Wednesday, November 30, 2016

‘संविधानभन्दा पहिला भारत, माओवादी-कांग्रेस र मधेसवादीको नियत संशोधन गरौं’

hqdefault

काठमाडौं । हास्यव्यंग्य कालाकार मनोज गजुरेलले संविधान संशोधनका लागि पहिला आफ्नो नियत संशोधन गर्न दलहरुलाई सुझाव दिएका छन् ।

सरकारले संविधान संशोधन प्रस्ताव ल्याएपछि देशभर आन्दोलनको अवस्था सिर्जना भएपछि गजरियल विश्लेषण गर्दै उनले पहिला आफ्नो नियत संशोधन गर्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत गजुरलले लेखेका छन्- ‘संविधानभन्दा पहिले भारत, एमाओवादी, एमाले, कांग्रेस, मधेसवादीको नियत संशोधन गरौं भन्ने गजुरियल प्रस्ताव ।’

 

Invitation to the premiere movie show “The Legend of Shankhadhar: “शंखधरया बाखं”

Dear Friends, Family and Community Members,

Newah Organization of America’s (NOA) would like to invite you to join us to watch a first premiere show of the Nepal’s first animated movie “The  Legend of Shankhadhar: “शंखधरया बाखं” in USA. It is a biopic on Shankhadhar Shakhwa, an ordinary merchant who cleared everyone’s debt and started Nepal’s original era, Nepal Sambat, on 20th October 879 AD. The movie is produced by The Yantrakala Studios and directed by Mr. Sanyukta Shrestha (UK).

The premier of the movie (in Nepal Bhasha with English subtitles) is scheduled as below:

Venue: Cinema Arts Theater, 9650 Main St., Fairfax, VA 22031

Date: Sunday, December 11, 2016

Time: 4:30 PM – 6:00 PM

Suggested Donation: $10/person and $5 for Children (Age 7 to Age 13),

For online tickets and more information, please visit www.newah.org

P.S. NOA is the sole distributor of the movie “The legend of Shankhadhar” for USA. The movie is available in Nepali language with English subtitle as well. If you are also interested to screen the movie in your city, please contact us.

For more information and official Movie Promo/Songs
https://www.youtube.com/watch?v=zoI8Q1A_rn0
https://www.youtube.com/watch?v=6Byt-XNK0G8

Thank you for your continued support!! Please joind us to be a part of the history!! We look forward to seeing you at the Movie Theater.

Regards,
The Executive Committee,
Newah Organization of America

Press Release of Nepal Sambat 1137 organized by NOA on Saturday, November 19, 2016 in Washington DC area

 

pressreleasenoa-nepal-sambat-1137-2016-page-001

pressreleasenoa-nepal-sambat-1137-2016-page-002

निर्वाचन गराउन आयोग तयार छ : आयुक्त शर्मा

नेपालगन्ज, १६ मङ्सिर । निर्वाचन आयोगका आयुक्त इला शर्माले सबै तहको निर्वाचन गराउन आयोग तयार रहेको बताउनुभएको छ ।
आयोगद्वारा आज यहाँ आयोजित ‘निर्वाचन कानुन र स्थानीय निर्वाचन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “हामीलाई निर्वाचन गराउन कम्तीमा चार महिनाको समय आवश्यक पर्छ र त्यो व्यवस्था भयो भने निर्वाचन गराउनु सकिन्छ ।”

आयुक्त शर्माले निर्वाचनका लागि मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक भए आयोगले निर्वाचन गर्नसक्छ भन्नुभयो ।

पत्रकारहरुको जिज्ञासामा निर्वाचनले संविधान संशोधनका विषयलाई ओझेलमा नपार्ने बताउँदै उहाँले संविधान संशोधनको विषय राजनीतिक भएकाले यसमा आयोगको कुनै भूमिका रहँदैन भन्नुभयो ।

आयुक्त शर्माको थप भनाइ थियो – “आयोगले आफ्नो मर्यादा बिर्सेको छैन, निष्पक्ष, स्वतन्त्र निर्वाचन गराउनु नै आयोगको एकमात्र उद्देश्य रहन्छ ।” अन्तक्र्रियामा जिल्ला कार्यक्रम व्यवस्थापन समिति, राजनीतिक दल, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

शिक्षा समितिले चार वर्षसम्म पूर्णता पाएन

बाबियाचौर (म्याग्दी), १६ मङ्सिर । जिल्ला शिक्षा समिति म्याग्दीले करिब चारवर्षदेखि पूर्णता पाउन सकेको छैन । शिक्षक सङ्गठन बीचको विवादका कारण शिक्षा समितिले पूर्णता नसकेको हो ।

समितिले गर्ने निर्णयलाई समावेशी प्रतिनिधित्व र सहभागितामूलक बनाउन नसकिँदा समितिको कामकाज प्रभावित बनेको छ । विसं २०६९ फागुनमा पदावधि सकिएका सदस्यको ठाउँमा नयाँ सदस्यको मनोनीत हुन नसकेको हो ।

समितिमा महिला, व्यवस्थापन समिति, शिक्षाविद् लगायतका क्षेत्रबाट सहभागिता जनाउने व्यक्तिको मनोनीत गर्न विभिन्न शिक्षक सङ्घसङ्गठन र सरोकारवालाबीच सहमति जुट्न सकेको छैन । समितिमा हाल स्थानीय विकास अधिकारी अध्यक्ष, जिल्ला शिक्षा अधिकारी सदस्यसचिव र प्रमुख जिल्ला अधिकारी पदेन सदस्य मात्र रहेका छन् । शिक्षा समितिले पूर्णता पाउन नसक्दा दरबन्दी मिलान लगायतका दीर्घकालीन महत्वका काम प्रभावित भएका जिशिअ रामकुमार श्रेष्ठले बताउनुभयो ।

शिक्षा समितिलाई पूर्णता दिन पहिलो चरणमा शिक्षक महासङ्घ गठन गर्न जिल्लामा क्रियाशील शिक्षक सङ्गठनबीच छलफल अघि बढाइएको जिशिअ श्रेष्ठको भनाइ छ । शिक्षा कार्यालयले मङ्सिर महिनाभित्र महासङ्घ गठन गर्न शिक्षक सङ्गठनलाई अनुरोध गरेको छ ।

शिक्षक महासङ्घका अध्यक्ष पदेन सदस्य रहने समितिमा सामुदायिक विद्यालयको व्यवस्थापन समितिबाट शिक्षा समितिले मनोनीत गर्ने एक, संस्थागत विद्यालय व्यवस्थापन समिति मध्य जिशिअले मनोनीत गर्ने एक, अभिभावक र शिक्षाविद्बाट एक दलित र एकजना महिला मनोनीत गर्ने व्यवस्था रहेको छ ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) तथा उनीहरु निकट शिक्षक सङ्गठनले आफू निकटका व्यक्तिलाई समितिमा मनोनीत गर्नुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो ।

सुदूरपश्चिमका तीन जिल्लाका एकसय ४१ बेपत्ता

कञ्चनपुर, १६ मङ्सिर । भारतमा मजदुरी गर्न गएका सुदूरपश्चिमका तीन जिल्लाका एक सय ४१ जना बेपत्ता भएका छन् । निड्स नेपाल, कञ्चनपुर नामक गैरसरकारी संस्थाले भारतमुखी अप्रवासनबारे गरेको अध्ययनमा मजदुरीमा गएका व्यक्ति बेपत्ता भएको पाएको हो ।

