Saturday, December 31, 2016

राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गरिनुपर्छः रायमाझी

topbahadur-rayamajhiदाङ, १७ पुस । नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले संविधान कार्यान्वयनको साटो सरकारले संशोधनलाई प्रमुख ठानेका कारण देशमा असहज परिस्थति सिर्जना भएको बताउनुभएको छ ।

यहाँ आज भएको पत्रकार समेलनमा नेता रायमाझीले ‘संविधान संशोधनभन्दा संविधान कार्यान्वयन महत्वपूर्ण विषय भएकाले’ सरकार त्यसतर्फ लाग्नुपर्ने सुझाव उहाँको थियो । उहाँले पहिला राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गरिनुपर्ने धारणा राख्नुभयो ।

पूर्वउपप्रधानमन्त्री रायमाझीले भन्नुभयो, ‘तराईको उर्वराभूमि, पहाडको पानी र हाम्रो आनीबानी मिलेकाले तराई र पहाडलाई छुट्याउन हुँदैन भन्नुभयो ।” एक प्रसङ्गमा उहाँले दाङलाई राष्ट्रिय राजधानी बनाउनुपर्ने विचार पनि व्यक्त गर्नुभयो ।

American Conversations with Pemba Sherpa

नयासक्ति युवा अभियान कतार को प्रथम बैठक समापन, नेता कार्कीलाइ बिधाई!!!

an

ध्रुब क्षेत्री दोहा,१५ पौष -अन्तर्राष्ट्रिय नेपाली समाज कतार (नयासक्ति) को अंगिग बिभाग अन्तर्राष्ट्रिय युवा अभियान कतार ले आज संगठनका संयोजक होम उप्रेतीको को संयोजकत्वमा INSQ का केंद्रीय सचिब राम सन्जेल ,कोषाध्क्षय, देब परियार,मध्य पूर्ब सचिवालय सदस्य तथा कतारका संस्थापक नेता अनमोल कार्की ,दलित बिभाग संयोजक कृष्ण परियार ,सह संयोजक सोम परियार ,मदेश बिभाग संयोजक नबिराज खान ,ओक्रा छेत्र संयोजक रामजी सुवेदी, अनुसासन बिभाग संयोजक दुर्गा भुसाल, संस्थापक युवा नेता जनक नाथ योगी लगाएतको उपस्थितिमा बीबिथ निर्णयहरुका साथै मध्य पूर्बका सचिवालय सदस्य तथा कतारका संस्थापक नेता तथा सचिवालय सदस्य श्री अनमोल कार्की केहि दिन भित्र नै कतारको रोजगारी बसाईलाइ बिट मार्दै नेपाल जाना लाग्नु भएका ले उहाँलाई संगठन को तर्फ बाट स- सम्मानका साथ बिधाई गरेको छ ! साथै आफ्ना आतंरिक निर्णय का अलावा आज बाट नै लागु हुने गरी बिभिन्न छेत्र मा छेत्रिय संयोजक पनि तोकेको छ!

as

कार्यक्षेत्र निम्न अनुसार छ :-

१.अनुराग रसाइली :सम्योजक -ओक्रा तथा होम साइड
२.अक्बर खान ;संयोजक -दोहा छेत्र
३:कुमार भट्टराई :संयोजक -अल्खोर :
४:ए.बि जिम्बा: संयोजक -ओकिर:
५.मनोज दाहाल:संयोजक -सनैया :
जिम्मेवार पाउनु भएका सम्पूर्ण साथीहरुलाई INSQ को तर्फ बाट पूर्ण कार्यकाल सफलताको अग्रिम बधाई तथा शुभकामना ब्यक्त गर्दै मध्य_पूर्बका_सचिवालय_सदस्य तथा कतारका संस्थापक नेता तथा सचिवालय सदस्य श्री अनमोल कार्की लाइ अन्तर्राष्ट्रिय नेपाली समाज (नयासक्ति) कतार’ को तर्फ बाट उहाँको शुखद यात्रा तथा स्वस्थ्य जीबन को लागि हार्दिक शुभकामना ब्यक्त गरेको सचिब राम सन्जेल ले जानकारी दिनु भयो!

