिम दिने भएकी छिन् l भेषभुषा प्रदर्शन जुलाई ३ तारिखमा हुनेछ भने उक्त सहभागीहरुलाई छनौट गर्ने निर्णायकहरुमा गायिका नलिना चित्रकार ,बिना घले तथा विश्व गौतम रहने भएका छन् l

लस एन्जेलस बिमान स्थलमा प्रियंका कार्की तथा बिना घलेलाई स्वागत गर्न आयोजक समितिको तर्फबाट अन्य टोलिमा समाज सेवी उमा थापा कार्की समेत गएकी थिइन् l

priyamka bin ghale

एटलान्टा एएनए सम्मेलन बारेमा अमेरिकाका बुद्धिजीवीवर्गले यस्तो संदेश दिए

raja

आगामी जुलाई १ देखि ४ सम्म एटलान्टामा एएनए (दि एसोसीएसन् अफ नेपलिज इन अमेरिका)को सम्मेलन हुने र लगभग सम्मेलन पूर्ण तयारीको अवस्थामा रहेको छ l सम्मेलनलाई सफलता बनाउन आयोजक अहोरात्र खटिई रहेका छन् l

आगामी अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ को सप्ताहान्तमा हुन् गइ रहेको एएनए सम्मेलनका बारेमा अमेरिकामा लामो समय देखि बस्दै आएका बिभिन्न बुद्धिजीवी वर्ग संग डिसी महानगर क्षेत्र बाट संचालित ईनेप्लिज डटकमले राखेको सवालमा अमेरिकाका सम्पूर्ण नेपाली समुदायलाई केहि संदेश दिनुको साथै आ-आफ्ना धारणा राखेका छन् l

प्रा डा अम्बिका प्रसाद अधिकारी : चिर परिचित नाम हो ,डा अम्बिका प्रसाद अधिकारी l प्राध्यापक ,गैर आवासीय नेपाली संघ ,अन्तर्राष्ट्रियका पुर्व प्रमुख संरक्षक तथा बिभिन्न संघ तथा संस्थाका सल्लाहकार समेत रहेका डा अधिकारी सम्मेलनमा जाने उत्सुक भएको बताए l

डा अधिकारीले भने एएनए अमेरिकाको पुरानो तथा प्रतिष्ठित संस्था हो l बिगतमा धेरै काम गरेको ईतिहास छ l अमेरीका नेपाली समुदायको पनि जन घनत्व ज्यादा भएकोले संघ तथा संस्थाको ज्यादै छ भन्दै उनले अगाडी भने पहिला एएनए मात्र थियो भने l सहभागितामा पहिलेको जस्तो सम्भव न हुन् पनि सक्छ तर यो सम्मेलन बिशेष महत्वको हुने छ भने l

संस्थालाई माया गर्ने सबै नेपालीलाई आउन आग्रह गर्दै भेटघाट ,पुनर्मिलन, परिचय जस्तो अवसर पाईने हुन्छ भन्दै सबै मिलेर यसलाई अझ मजबुत बनाउनु पर्छ आफु पनि जाने भएता पनि शुभकामना अग्रिममा दिन चाहेको बताए l

यसै गरि टेक्सासमा लामो समय देखि बसोबास गर्दै आएका ब्यबसायी तथा बुद्धिजीवि अन्जन श्रेष्ठ भन्छन ,आफुले सम्मेलनमा जाने निधो गरेकोले आफ्ना साथी भाई,शुभ चिन्तक ,नेपाली समुदाय तथा बिसिष्ट व्यक्तिहरु संग पनि भेटघाट हुन् पाइने भएकोमा गदगद छन् l

श्रेष्ठ भन्छन ,एएनए बाट अमेरिकामा कैयौ संस्थाको जन्म भएको बताए l उनले अगाडी भने सम्मेलनमा सहभागी हुने र सम्मेलन अवधिमा नै अर्को संस्था खोलिने गरेको ईतिहास यस्को छ भने l श्रेष्ठ भन्छन ,संस्था गरिमा मय छ l संस्थामा थुप्रै बुद्धिजीवीहरु छन l बिगतमा थुप्रै महत्वाकाक्षी काम गरेको छ भन्दै जुलाई १ देखि ४ सम्म हुने सम्मेलनमा सबैलाई सहभागी हुन् अनुरोध गरेका छ

यसै गरि एटलान्टामा लामो समय देखि बसोबास गर्ने बुद्धिजीवी तथा समाजसेवी राजा घले आफ्नो ठाउँमा सम्मेलन हुने भएकोमा निकै हर्षित् भएका छन् l नेपाल लगायत अमेरिकाका बिभिन्न राज्यहरु बाट समेत सहभागी आउने भएकोले पुनर्मिलन ,भेटघाट ,चिनजान ,एक आपसमा भातृत्व तथा भाईचारा जस्ता सम्बन्ध स्थापित समेत हुने भएकोले आफु पूर्ण तयारी रहेको बताए l

सम्मेलनको सफलताको कामना गर्दै यस्को लागि अहोरात्र खट्ने स्थानीय स्वयम् सेवक लाई बिशेष धन्यवाद दिएका छन् l  घलेले अगाडी भने एएनए अमेरिकाको पुरानो संस्था हो l र ऐतिहासिक काम गरेको संस्था भएकोले यो सम्मेलनले नया आयाम थप्ने कुरामा आफु बिस्वस्त भएको बताए l आफु नासाको पुर्व अध्यक्ष तथा अन्य स्थानीय संस्थाले पूर्ण सहयोग गर्न नसकेता पनि नेपाली समुदायले निकै सहयोग गरेको बताए l

 

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...