“भारतमा मजदुरी गर्न गएकाका परिवारसँगको प्रत्यक्ष भेटघाटका क्रममा अछामका २२, डोटीका ९९ र कञ्चनपुरका २० जना गरी एकसय ४१ जना बेपत्ता भएको पाइएको छ”, निड्सका कार्यक्रम व्यवस्थापक प्रकाश मडैले भन्नुभयो । उहाँका अनुसार बेपत्ता भएका व्यक्ति पाँचदेखि बीस वर्षको अबधिसम्म परिवारको सम्पर्कमा नरहेको पाइएको छ ।

संस्थाले गरेको अध्ययनअनुसार तीनवटै जिल्लाका ६३ प्रतिशत काम गर्ने उमेरका युवा भारतमा मजदुरीका लागि जाने गरेका छन् । भारतमा मजदुरी गर्न जानेमध्ये ६० प्रतिशतसँग कमाएको पैसा सुरक्षित राख्नका लागि बैंक खाता नहुँदा उनीहरुको विप्रेषणसमेत जोखिममा रहेको पाइएको व्यवस्थापक मडैले बताउनुभयो ।

संस्थाले विप्रेषण सुरक्षित राख्नका लागि भारतमा जानेको समूह बनाई बैंकमा खाता खोल्न र बैंकमार्फत पैसा पठाउनका लागि सचेतना दिने कार्य गरिएको उहाँको भनाइ रहेको छ ।

“एक वर्षको अबधिमै दुईसय प्रवासीले बैंकमा खाता खोली कारोबार गर्न थालेका छन्”, उहाँले भन्नुभयो । सन् १९५० को नेपाल—भारत मैत्री सन्धिका आधारमा दुवै देशका नागरिक बिना रोकटोक नेपाल–भारत ओहोरदोहोरका साथै सम्पत्तिको व्यावसायिक अधिकार प्रयोग गर्दै आएका छन् ।

एक देशबाट अर्को देश जानका लागि कुनै भिसा, प्रमाण नचाहिने र निर्बाधरुपमा नेपाली भारत र भारतीय नेपालमा आएर रोजगारमा संलग्न हुने गरेका छन् ।

गाईघाटमा पूर्वाञ्चलकै दोस्रो ठूलो खेल मैदान

गाईघाट (उदयपुर), १६ मङ्सिर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित पुरानो हवाई फिल्डको जग्गामा लामो समयसम्मको प्रयास र खैलमैदानको व्यवस्थापनपछि जिल्लाको मात्र नभई पूर्वाञ्चल क्षेत्रकै दोस्रो ठूलो थारूहट रङ्गशाला खेल मैदान निर्माण भएको छ ।

दुई वर्षदेखि जिल्ला खेलकुद विकास समिति र पूर्वाञ्चल खेलकुद विकास समितिको समेत लामो प्रयासपछि अब खेलमैदान पूर्णरुपमा तयार भएको कुरा पूर्वाञ्चल खेलकुद विकास समितिका पूर्वअध्यक्ष किरण राई बताउनुहुन्छ ।

करिब तीन बिगाहा सोह्र धुर जग्गाको क्षेत्रफलमा फैलिएको उक्त खेल मैदानमा झन्डै पचासौँ हजारसम्म सङ्ख्याका दर्शकले एकैचोटि बसेर खेल हेर्नसक्ने दुईवटा ठूुला–ठूला प्यारापिट सहितका जग्गाको व्यवस्था भएको जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विक बताउनुहुन्छ ।

राष्ट्रिय खेलकुद परिषद्को रु ३५ लाख आर्थिक लगानी र अन्य बाँकी त्रियुगा नगरपालिका गाईघाट र जिविस उदयपुरको लगानीमा उक्त खेलमैदान सम्याउने र माटो फिलिङ गर्ने कार्य र खेलमैदान क्षेत्रमा तारबार लगाएर घेराबेरा गर्ने कार्यसमेत सम्पन्न भएको कारण अब खेल सञ्चालन गर्न सकिने कुरा खेलमैदान निर्माण समितिका संयोजकसमेत रहनुभएका पूर्वाञ्चल खेलकुद विकास समितिका पूर्वअध्यक्ष राईले बताउनुभयो ।

राई भन्नुहुन्छ, “यो खेलमैदान पूर्वाञ्चलकै दोस्रो ठूलो मैदान हो, अब यसको भित्री भौतिक व्यवस्थापन सम्पन्न भइसकेकाले राष्ट्रिय तथा क्षेत्रीयस्तरका खेल सञ्चालन गर्न सकिनेछ ।” तर अझै थारूहट रङ्गशाला खेलमैदानको बाहिरी भौतिक पूर्वाधार व्यवस्थापन गर्न बाँकी रहेको कारण आफूहरुले बजेटका लागि हाल वर्तमान खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री दलजित श्रीपाइलीसँग कुरा भइरहेको पनि खेलमैदान निर्माण समितिका संयोजक राईले बताउनुभएको छ ।

जिल्ला खेलकुद विकास समिति उदयपुरसँग आफ्नो खेलमैदान नहुँदा यो रङ्गशाला निर्माण हुनुभन्दा अघिसम्म जिल्लामा आयोजना हुने अधिकांश धेरै खेलकुद गाईघाटस्थित त्रियुगा उच्च माविको खेलमैदानमा आयोजना हुने गरेको कुरा जिल्ला खेलकुद विकास समिति उदयपुरका सचिव प्रकाश खड्का बताउनुहुन्छ । तर अब रङ्गशाला निर्माण भएको कारण जिल्ला खेलकुद विकास समितिले जुनसुकै बेला क्षेत्रीय र राष्ट्रियस्तरका खेलसमेत आयोजना गर्न सक्ने क्षमतामा पुगेको कुरा सचिव खड्का बताउनुहुन्छ ।

जिल्लाको सदरमुकाम गाईघाटमा बृहत् रङ्गशालाको निर्माण भएको कारण अब जिल्लामा धेरै खेल आयोजना गर्न सकिने र जिल्लाको खेलकुद विकासमा समेत प्रगति हुने कुरा अहिले जिल्लावासी बताउँछन् ।

गायिका मीरा र ज्ञानुलाई नारायण गोपाल सम्मान

काठमाडौँ, १६ मङ्सिर । नारायण गोपाल सङ्गीत कोषले यसवर्ष गायिकाद्वय मीरा राणा र ज्ञानु राणालाई ‘नारायण गोपाल स्मृति सम्मान’ प्रदान गर्ने भएको छ ।

उक्त सम्मानस्वरुप नगद रु २५_२५ हजार तथा दोसल्लासहित कदरपत्र प्रदान गरिनेछ । महाराजगन्जस्थित नारायण गोपाल बस्दै आउनुभएको घरमा यही मङ्सिर १९ गते स्मृति दिवसको अवसर पारेर विशेष कार्यक्रम गरी सम्मान प्रदान गरिनेछ ।

गायिका ज्ञानु र मीराले नेपाली गीत तथा सङ्गीत क्षेत्रको विकासमा योगदान गरेकाले सो सम्मान दिन लागिएको कोषका महासचिव उषा शेरचनले जानकारी दिनुभयो । गायिकाद्वयले नारायण गोपालसँग समेत युगल गीत गाउनुभएको छ ।

नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । नारायण गोपालको निधनपछि नेपाली सुगम गीतसङ्गीतको विकासमा क्रियाशील गायक तथा सङ्गीतकर्मीलाई प्रत्येक वर्ष मङ्सिर १९ गतेका दिन सो पुरस्कार प्रदान गरिँदै आएको छ ।