मेलमिलापका लागि विष्टको अपील

न्यूयोर्क,अमेरिका डिसेम्वर ३१ | नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टले समितिभित्रका आपसी तिक्तता र विमतिलाई भुल्दै मेलमिलापका लागि अपील गर्नु भएको छ | विष्टले ४१ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज एक विज्ञप्ति प्रकाशित गरी संगठनको बृहत्तर हितका लागि भाईचारा,सौहाद्रता र आत्मीय सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्न सम्बन्धित सबै पक्षलाई अपील गर्नु भएको हो | जनसम्पर्क समितिभित्र बढ्दो मतभेदका कारण समितिका शुभेच्छुकहरु निकै चिन्तित छन् | यस्तो अवस्थामा मेलमिलाप र सहकार्यका लागि सभापति विष्टले महामानव वीपी कोइरालाले चालिस वर्ष पहिले आजैका दिन घोषणा गर्नु भएको राष्ट्रिय एकता र मेलमिलाप दिवसलाई स्मरण गर्दै आपसी मेलमिलापमा जोड दिनु भएको हो |
आफु खुला ह्रदयले सबैसँग हातेमालो गरी अघि बढ्न सधैं उत्साहित रहेको उल्लेख गर्दै सभापति विष्टले उल्लेख गर्नु भएको छ,’ हामीबीचमा कुनै विषय वा असमझदारी भए संगठनको प्रक्रियाभित्र बसेर छलफल गरौं र प्रक्रियागत छलफलबाट समाधान गर्दै अघि बढौं | सबैले आफूमा भएका कमी कमजोरीको खुल्ला हृदयले आत्मालोचना गरौं र एकताबद्ध भई आजको यस ऐतिहासिक दिनमा प्रण गरौं हामी सबै संगठनको बृहत्तर हितका लागि प्रतिवद्ध भएर अघि बढ्नेछौं | त्यसैले सबैलाई म यो ऐतिहासिक दिनको महत्वलाई आत्मसात गर्न स्मरण गराउँदछु |’
उहाँले ‘हामीले अब ढीलाई नगरी अझ बढी मेलमिलाप र भाईचारा कायम गरी सन्देश दिनुपर्ने समय आएको छ | यसका लागि आजको यस ऐतिहासिक दिनलाई अवसरका रुपमा लिऔं’ भन्नुभएको छ |
अहिले समितिका केही पदाधिकारी र सदस्यहरु आपसी बेमेल देखाई समितिका गतिविधि बाहिर रहेका छन् | यस्तो अवस्थामा सभापति विष्टको यो अपीलले सहकार्य,भाइचारा,मेलमिलाप र आन्तरिक एकतालाई प्रगाढ बनाउन र सबैलाई आपसी मनमुटाव त्यागी एक हुन बल पुग्ने अपेक्षा गरिएको छ |

यस्तो छ विज्ञप्तिको पूर्ण विवरण :

आज एक ऐतिहासिक दिन | नेपाली कांग्रेसका संस्थापक नेता, लोकतान्त्रिक समाजवादका भाष्यकार,महामानव वीपी कोइरालालाई स्मरण गर्ने दिन | ४० वर्ष पहिले विक्रम सम्वत २०३३ पुष १६ गते महामानव वीपी कोइराला अत्यन्त प्रतिकूल राजनीतिक परिस्थितिका बीच पनि राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको आव्हान गर्दै भारत प्रवास (बनारस) बाट आफ्ना निकट सर्वोच्च नेता एवम लौह पुरुष गणेशमान सिंह र अन्य सहयोगीका साथ स्वदेश फर्कनु भएको थियो | जुन बेला उहाँ विरुद्ध राष्ट्रद्रोहका अनेकौं मुद्दा लगाइएको र चौतर्फी खतराको बादल मडारिइरहेको थियो भने लोकतन्त्रको माग गर्ने कांग्रेसका हजारौं नेता तथा कार्यकर्ता जेलमा जाकिएका थिए |
यस्तो प्रतिकूल अवस्थामा आफ्नो माटो (राष्ट्र) को रक्षार्थ उहाँ जोखिम मोल्दै स्वदेश फर्कनु भएको हामी सबैलाई अवगत नै छ | वीपी कोइराला जस्तो दूरद्रष्टी नेता पाएका कारण आज पनि हामी कांग्रेसजनको शीर ऊँचो बनाउँदै सिंगो मुलुकमा मात्र नभएर विदेशमा समेत वीपीका अनुयायी हौं भन्नुमा गर्व गर्छौं | भविष्यवेत्ता यिनै महान नेता वीपी कोइरालाले चार दशक अघि तत्कालीन परिस्थितिमा राष्ट्रभन्दा ठूलो अरु केही छैन भन्दै अन्य सबै निजी जोखिमलाई अझ खतरामा राख्दै मेलमिलापको नीति घोषणा गरी स्वदेश फर्कनु भएको हो |