अमेरिकामा खम्बा गाड्ने हो भने ३ चिज टपक्क ,सरक्क र पल्याक पुलुक वाद

bj-thapa-f

अमेरिका आउने र यतै सन्तान दर सन्तानहरुको जीवन बनाउने हो भने नेपालमा लागेका ३ चिज टपक्क ,सरक्क र पल्याक पुलुक वाद गरे अमेरिकामा खाबो गाड्न अति सरल हुनेछ l

अमेरिकामा खम्बा गाड्ने हो भने ३ चिज टपक्क ,सरक्क र पल्याक पुलुक वाद

bj-thapa-f

नेपालीहरुको अन्तिम लक्ष्य भएको देश अमेरिका l अमेरिका आउने र यतै सन्तान दर सन्तानहरुको जीवन बनाउने हो भने नेपालमा लागेका ३ चिज टपक्क ,सरक्क र पल्याक पुलुक वाद गरे अमेरिकामा खाबो गाड्न अति सरल हुने छ l तर यस्को बिपरित लागे साढे सातको दशा झैँ लाग्ने छ l

अप्रवासीहरुको देश अमेरिका l अमेरिकाको कानुन संग मानिस डराउछन l त्यसैले अमेरिका आउन मन हुनेले केहि कुरामा सम्झौता गर्नै पर्छ l बिरानो देश विदेशमा नेपाल जस्तो नसोचे अमेरिकामा खम्बा गाड्न सकिन्छ l अर्थात् आफुले मेहनत गरे अवसरको भुमि भएको देशमा हरेक कुरा सम्भव पनि हुन्छ l

अमेरिका आउन हरेक उपाय गर्ने तथा नव आगन्तुक नेपालीले अमेरीका आए पछि तिन चिजहरु टपक्क ,सरक्क र पल्याक पुलुक सम्बन्धि बिशेष ज्ञान हासिल गर्ने पर्छ l नत्र ठुलो भडखालामा परिने सम्भावना हुन्छ l तीन चिजहरु वाद गरे अमेरिकामा कहिले दुख पाईदैन नत्र जीवनमा ठुलो धक्का लाग्दछ l अमेरिका सुरक्षामा कति संबेदनशिल छ भन्ने अमेरिकाले अपनाएको अत्याधुनिक सुरक्षाका साधन तथा उपकरणको जडानले यस कुराको प्रष्ट पार्दछ l

हाम्रो देशमा टपक्क ,सरक्क र पल्याक पुलुक गर्दा अस्वाभाविक मानिदैन l तर अमेरिकामा अस्वाभाविक मानिन्छ l नेपालमा टपक्क ,सरक्क र पल्याक पुलुक गर्ने ज्यादा पुरुष जातिले गर्दछन l तर महिलाले गर्दै गर्दैनन् भन्ने चाही हैन l

अमेरिका आए पछि नेपाल जस्तो कुनै पनि समान केहि किन्दा या हेर्दा उसले देख्दैन भन्ने कदापी सोच्नु हुदैन l र नेपालमा जस्तो छक्याउछु भनि कुनै चिज बगली लुकाउछु भनि टपक्क टिप्यो भने रंगेहात पक्राउ खाइन्छ l

र ,जीवन भर उसको धब्बा लाग्दछ l यस्ता उटफट्यांग तथा किशोर अवस्थामा ज्यादा खयाल ख्यालमा गर्ने बानि परेकालाई अमेरिकामा ठुलो नोक्सान पुर्याउछ l नेपालमा लागेको बानि हत्तपत्त सुध्रिदैन l

अमेरिकामा पनि त्यहि ब्यबहार गर्दा फन्दामा परिन्छ l हरेक पसल ,ठुला महल ,ठुला कार्यालय तथा भवनमा चित्रग्राहिणी (क्यामेरा) जडान गरिएको हुन्छ l सरक्क केहि टिप् टाप जस्तो गर्यो भने फेरी पर्खाल भरि झुनड्याईएका चित्रग्राहिणीले क देखि ज्ञ सबै सबै देखाई दिन्छ l ठुलाठुला अपराध र अपराधी यसरी नै समातिन्छ अमेरिकामा l लोभले लाभ लाभले बिलाभ गराउछ l सानो चित्त राख्नु हुन्न अमेरिकामा l

अमेरिकामा सबै भन्दा खतरा पल्याक पुलुक हो l नेपालमा पल्याक पुलुक गर्ने स्वभाव हुन्छ l त्यसलाई त्यति गम्भीरताले लिईदैन l अमेरिकामा बाहिर निस्कदा पल्याक पुलुक गर्यो भने कानुन पनि लाग्दछ l

अर्को को घरलाई नजिक गएर नियालेर हेर्यो भने पनि छिमेकीले प्रहरीलाई बोलाई दिन्छन l छिटो छिटो हिड्दै कसैको घर नजिक पल्याक पुलुक पनि हेर्नु भयो भने नचिनेको जस्तो लाग्यो भने प्रहरीलाई बोलाइन्छ l

अनौठो लुगा लगाएर झ्याम्ल्यांग लुगा लगाएर चोर जस्तो पल्याक पुलुक गरे फसिने डर हुन्छ l मुग्लानमा नेपालका जस्ता बानि छन् भने भुलेर भए पनि निकाल्नु हुदैन l नेपाल जस्तै कागको फुल चोर्न पनि सक्छु भन्ने घमण्ड अमेरिकामा चल्दैन l

तसर्थ अमेरिकामा खम्बा गाड्ने हो भने तिन चिज टपक्क ,सरक्क र पल्याक पुलुक वाद l यसैमा हाम्रो भलाई छ l बुझ्नेलाई ईशारा नै काफी !

Dr. Shashanka Koirala Views On Current Issues | कार्यकर्ता भेटमा डा. शशांक कोइरालाले के भने

लोक गायक राम प्रसाद खनाल संग रेडियो जिन्दगीमा सरोज केसीले लिएको अन्तर्वार्ता

नेपाल अमेरिका एकता समाज लसएन्जल्सको बार्षिक साधारण सभा हुने

ekata-samaj-1

अमेरिकाको क्यालिफोर्नियाको लसएन्जल्समा सन् २००९ देखि नै सामाजिक सेवामा समर्पित गर्दै आएको नेपाल अमेरिका एकता समाजको बार्षिक साधारण सभा आगामी डिसेम्बर ४ तारिख आइतबार हुने भएको छ l कार्यक्रम बेलुकी ७:०० बजे देखी तारा हिमालयन कुजिन आर्टेशियामा हुने तय भएको जानकारी संस्थाकी महासचिव डोल्मा लामाले दिएकी छिन् l

सबैलाई एकता गर्दै आफ्नो नेपाली संस्कृतिक पराम्परालाई जगेर्ना गर्नु नै मुख्य उद्धेश्य रहेको यस संस्थाले प्रवासमा रहेका नेपाली समुदायको हक ,हित र अधिकारको संरक्षण र प्रबर्धन गर्दै आई रहेको छ l सामाजिक सेवामा थुप्रै उल्लेखनीय काम गर्न सफल भएको यस संस्था अमेरिकामा निकै राम्रो गैर मुनाफा सामाजिक संस्थाको रुपमा स्थापित हुन् सकेको छ l

बार्षिक साधारण सभा हुने मिति र तिथि तय भएकोले संस्थाकी महासचिव लामाले यस संस्थाका सम्पूर्ण साधारण ,आजीवन सदस्य ,पुर्व सल्लाहकार तथा संस्थापकरुलाई यसै सूचना मार्फत उपस्थितिका लागि अनुरोध गरेकी छिन् l

यसको साथै ,साधारण सभामा विधान संशोधन तथा आगामी कार्यक्रमहरु बारे पनि विस्तृत छलफल गरिने जानकारी संस्थाका अध्यक्ष सूर्य प्रसाईले दिएका छन् l

देवकोटा जययन्ती तथा बिशेष साहित्यिक कार्यक्रमको निमन्त्रणा

निमन्त्रणा
पाँचवटा नयाँ कृतिहरुको बिमोचन र कविता बाचनसहित मनाइदै गरेको देवकोटा जयन्ति तथा बिशेष साहित्यिक कार्यक्रममा यहाँलाई सादर निमन्त्रणा !

स्थान –
1015 N. quency street
arlington, VA 22201

Date – December 3, Saturday

(१ बजे कार्यक्रम शुरु भई ४ बजे सकिने )
(नोट – उक्त कार्यक्रम विशेष पाहुनाका रुपमा बरिष्ठ साहित्यकारहरु क्रमश :प्रो. कविता लामा (सिक्किम ), प्रो. बिन्दया सुब्बा (दार्जिलिंग), डा.सुषमा आचार्य( नेपाल ), खेमनाथ दाहाल (नेपाल)  सहितका व्यक्त्तिवहरुको उपस्थिति पनि रहनेछ )आयोजक ;
अन्तरास्ट्रिय नेपाली साहित्य समाज
वाशिंटन डी.सी. मेट्रो परिवार
( क्षमायाचना : अत्यन्त छोटो सूचना सहित कार्यक्रम आयोजना गर्नु परेको र छोटो समयसीमाका कारण यहाँहरुमा पर्न जाने असुविधाप्रति आयोजक क्षमा याचना गर्दछौं)

0

 

0

 

 

भागवत सुनेर आएकी आमाले छोरीलाई यस्तो हालतमा भेट्टाएपछि…

video-2

एजेन्सी । भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेममा जोखिम पनि हुन्छ । सावधानी नअपनाउँदा ज्यानै लिन्छ । घरपरिवारलाई छाडेर संसार त्याग्नुपर्ने अवस्था समेत आउँछ । यस्तै घटना भएको छ दिल्लीको इन्दौरमा । इन्दौरको बाणगंगा थाना क्षेत्र अन्तर्गतको शिवकंठ नगरमा रानू नामकी २१ वर्षीय एक युवतीले प्रेममा धोका पाएपछि आफ्नो घरपरिवार छाडेर संसार त्यागेकी छन् ।

अर्थात उनले मृत्युवरण गरेकी छन् । भागवत सुनेर फर्किएकी आमा छोरीलाई विस्तारामाथि पंखामा झुण्डिएको अवस्थामा देखेर बेहोस भएकी छन् । रानूले आत्महत्या गर्नुको कारण सुसाइट नोटमा लेखेकी थिइन् । उनका परिवारले सुसाइट नोट फेला पारेर पढ्दा लेखिएको थियो– ‘मलाई एक युवकले प्रेममा धोका दियो । उसले मलाई जिउन लायक राखेन् ।’ प्रहरीले परिवारको वयान र सुसाइड नोटको आधारमा कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

कोलम्बियामा विमान दुर्घटना: ७६ यात्रुको मृत्यु, पाँचको जीवितै उद्दार

video-2

बोगोटा (कोलम्बिया), १४ मङ्सिर । ब्राजिलका फुटबल खेलाडीहरुको टोली समेत रहेको विमान मङ्गलबार कोलम्बियामा दुर्घटनामा परेको छ । कुल ८१ जना यात्रु रहेको लामिया विमान सेवाको सो विमान दुर्घटनामा ७६ जनाको मृत्यु भएको र २५ जनाको शव भेटिएको छ । घटनास्थलबाट ५ जना जीवितै उद्धार गरिएको स्थानीय मेयरले जानकारी दिएका छन् । ला सेजा सहरका मेयर इल्कीन ओसोरिओले उद्धारकर्ताहरुले अहिलेसम्म जम्मा २५ जनाको शव भेटेको र पाँच जना जिवितै भेटिएको जानकारी दिनुभयो । – एएफपी

अस्ट्रेलियामा छायांकन गरिएको ‘गोरेटो’ सार्बजनिक (भिडियो) –

video-2

काठमाडौं । पछिल्लो समय नेपाल बाहिर बसेर पनि नेपाली गीत संगीतको छेत्रमा अनबरत लाग्ने व्यक्तिहरु बढ्दै गएका छन् । त्यहिँ मध्येको एक हुन् सुमधुर स्वरकी धनि गायिका ‘अबुन पाण्डे’ । गायिका पाण्डेले आफ्नै शब्दमा तथा स्वरमा ‘गोरेटो’ गीत को म्युजिक भिडियो सार्बजनिक गरेकी छिन । भिडियोलाई अस्ट्रेलियाको ‘कुइन्स ल्याण्ड’ सहरको बिभिन्न रमणीय स्थानमा अष्ट्रेलियन प्राबिधिकहरुद्वारा अत्याधुनिक ‘ड्रोन’ को प्रयोग गरि छायांकन गरिएको थियो ।

जसको निर्माणको क्रममा निर्देशक जीवन रसाइली सहितको टोलीले २–३ दिन लगातर मिहेनेत गरेका थिए । पछिलो समय नेपालका चर्चित गायकहरुलाई आफ्नो संगीतमा गीत गाउन सफल संगीतकार टिका दाहालले यस गीतमा संगीत गरेका छन् भने निकै व्यस्त रहदै आउनु भएका मोडल ‘राजु कान’ले अभिनय गरेका छन् । कान अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ‘कुइन्स ल्याण्ड’ अष्ट्रेलियाका प्रमुख समेत हुन । उनलाई भर्खरै मात्र डेब्यु गरेकी नयाँ अनुहारकी मोडल ‘इरोमा श्रेष्ठ’ले साथ् दिएकी छिन ।‘गोरेटो’को निर्देशन अस्ट्रेलियामा आजकल अति ब्यस्त मानिने निर्देशक जीवन रसाइलीले गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल साझा यातायातले आइतबारदेखि सुरु गरेका नयाँ साझा बसको उद्घाटनपछि बस चडेर सिंहदरबारस्थित कार्यालय..-रातो पाटी

sajha-bus-pm-prachanda-11-458x326

अब के गर्नु त ?

ram-chandra-sharma-300x275-1-3

पुग्ने नै थियो यो देश माथि, काम सबै “सु” गर्न सक्या भए
बिकल्प सोचिएन बेलैमा यो गर्ने वा “उ” गर्न सक्या भए

दुवै पट्टि किनारा छन नदीका, नारा एक असल छान्नु थियो
कि हिटलर हुन्थेँ कि हितमान समयमा नै “कु” गर्न सक्या भए

चासो त मेरो थियो, संधै हुनेछ अन्धकार जति हटाउने
सूर्य छेक्न सक्दैनथ्यो बादल्ले बेलैमा “फू” गर्न सक्या भए

दण्ड भोग्नै पर्ने थियो र त अरण्य गए हेर राम पनि
पद नै हार्थे हरामहरु करौडौले “थु” गर्न सक्या भए

बखतको बुद्धि, बेलाको होश चाहिने नै रहेछ हेर साथी
उल्टेको दायित्व सुल्टिनेथ्यो, काम सबै “तु” गर्न सक्या भए

” गायक गम्बु शेर्पा को स्वरको गीत स्कुल को एसेम्लिमा बज्ने

gambu

अमेरिकाको न्यूयोर्कमा बसिरहेका गायक तथा समाजसेबी गम्बु शेर्पा को स्वरको नया म्युजिक भिडियो रिलिज भएको छ! “मेरो बा ले भन्नुहुन्थ्यो दुख मा न आत्तीननु” बोलरहेको गित गम्बु शेर्पा को पछिल्लो अल्बम्” मेरो देश “मा समेटिएको छ् l