यस्ता महान नेताको योगदानको उच्च सम्मान गर्दै आजको यो ऐतिहासिक दिनमा नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा अमेरिका लगायत संसारका बिभिन्न मुलुकमा तिनै महान समाजवादी नेता वीपी कोइरालाको सिद्धान्तलाई अनुशरण र आत्मसात गर्दै आउनु भएका सबै साथीहरूलाई अझ बढी भाईचारा र आत्मीय सम्बन्ध प्रगाढ़ बनाउँदै अघि बढ्न म यसै विज्ञप्ती मार्फत हार्दिक अपील गर्दछु | हामी बीचका आपसी मतभेद,बेमेल र बढ्दो विमति हाम्रा लागि जति दुर्भाग्यपूर्ण छ,त्यो भन्दा बढी हामी हाम्रा शुभेच्छुक र सहयोगीहरुलाई निराश बनाईरहेको देखिन्छ | साथीहरु, हाम्रो कमजोरीमा टेकेर संगठन विरोधीहरु हामीहरुबीचको भाईचारा र सहकार्यलाई खलल पु-याउने कार्यमा सक्रिय रहन्छन् |
हाम्रा विरुद्धको चौतर्फी आक्रमण र विभाजित गराई रमाउने यस्ता तत्वहरुलाई निरुत्साहित गर्न हामीले अब ढीलाई नगरी अझ बढी मेलमिलाप र भाईचारा कायम गरी सन्देश दिनुपर्ने समय आएको छ | यसका लागि आजको यस ऐतिहासिक दिनलाई अवसरका रुपमा लिऔं |

हामीबीचमा कुनै विषय वा असमझदारी भए संगठनको प्रक्रियाभित्र बसेर छलफल गरौं र प्रक्रियागत छलफलबाट समाधान गर्दै अघि बढौं | सबैले आफूमा भएका कमी कमजोरीको खुल्ला हृदयले आत्मालोचना गरौं र एकताबद्ध भई आजको यस ऐतिहासिक दिनमा प्रण गरौं हामी सबै संगठनको बृहत्तर हितका लागि प्रतिवद्ध भएर अघि बढ्नेछौं | समय सधैं एकनासले अघि बढ्दैन | त्यसैले सबैलाई म यो ऐतिहासिक दिनको महत्वलाई आत्मसात गर्न स्मरण गराउँदछु |
म खुला ह्रदयले सबैसँग हातेमालो गरी अघि बढ्न सधैं उत्साहित छु | अन्तमा ४१ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस र नयाँ वर्ष सन् २०१७ को यस पुनीत अवसरमा म सबैलाई यसै विज्ञप्ती मार्फत सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिसहित हामीहरु बीच आपसी सहमति,सहकार्य,भाईचारा र मेलमिलापका निम्ति हार्दिक आव्हानसहित शुभकामना व्यक्त गर्दछु |
जय नेपाल |

आनन्द विष्ट
सभापति,नेपाली जनसम्पर्क समिति,अमेरिका

“चिसपेक नेपाली ग्रुप” स्प्रीङ्गफिल्ड्, भर्जिनियाको आयोजनामा अमेरिकाका नेपाली खेलाडी उज्ज्वल ठकुरीलाई सम्मानको कार्यक्रम !

dsc00915 dsc00917 dsc00918 dsc00920 dsc00923 dsc00924 dsc00925 dsc00928 dsc00930 dsc00932 dsc00935 dsc00938 dsc00940 dsc00944 dsc00945 dsc00946 dsc00948 dsc00949 dsc00952 dsc00954 dsc00957 dsc00958 dsc00959 dsc00965 dsc00968 dsc00970 dsc00971 dsc00972 dsc00974 dsc00976 dsc00977 dsc00979 dsc00981 dsc00984 dsc00985 dsc00990 dsc00993 img_5369 img_5370 img_5372 img_5373 img_5374 img_5376

नयासक्ति युवा अभियान कतार को प्रथम बैठक समापन, नेता कार्कीलाइ बिधाई!!!