गम्बु को स्वर यस गीत लाई अब हरेक दिन काठमान्डुको पेप्सी कोला(सनसिटि)मा रहेको उज्ज्वल तारा बोर्डइङ स्कुल ले कक्षा सुरुहुनु अगाडी एसेम्लिमा बजाउने भएको छ । यस गीत भित्र बालबालिकाहरुलाई राम्रो सन्देश भएकाले हरेक बिहान कक्षा कोठामा जानु अगाडी बजाउदा स-साना बालबालिकाहरुमा सकारात्मक सन्देश प्रबाह हुने हुँदा यो गीत लाई दैनिक बजाउने निधो गरेको उज्ज्वल तारा कि सन्चालिका गायत्री कार्की ले बताउनुभयो ।

saroj-2

आफैले गाएको गीत यसरि पहिलो पल्ट बिद्यालयले दैनिक बजाउने भएपछी आफुमा संगीत प्रती थप जिम्बेवारी बढेको र अत्यन्तै खुशी लागेको गम्बु बताउछन ।

यस गीत को भिडियो शूटिङ हुनुअगाडी भिडियो का कलाकार सरोज केसी ले गम्बु शेर्पाद्वारा जोरपाटी काठमान्डुमा पालन पोषण गरिराखेका १३ जना अनाथबालबलिकाहरुलाई नगद रु २१ हजार ४ सय आफ्नी छोरी यस गीत को भिडियो कि बालकलाकार सरुजा के सि को हात बाट हस्तान्तरण गरेका थिए । उक्त सहयोगार्थ रकम सरोजले भुवन के सि को चलचित्र “डृम्स ” अमेरिकाको भर्जिनियामा प्रदर्शन गरी उठाएका थिए ।

saroj-1चलचित्रको  बिशेस शोमा टिकट काटेर बालबालिकाहरुलाई बिशेस सहयोग गर्नुहुनेमा वरिस्ठ गायक रामप्रसाद खनाल , नायिका अनुपमा प्रसाइ ,समाजसेबी तथा मोडेल रिमा कार्की , समाजसेबी अनामिका उप्रेती कलाकार ध्रुब ओन्त र सजिब थापा रहेका छन ।

saroj-3

गायक शेर्पा ले यस गीत को म्युजिक भिडियो बाट उठेको युटुब रोयल्टी सबै आफ्ना जोरपाटीमा आसृत बालबलिकाहरुको पढाई मा खर्च गर्ने बताए ।

एल्बम :मेरो देश ,सब्द :नरेश भट्टराइ, संगित :शिखर सन्तोष,एरेन्ज :गोपाल रसाईली, स्वोर :गम्बु शेर्पा ,सिमा सँगरौला, अभिनय :सरोज के सि, सरुजा के सि(बालकलाकार)रुसा के सि, निर्देसक :अर्जुन अधिकारि गीत्: मेरो बा ले भन्नुहुन्थ्यो …….

डा केसीको मागप्रति सरकारी चिकित्सक सङ्घको समर्थन

dr-kcकाठमाडौँ, १५ मङ्सिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिनको राजिनामा लगायतका माग राख्दै विगत अठार दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीलाई सरकारी चिकित्सक संङ्ग नेपाल ( गोदान) ले समर्थन जनाएको छ ।

गोदानका महासचिव डा विष्णुरथ गिरीले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीको अनशन टुङ्ग्याउन २४ घन्टाको अल्टिमेटम दिएको छ । सो समयभित्र दुवै पक्षबीच सहमति नभए सरकारी स्वास्थ्य संस्थामा सेवा उपलब्ध नगराउने विज्ञप्तिमा उल्लेख छ ।

महासचिव डा. गिरीले २४ घन्टा पछि डा केसीको जीवनरक्षाका लागि गोदानबाट गरिने संङ्घर्षका कार्यक्रममा सक्रिय सहभागिता जनाउन र जटिल परिस्थितिमा सहयोग गर्न आफ्ना सदस्यलगायत आम नागरिकमा आग्रह गर्नुभएको छ ।

नेपालमा चिकित्सा शिक्षा प्रदान गर्ने अधिकांश संस्थाको स्थापना सरकारी तवरबाट भई जेहेन्दार विद्यार्थीले सर्वसुलभ रुपमा अध्ययन गर्नसक्ने वातावरण बन्नुपर्छ भन्ने लगायतका मागप्रति गोदानले एक्यवद्धता जनाएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

डा केसीको कदमबाट दुर्गम क्षेत्रमा कार्यरत र काम गर्न कबुल गरेका चिकित्सकलाई थप प्रोत्साहन हुने गरी नीति निर्माण गर्नसमेत बल पुग्ने अपेक्षा गोदानले लिएको विज्ञप्ति भनिएको छ ।

सरकारले प्रा डा केसीको मागबारे वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेको छ । समितिले चार पटकसम्म वार्ता गर्दा पनि दुबै पक्षबीच सहमति हुन सकेको छैन ।

Tuesday, November 29, 2016

अर्घाखाँची बन्दले जनजीवन प्रभावित

280px-arghakhanchi_district_locationअर्घाखाँची, १५ मङ्सिर । सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ ।

पाँच नम्बर प्रदेशअन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा गाभेकोे भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज जिल्लामा रहेका विभिन्न क्रियाशील सङ्घसंस्थाको आयोजनामा अर्घाखाँची बन्द गरिएकोे उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

बन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, कलकारखाना, बजार र यातायातका सम्पूर्ण साधन बिहानैदेखि ठप्प रहेका छन् । बिहान क्याम्पस पढ्न गएका विद्यार्थी घर फर्किएको देखिन्थ्यो ।

जिल्लावासी सबैको चासो र आवश्यकताको विषय रहेकोले बन्दमा जिल्लामा रहेका सबै राजनीतिक दलको समेत समर्थन रहेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।

उद्योगी, व्यवसायी तथा युवा विद्यार्थी बजार बन्द गराउन नहिँडे पनि स्वतस्फूर्तरुपमा बजार, गाडी तथा शैक्षिक संस्था बन्द रहेका छन् ।

संशोधन प्रस्तावको विरोधमा आन्दोलन

pradesh-5-1बुटवल, १५ मङ्सिर । सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको विरोधमा आज बुटवलमा बिहानैदेखि यातायात ठप्प भएको छ ।

पाँच नम्वर प्रदेश टुक्रियाएको भन्दै विभिन्न शिक्षण संस्थाबाट निस्किएका विद्यार्थी तथा सर्वसाधारणले बुटवलमा बिहानैदेखि चक्काजाम गरेका हुन् । चक्काजामका कारण पूर्व–पश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारीसाधन ठप्प छन् ।

पाँच नम्बर प्रदेशबाट पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा र प्यूठानलगायतका पहाडी जिल्लालाई तराईबाट अलग गर्ने गरी आएको संविधान संशोधन प्रस्ताव अविलम्ब फिर्ता नहँुदासम्म आन्दोलन जारी राख्ने अनेरास्ववियु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले बताउनुभयो ।

भूगोलका हिसाबले पहाड र तराई मिलेर तथा प्राकृतिक स्रोतसाधन, संस्कृति र सापिप्यता समेटिएका पाँच नम्वर प्रदेशलाई टुक्रयाउन नहुने धारणा उनीहरुको छ । बुटवलसँगै पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रद्धर्शन भइरहेको छ ।