अनुभूति: सबै सासुहरु दमनकारी हुँदैनन् !

image1झण्डै एक महिना अघि अनलाईन पत्रिकाहरुमा “मैले किन सासुको खुट्टा किन ढोग्ने” भन्ने लेख पढेपछि हामी आधुनिकताको नाममा कता गईरहेका छौँ भन्ने चासो र चिन्ता साथ मलाई पनि केही लेख्न मन लाग्यो। बुहारीले सासुलाई र सासुले बुहारीलाई नराम्रो मात्रै देख्ने समाजमा  मेरी  आमा जो बुहारी लाई दमन हैन छोरीलाई जस्तै माया गर्नुहुन्छ र उहाँका बुहारीहरु उहाँलाई आफ्नै आमा सरह माया गर्छन् भन्ने  बारेमा लेख्दा कसैका लागि सकारात्मक सन्देश बन्नेछ र सबै सासु र बुहारीको सम्बन्ध खराब नै हुन्छ भन्ने छैन भन्ने उदाहरणको काम गर्छ भन्ने ठानेको छु ।

बा आमाले ईश्वरको वरदान भन्दै खुरु खुरु आठ वटा सन्तान जन्माउँदा मेरो नम्बर छैठौमा परेको थियो । पाँच वटी छोरी र तीन छोराकी मेरी आमाले कुनै औपचारिक शिक्षा पनि हासिल गर्नु भएको छैन, उहाँ कुनै धनी खान्दानकी छोरी पनि हुनुहुन्न ।  पुरुष प्रधान समाजकी मेरी आमा जान अन्जानमा समाजका धेरै तह र तप्काबाट हेपिएकी पक्कै हुनुहुन्थ्यो , पहाडमा दुई छाक राम्ररी खान नपुगेर बुवाले मधेस झर्ने निर्णय गर्ने बेला सम्म हामी सात भाइ बहिनी जन्मिसकेका थियौँ ।

हो , यो समाजमा पुरुषले अझै पनि धेरै कुरामा भेदभाव गर्छन्, महिलाले महिलालाई झन धेरै हेप्छन्, घरमा ससुरा भन्दा सासु कडा भन्ने यत्र तत्र सुनिन्छ तर सबै सासु कडा हुन्नन् भनेर उदाहरण देखाउन मेरै आमाको बारेमा लेख्दा मलाई गर्वको महसुस हुन्छ ।

मेरी आमा उमेरले सत्तरी बर्षकी हुनुहुन्छ, ठूलो दाजुको बिहे हुने ताका वहाँ झण्डै पचास बर्षको हाराहारीमा हुनुहुन्थ्यो । भाउजु पढे लेखेकी भएपनि आमाका हात गोडामा तेल लगाउन आउँदा केही बेरमै जाऊ भो सुत, तिमीलाई पनि थकाई लागेको होला भनेर आफ्ना गोडामा आफै तेल लगाएको मैले धेरैपल्ट देखेको थिएँ । बरु आमाले आफ्नो पालाको कुरा सुनाउनु हुन्थ्यो: त्यसबेला सासुलाई तेल घँस्ने बेला सासुले सुत् नभनेसम्म बुहारीले तेल घँसिरहनु पर्थ्यो रे !

यो उमेरमा पनि आमाले  भान्साको काममा बुहारीहरुलाई सघाउनुहुन्छ अझै पनि , आफ्नो लुगा आफै धुनुहुन्छ र आफूले गर्ने काम बुहारीहरु लाई कहिल्यै छाड्नु हुन्न । यसो गरेको देख्दा पहिले पहिले छिमेकीहरु ईर्ष्याले जल्थे । तर बुहारीलाई कामले हैन मायाले आफ्नो बनाउन सकिन्छ भन्ने आत्मविश्वास उहाँमा थियो र अझै पनि छ ।

                          लेखक: सरगम भट्टराई

 

SARGAM

ए पंडितनी ! बुहारीहरुलाई टाउकोमा चढाएर नराख है पछि थाहा पाउली ! खुब बुहारीलाई तिमी तिमी भनेर नफुर्क्याऊ भन्दै आमालाई उचाल्नेलाई आमाले जवाफ दिनुहुन्थ्यो: “बुहारीहरु  पनि मेरी छोरीहरु जस्तै त हुन् नि !आमा ,बुवा ,दाजु, भाइ सबै त्यागेर हाम्रै घरमा हाम्रै सेवा गर्न आएकी छिन् । म कसरी छोरी र बुहारीमा भेद देख्न सक्छु ? मेरा पनि पाँच वटी छोरी छन् । मैले राम्रो गरे पो भोलि मेरी छोरीलाई पनि राम्रो गर्लान् । हामीले हाम्रा पालामा पाएको दुख यी बच्चीहरुलाई किन दिनू।” बरु तिमी पनि बुहारीलाई राम्रो गर भन्नु हुन्थ्यो मेरी आमा ।