अब देश निर्वाचनतर्फ अघि बढ्यो : प्रधानमन्त्री

pmकाठमाडौँ, १५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्मा संविधान संशोधनसम्बन्धी मस्यौदा दर्ता भएसँगै देश अब निर्वाचनतर्फ अघि बढ्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले देश निर्वाचनतर्फ अघि बढेको बताउनुभएको हो ।

“हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो । अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ । हामीले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौँ,” प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकताविरोधी कुरा भएको उल्लेख गर्दै संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी राख्ने बताउनुभयो ।

“प्रमुख प्रतिपक्षी नेकपा(एमाले) पनि संशोधनको पक्षमा आउँछ, त्यसका लागि सरकारले सहमतिको प्रयास जारी राख्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

सङ्घका अध्यक्ष अमृता थापामगरको नेतृत्वमा गएको महिला नेत्रीको टोलीले संवैधानिक प्रावधानबमोजिम राज्यका निकायमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

मुगाली लामिछाने थापा क्षेत्रीको वंशावली पुस्तक बिमोचन सम्पन्न ,पूर्खा पोखरा बाट धनकुटा मुगा आएको ईतिहास साक्षी

mugali-2गत मंगसिर ११ गते शनिबार काठमाडौँमा एक समारोह बीच मुगाली लामिछाने थापा क्षेत्री वंशावली आदि पुरुष राम कृष्ण थापाका सन्ततीहरुको पारिवारिक विवरण “मुगाली लामिछाने थापाको वंशावली ” पुस्तक बिमोचन समारोह २०७३ सम्पन्न गरियो l

मुगाली लामिछाने थापा क्षेत्रीको वंशावली पुस्तक बिमोचन सम्पन्न ,पूर्खा पोखरा बाट धनकुटा मुगा आएको ईतिहास साक्षी

mugali-2 आधुनिक नेपालको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा पूर्व क्षेत्रलाई एकीकरण गर्ने शिलशिलामा गोर्खाबाट अन्य योद्धाहरु साथ सरदार राम कृष्ण थापालाई पनि पठाएका थिए l

यिनै सरदार श्रदेय मूल पुरुष राम कृष्ण थापा सराङ्कोट,पोखराबाट गोर्खा हुदै धनकुटा जिल्लाको थाक्लेमा आई बसोबास गरेका थिए l र पछि मुगामा बसाई सरेका थिए l र आज यिनैका सन्तान दरसन्तान र पिढीहरु अधिराज्य भर यत्रतत्र तथा बसाई सराई गर्दै बिश्वका कैयौ मुलुकमा पुगेका छन l

mugali-29

आफ्ना भावीपिढी र सन्तान दर सन्तानले पारिवारिक विवरण जान्न सकुन भन्ने हेतुले गत मंगसिर ११ गते शनिबार काठमाडौँमा एक समारोह बीच मुगाली लामिछाने थापा क्षेत्री वंशावली आदि पुरुष राम कृष्ण थापाका सन्ततीहरुको पारिवारिक विवरण “मुगाली लामिछाने थापाको वंशावली ” पुस्तक बिमोचन समारोह २०७३ सम्पन्न गरियो l

mugali-24

पुर्खा को महत्ता र गरिमाले सिंचित माटो र बाटोलाई हामीले कहिल्यै बिर्सनु हुदैन भन्ने मुल नाराको साथ पुस्तक बिमोचन कार्यक्रम मुगाली थापा क्लबले आयोजना गरेको थियो lउक्त कार्यक्रममा थापा खलकका जेष्ठताको आधारमा धरान निवासी स्व कुल केशर सिंह थापा कि श्रीमती सूर्य कुमारी थापा लाई प्रमुख अतिथिको रुपमा राखिएको थियो भने वहाले दीप प्रज्वलनको साथै केहि शब्द बोल्नु भएको थियो l

समारोहमा पूर्व माननीय हरेन्द्र बहादुर थापा, रथी कृष्ण नारायण सिंह थापा ,अ.प्रा. ,हेडम ब. थापा,पुर्ब मन्त्री सुनिल बहादुर थापा, जेष्ठ नागरिक झुम्का अध्यक्ष फौद सिंह थापा, पोखरा लामिछाने थापाका बेल बहादुर थापा,अध्यक्ष शंकर थापा थापा क्षेत्री समाजका अध्यक्ष श्याम बहादुर थापालाई मंचमा राखी सम्मान गरिएको थियो l

mugali-23

मोहन कुमार थापाले सबै अतिथिहरुलाई स्वागत गरेका थिए भने पूर्व प्रधान मन्त्रि तथा क्लबका संस्थापक सल्लाहकार स्व सूर्य बहादुर सुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो l मुगाली थापा क्लबका अध्यक्ष शंकर थापा गाउँले वंशावली पुस्तक बिमोचन क्लबको गतिबिधि जानकारी दिएका थिए l यसै गरि शुभकामना मन्तब्य दिनेहरुमा रथी कृष्ण नारायण सिङ थापा अ.प्रा., प्रा डम्बर वीर थापा ,डा. जङ्ग बहादुर थापा तथा अन्य रहेका थिए l

mugali-22

यसै गरि पुस्तकको अगाडी भागमा भएको चित्र बारे तथा पुर्खा बारे जानकारी बेल बहादुर थापाले दिएका थिए l यसै गरि पुस्तक प्रकाशनको आर्थिक विवरण अजित नर्सिङ थापाले प्रस्तुत गरेका थिए l समारोहमा आजीवन सदस्यलाई प्रमाणपत्र बितरण तथा वंशावली प्रकाशन गर्न सहयोग गर्नेलाई सम्मान एवं प्रशंसा पत्र वितरण गरिएको थियो l

mugali-20

धन्यवाद ज्ञापन तथा कार्यक्रम समापन अध्यक्ष शंकर थापा गाउँले तथा कार्यक्रम संचालन साेवित थापाले गरेका थिए l कार्यक्रम पश्च्यात चियापान को व्यवस्था गरिएको थियो l मुगाली लामिछाने थापाले कुल देवताको पूजा स्वरुप देवालीको पूजा हरेक ३ बर्ष मा धनकुटा मुगामा गर्दै आई रहेका छन् l मुगाली थापाहरुको कुल देवतामा बिन्ध्यवासिनी ,सेतोबारा र ईष्ट देव पर्दछन l

यो पंक्तिकार पनि यहि लामिछाने मुगाली थापा भएको जानकारी गराउदछ l

mugali-19 mugali-18 mugali-15 mugali-13 mugali-12 mugali-11 mugali-9 mugali-8 mugali-7 mugali-5 mugali-4 mugali-3 mugali-thpa

हार्दिक निमन्त्रणा ।

nrna1

एनआरएन अमेरिकाको बिधान अनुसार प्रत्येक बर्ष गर्नु पर्ने बार्षिक साधारण सभा यहि नोभेम्वर १९ तारिकमा बसेको बैठकको निर्णय अनुसार डिसेम्वर ३१, २०१६ का दिन गर्ने भनी निर्णय भएता पनि सो दिन अंग्रेज़ी नया वर्षको अघिल्लो दिन परेकाले एनआरएनएका कार्यसमितिका साथीहरू, सल्लाहकार,लगायत साधारण सदस्यहरुबाट समेत उक्तदिन कार्यक्रम सफलपार्न कठिनाई पर्ने सुझाव आएकाले सबैको राय सल्लाह र सुझावलाई मध्य नज़र गरी आज नोभेम्वर २८ तारिख सोमबार बसेको बैठकको निर्णयबाट आगामी जनवरी १४ शनिबारका दिन टेक्सास राज्यको डलासमा गर्ने गरीनिर्णय गरियो। उक्त साधारण सभामा सम्पूर्ण एनआरएनए अमेरिकाका सदस्यहरु,बर्तमान कार्यसमितीका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारज्यूहरु, आइसिसीका सदस्य तथा पदाधिकारीज्यूहरु, क्षेत्रिय संयोजक र क्षेत्रिय उपसंयोजकज्यू, प्याट्रन, सल्लाहकार लगायत सम्बद्धसबैलाई जानकारीका साथ यो निमन्त्रणा गरिएको छ |

सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

भासिनेनै हो त् रानी महल ?? Rani Mahal Palpa Nepal

डीसीमा डा.सुबेदी द्वारा साईबर सुरक्षा सम्बन्धि चेतनामूलकअन्तरक्रिया कार्यक्रम

 

 

डीसी नेपालका संस्थापक तथा साइबर (साङ्गणिक) सुरक्षामा अमेरिकाबाट बिद्या वारिधि गरेका डा. रामहरी सुबेदीले नोवेम्बर २७ तारिख साईबर सुरक्षा सम्बन्धि चेतनामुलक कार्यक्रमको आयोजना गरे l

डा.सुबेदीले अन्य विभिन्न स्थानमा यस सम्बन्धि कार्यक्रमको आयोजना गरि सकेका छन् l डा.सुबेदी यहि क्षेत्रमा बसोबास गर्ने भएकोले सामाजिक सेवा हेतु उनले पहिलो पटक आफ्नै निवास एनाडोल शहरमा डीसी महानगर क्षेत्रमा बसोबास गर्ने तथा सूचना प्रबिधिका दक्षलाई यस सम्बन्धि आफुले अध्ययन गरेका ,जानेका र ब्यबहारिक रुपमा अनुभव गरेका कुराहरुलाई हिस्सा गरे l

उन्ले जानकारी दिने क्रममा कसरि सामाजिक संजालमा अनाधिकृत प्रवेस (ह्याक) हुन्छ र रोक्ने उपाय बताएका थिए l यसै गरि उन्ले बिधुतिय डाक ( इमेल)मा आक्रमण कसरि हुन्छ बारेमा समेत चर्चा गरेका थिए l उक्त अन्तरक्रियात्मक कार्यक्रममा डा.सुबेदी (बिद्या वारिधि)ले ९५ प्रतिसत नचाहिने विभिन्न ठाउँमा प्रवेश गर्दा अनाधिकृत प्रवेस (ह्याक) हुने बताए l उपस्थित सबैलाई यस कुरामा चनाखो हुन् ध्यानाकर्षण गराए l

उनले अगाडी भने प्रत्येक १ सेकन्डमा १० लाख मानिस साइबर अपराध बाट पिडित हुने बताए l साबर प्रबिधिको विकास चरम पुगेको छ भन्दै उनले उदाहरण दिदै अहिले रोबर्टले घरको कामहरु गर्ने बताए l

 

 

Mero Baale – Gambu Sherpa Ft. Saroj | New Nepali Pop Song 2016

आहा गोल्ड कप खेल्न अमेरिकाको नेपाली अमेरिकन सकर(भकुण्डो)टोलि नेपाल जाने

chandra-ji

पोखरामा संचालन हुने आहा गोल्ड कप २०१७ मा सहभागी हुन् अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित भकुण्डो खेलाडी टोलि जनवरी १२ तारिख नेपाल उड्ने भएको छ l

आहा गोल्ड कप खेल्न अमेरिकाको नेपाली अमेरिकन सकर(भकुण्डो)टोलि नेपाल जाने

chandra-ji

पोखरामा संचालन हुने आहा गोल्ड कप २०१७ मा सहभागी हुन् अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित भकुण्डो खेलाडी टोलि जनवरी १२ तारिख नेपाल उड्ने भएको छ l

यस्को लागि आगामी डिसेम्बर १७ तारिख डिसी क्षेत्रमा अन्तिम छनौट गरिने जानकारी टोलिका संयोजक चन्द्र लामाले दिएका छन् l नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको भकुण्डो प्रतियोगितामा भाग लिनको लागि खेलाडीको छनौट प्रक्रिया अगाडी बढाउने योजना मुताबिक सबै ईक्षुक खेलाडीलाई डीसीमा बोलाइने भएको छ l एक सशक्त नेपाली अमेरिकन सकर टोलि निर्माण हुने कुरामा लामा विश्वस्त रहेको बताए l

अमेरिकाको पुरानो गैर मुनाफा सामाजिक सँस्था दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए )को तत्वाधानमा यो टोलि निर्माण हुन् लागेको हो l यस अघि नै एक सात सदस्यीय छनौट प्रक्रिया समिति निर्माण गरि सकिएको छ l

यसमा सहभागी हुन् चाहने खेलाडीहरुले तोकिएको मिति तथा स्थानमा आफै भौतिक रुपले उपस्थिति हुनु पर्ने र आफ्नो खर्चमा डिसी आउनु पर्ने जानकारी दिइएको छ l नया बर्ष जनवरी २०१७ को दोश्रो हप्तामा नेपाल प्रस्थान गरिने छ भने छनौट भएका खेलाडीहरुको हकमा नेपाल आवतजावत खर्च ,आवास तथा खानाको व्यवस्था टोलिले व्यवस्था गर्ने छ l

nepali-american-soccer-team

आहा गोल्ड कप गत साल मनाङ्ग मर्स्यान्ग्दी बिजयी भएको थियो हो भने अहिले सम्म नेपाल प्रहरी क्लबले ५ पटक ,मनाङ्ग मर्स्यान्ग्दीले ४ पटक तथा थ्री स्टारले पनि ४ पटक बिजेता भएका छन् l

सन् २००२ देखि संचालनमा रहेको अन्तर राष्ट्रिय स्तरको आहा गोल्ड कप भकुण्डो प्रतोयोगिता हो भने उपत्यका बाहिर आयोजना हुने ठुलो तथा महत्वपूर्ण मानिन्छ l भकुण्डो खेल मध्ये कै आहा गोल्ड कप पोखरामा आयोजना गरिन्छ l सहारा क्लब द्वारा आयोजना हुने उक्त प्रतियोगिता पहिला क्याराभान गोल्ड कप राखिएको भएता पनि अहिले आहा गोल्ड कप नामाकरण गरिएको छ l

आहा गोल्ड कप प्रतियोगितालाई एन्फा कास्की द्वारा मान्यता प्राप्त तथा समर्थन गरिएको छ l नेपालका प्रख्यात ६ वटा तथा अन्तर्राष्ट्रिय टोलिका ६ वटा टोलि समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ l

बिस्तृत जानकारीको लागि संयोजक चन्द्र लामा ,कुमार शेरचन ,बिनोद बिष्ट तथा अदिप रोक्का संग सम्पर्क गर्न अनुरोध गरिएको छ l

चलचित्र निर्देसक अनिल संग्रौला संग रेडियो ज़िन्दगी मा संचार कर्मि सरोज केसीले गरेको अन्तरवार्ता

काँग्रेसबाट दश राज्यमन्त्रीको नाम सिफारिस

deuba-1-1-650x407काठमाडौँ, १४ मङ्सिर । नेपाली काँग्रेसले वर्तमान सरकारमा पार्टीका तर्फबाट पठाउने १० राज्यमन्त्रीको नामको टुङ्गो लगाएको छ ।