समयले फन्को लगाईरह्यो, गाउँघरमा हिजो बुहारी दबाएर खानेहरु आजभोलि बुढेसकालमा बुहारी संगकै नमिठो अतितले एक्लै चुल्हो बाल्नुपर्दा मेरी आमाकै  महानताको कुरा गर्छन् ।

अझै पनि माईत आउँदा घरको कुरा काट्नेहरुलाई आमाले सल्लाह  दिनुहुन्छ: मिलेर बसेको जस्तो राम्रो केही हुन्न । आफ्नै घरको कुरा काटेर आफ्नै बदनाम हुन्छ, शत्रु हाँस्छन्, तिमीहरुका भाउजुहरुले हामीलाई राम्रो गरेको देख्न चाहन्छौ भने तिमीहरुले आफ्ना सासु ससुरालाई पनि राम्रो गर्नुपर्छ । भोलि आफ्नो घर र घरका मान्छे काम नलागेर पराई काम लाग्ने होईनन् क्यारे !”

हाम्रो समाजमा अझै पनि सासु बुहारी एक अर्काको प्रतिद्वन्द्वी जस्ता देखिदा हाम्री आमा फुर्सदको बेलामा बुहारी संग गफिएको, संग संगै काम गरेको र मायाले बुहारीहरुको कपाल मुसारेको देख्दा यस्तो लाग्छ: हाम्री आमाले त्यो बेला पढ्न पाएको भए यो देश र राजनीतिलाई अहिले नेतृत्व दिनु हुन्थ्यो होला ।

आमाका सकारात्मक कुरा र ब्यवहारले गर्दा भाउजुहरुले कहिल्यै आमाको कुरा काटेको सुनिएन, बिहान सबै भन्दा पहिले आमा उठेर घरको आधा काम गर्ने बेला सम्म कहिलेकाहीँ भाउजुहरु सुतिरहँदा पनि आमाले आँखा तर्नु भएन बरु उहाँ भन्नु हुन्थ्यो: “यो उमेरमा धेरै निद्रा लाग्छ नि, मेरो बिहे भएर आउँदा म १२ बर्षकी थिएँ, सासुले बिहान तीन बजे उठेर मकै कोदो पिस्न अह्याउनु हुन्थ्यो, कहिलेकाहीँ त आत्महत्या गरूँ जस्तो लाग्थ्यो ।”

मलाई सम्झना छ : सासुहरुले बुहारीलाई पैतालाको धुलो बनाउन खोज्ने यही समाजमा मेरी श्रीमती  दुई जीउँकी भएकी बेला कतैबाट आउँदा सकी नसकी आमालाई निहुरेर खुट्टामा ढोग्न लाग्दा हतार हतार हात दिएर यस्तो बेला कति गाह्रो हुन्छ भन्ने मलाई थाहा छ, निहुरिनु हुन्न भन्दा मेरी श्रीमतीले हाँस्दै भनेकी थिईन्: आमा, मैले एक चोटी कष्ट गरेरै निहुरेर ढोग्दैमा हजुरको आशिर्वाद पाएँ भने मेरो यो पीडा त्यसै कम हुन्छ नि ! सँस्कार पनि त भुल्नु भएन नि !”

मलाई सम्झना छ: मैले सात बर्ष अघि बिहे गर्दा मेरी श्रीमती प्राप्ती असाध्यै दुब्ली पातली थिईन्, त्यस्तै ३५- ३६ के.जी. मात्र ।  गाउँ घरमा त्यति बेला हठ्ठा कठ्ठा र खाईलाग्दो मान्छे मात्र स्वस्थ्य हुन्छ भन्ने थियो । आमाले बुहारी दुब्ली भई भनेर हत्तपत्त आफूले नखाँदै तिमीले यति चाहिँ जसरी पनि खानुपर्छ, अब मोटाउनु पर्छ है भनेर उनलाई नखुवाई खानु हुन्नथ्यो । पछि पछि त हामी घर परिवार सबै एकै पटक खान थाल्यौँ ।