काँग्रेसले पठाउने राज्यमन्त्रीमा दीर्घराज भाट (भौतिक पूर्वाधार तथा यातायात), सीताराम मेहता (वन तथा भू–संरक्षण), कञ्चनचन्द्र वादे (उद्योग), सुरेन्द्र आचार्य (सिँचाइ), दीपक खड्का (खानेपानी तथा सरसफाइ), इन्द्र बानियाँ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मिठु मल्ल (वाणिज्य), तारामान गुरुङ (स्वास्थ्य), सुवर्ण ज्वारचन (सहरी विकास) र दिलीप गच्छदार (श्रम तथा रोजगारी) हुनुहुन्छ ।

पार्टीले राज्यमन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ । उहाँहरुको शपथ भोलि बुधबार हुने काँग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ ।

खनाललाई स्वागत सिग्देललाई विदाई

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकामा नयाँ आएका कार्यकारी अधिकृतलाई स्वागत तथा सुरुवा भएका कार्यकारी अधिकृतलाई विदाई गरिएको छ । नगरपालिकाले नयाँ आएका कार्यकारी अधिकृत पुष्पराज खनाल र यहाँबाट सरुवा भएका गोविन्द सिग्देललाई विदाई गरेका हुन । कार्यक्रममा नगरपालिकाका विभागिय कर्मचारी तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले खनाललाई स्वागत र सिग्देललाई विदाई गरेका थिए ।

कार्यक्रममा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा नगरका पार्टी प्रतिनिधि विनोद रेग्मीले गोविन्द सिग्देलले आफनो कार्यकालमा नगरको विकासको लागि महत्वपूर्ण काम गरेको भन्दै नयाँ आएका कार्यकारी अधिकृत खनाललाई पनि नगरपालिकाको हितका काम गर्न आग्रह गरे । नगरपालिका,राजनीतिक दल र नागरिक अगुवाहरुको सहकार्यमा मात्र नगरलाई समृद्ध बनाउन सकिने भन्दै उनले सबैसंग सहकार्य गरेर काम गर्न खनाललाई आग्रह गरे । कार्यक्रममा राप्रापा नेपालका पार्टी प्रतिनिधि होमबहादुर नेपाल,नगरपालिकाका लेखापाल कृष्णप्रसाद आचार्य,कर्मचारीहरु धर्म सापकोटा र शिवप्रसाद पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

चेपाङ संग्रहालय अबलोकन गर्नेको भीड

dsci6370

सौराहा १४ मंसिर ।
पर्यटकीय नगरी सौराहामा सञ्चालनमा ल्याईएको चेपाङ संग्रहालयमा अबलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटनको भीड लाग्ने गरेको छ । गामवेसीको चेपाङ संरक्षण केन्द्रले स्थापना गरेको सो संग्रहालय दैनिक ६ सय पर्यटनहरुले अबलोकन गर्ने गरेका छन । अबलोकन गर्ने पर्यटक मध्ये ८० प्रतिशत स्वदेशी र २० प्रतिशत विदेशी पर्यटक रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रका सचिव रेशम चेपाङले जानकारी दिए । गत भदौ महिनाबाट सुरु गरिएको सो संग्रहालयमा कार्तिक महिना सुरु भएपछि अबलोकन कर्ताको भीड लाग्ने गरेको हो । अहिले चेपाङ संग्रहालय सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकको अर्कषणको केन्द्र बनेको छ ।

dsci6365

सौराहाको गैंडाचोकमा अर्काको घर भाडामा लिएर चेपाङ संग्रहालय सञ्चालन गरिएको छ । संग्रहालयबाट भएको आम्दानी प्रतिमहिना २० हजार रुपैया घर भाडा तिरेर बचेको रकम गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ शिक्षामा खर्च गर्ने योजना रहेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताए ।

dsci6361केन्द्रमा आश्रित चेपाङ वालवालिकाको शिक्षाका लागि दीर्घकालिन श्रोत जुटाउन सौराहामा संग्रहालय सञ्चालन गरिएको हो उनले भने सुरुवाती केही महिनामा घरको भाडा तिर्न मुश्किल भएको भएपनि अहिले भने पर्यटनको भीड लागेको छ । केही दिन देखि संग्रहालय अबलोकन कर्ताको भीड लाग्न थालेपछि आफु उत्साहित भएको उनले बताए । केन्द्रमा चेपाङ समुदायको कला,संस्कृति झत्कने आदिमकाल देखि चेपाङहरुले बनाएर प्रयोग गरेका भाडाबर्तन सहितका अन्य ३७४ वटा आर्कषक सामाग्रीहरु केन्द्रमा राखिएको अध्यक्ष शर्माले बताए ।

dsci6355

गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रको तर्फबाट बिशेष अनुरोध

15207942_1165986183491972_67519165_n

गैर आवासिय नेपाली संघ अमेरीकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा तथा क्षेत्रीय उपसंयोजक एसी शेर्पाले यस क्षेत्रका एनआरएनहरुमा बिशेष गनुरोध गर्नुभएको छ।

15218248_1165986116825312_810661109_n

तपाइ एनआरएनहरु सबैको साथ र सहयोगले संस्थाको मुख्यालय बिल्डिङ्ग काठमाण्डौमा बन्दै गरेको छ। अनि भुकम्प पिडितहरुको लागि गोरखाको लाप्राकमा घर बनाउने कार्य सुरु भैसकेको छ।

15218709_1165986500158607_1092091680_n-1

यी दुवै प्रोजेक्टका लागि तपाइँहरु सम्पूर्ण एनआरएनहरुको सहभागिता र साथको अत्यन्तै जरुरत छ। तत्काल हामीलाई तपाइहरुले दुइवटा कामको लागि सहयोग गर्न सक्नुहुनेछ र तेही कार्यका सम्पूर्ण एनआरएन, एनसीसी र आइसीसी सदस्यहरु सबैको लागि अनुरोध गर्दछौ।

15226615_1165985986825325_1056003028_n

१. गोरखाको लाप्रामा भुकम्प पिडितहरुको लागि बस्ति स्थानान्तरण घर निर्माण प्रोजेक्टको लागि आर्थिक सहयोग गरेर या काम गर्नको लागि स्वयकहरुको टिम लिएर गोरखामा नै गएर स्थलगत काम गर्ने। सेवा गर्नेहरुको लागि स्थानिय रुपमा टेण्ट र चर्पी जस्ता आधारभूत कुराहरुको ब्यबस्था भैसकेको छ।

15228134_1165985900158667_1370359981_n

२. काठमान्डौमा बन्दै गरेको मुख्यालय बिल्डिङ्गको लागि जो-जसले सहयोग दिने प्लेज गर्नुभएको छ त्यो रकम यथासिघ्र एनसीसीहरुको खातामा जम्मा गरिदिनका लागि अनुरोध गर्नुभएको छ। साथै कोही इच्छुकहरु हुनुहुन्छ बिगतमा छुट्नु भएको छ भने पनि आर्थिक सहयोगको लागि अनुरोध गरिएको छ।

15239300_1165984653492125_797449610_n

यसका साथै यस क्षेत्रका एनसीसीहरुले पनि हालसम्म उठेको प्लेज रकम पठाउनु भएको छैन भने तुरुन्त ट्रान्सफर गरिदिनुहोस र प्लेज गरेको तर उठ्न बाँकी रकमको लागि ताकिता गर्न बिशेष कार्य गरिदिनको लागि संयोजक र उपसंयोजकले अनरोध गर्नुभएको छ।

15240081_1165984860158771_960419306_n

सहगोगको लागि धेरै धेरै धन्यबाद !

कृष्ण के सी

क्षेत्रीय मिडिया संयोजक

गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्र

15281105_1165984966825427_167031602_n 15281910_1165986353491955_1010738283_n 15218709_1165986500158607_1092091680_n

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...