आमा केही कुरामा भने कडा हुनुहुन्थ्यो । पूजा पाठ र व्रत नगरेको उहाँलाई मन पर्दैनथ्यो । कहिले काहीँ बिहानै नुहाई धुवाई गरेर पूजा सकेर टीका र प्रसाद लगाउने बेला बुहारीहरु आंग तान्दै उठ्दा लाजले भुतुक्क हुन्थे । छोरी बुहारीहरु नछुने भएको बेला लत्ता कपडा र भाँडा कुँडा छोई छुई गरेको मन पराउनु हुन्नथ्यो तर बुवा पुरानै संस्कार र पुरेत्याई गरेपनि उदार हुनुहुन्थ्यो । आमालाई नटेरेर बाक्लो लुगा दिनुहुन्थ्यो । पछि बरु सक्ने भएपछि धुने तर चिसोमा सुत्नु हुन्न भन्नुहुन्थ्यो बुवा । आमाको ज़िद्दी बिस्तारै कम भएको छ अचेल त्यस्तो साह्रो कड़ाई गर्नुहुन्न ।

मेरी आमा पनि यही समाजमा हुर्किनु भयो, महिला भएको आधारमा धेरै पल्ट हेपिनु भयो होला तर आफ्नो हेपाईको बदला मेरी श्रीमती र भाउजुहरुलाई लिनु भएन । आमा माईत जाँदा बुहारीहरु अँध्यारो मुख लगाएर धेरै दिन नबस्नू है भनेको देख्दा छिमेकीहरु ईर्ष्याले जलिरहेका हुन्थे । यद्दपी मेरी आमाले कुनै संघ संस्थाले दिने महिला अधिकारका तालिम र गोष्ठी लिनु भएको छैन ।

आमाको मन न हो,सन्तानको माया धेरै हुन्छ रे: त्यसैले कान्छी छोरी ईशा र म कान्छो छोरो लाई भेट्न आमा केही महिना अघि अमेरिका आउनु भयो, हामीले आमालाई अमेरिकाको झिलीमिली देखायौँ, यहाँको प्रबिधी र उन्नति देखायौँ । कहिल्यै बिजुली नजाने, जता हेर्यो चिल्ला सडकहरु, बन्द हड़तालले सास्ती नहुने, सुन्दा परीको कथा जस्तै लाग्ने बिज्ञानको चमत्कार देख्दा आमालाई लाग्यो: साँच्चैको स्वर्ग त मान्छेले पो बनाउने रहेछ । आमाले अमेरिका जस्तै सुन्दर नेपालको परिकल्पना गर्नु भो ।

दुई चार दिनको घुमाई पछि आमाका स्मृर्तिमा  आफ्नै गाउँघर मात्र आउन थाले, आमालाई अमेरिकाको बसाई निरस र उराठ लाग्न थाल्यो । भाषा, जीवनशैली र मान्छेको आ-आफ्नै धून आमालाई मन पर्न छोड्यो । त्यो भन्दा पनि मेरी बुहारी यसपाली तीजमा माईत जान पाईन, दुई दुई वटा भैँसी र बिरामी बुवा र केटाकेटी स्याहार्न कति दुख भयो होला भन्दै पिल पिल गर्नु भयो, देवी भाउजु संग फोनमा कुरा गर्दा सुँक्क सुक्क गर्नु भयो ।

अन्तमा ६ महिना छोरा छोरी संग अमेरिका बस्न कँस्सिएर आएकी मेरी आमा साढे तीन महिनामै नेपाल फर्किन ढिपी गर्नु भयो जसको मूख्य कारण मेरी बुहारीले सबै काम एक्लै गर्दा दुख पाई होली भन्ने थियो । आमा भन्दै हुनुहुन्थ्यो: ” म गए पछि बुहारीलाई अलि दिन बस्ने गरी माईत पठाउँछु।”

जे होस् मेरी आमाले छोरीहरुलाई भन्दा पनि माया गरेर बुहारीहरुको मन जित्नु भएको छ, उहाँ भन्नुहुन्छ: सबैले बुहारीलाई मैले जस्तै माया गरे यो बूढी यस्ती र उस्ती भन्ने सुन्नुपर्दैन, म अप्ठेरी सासु बनेर बस्दिन, भोलि म अशक्त हुँदा मलाई हेर्ने यीनै बुहारीहरु हुन् ।”

त्यसैले बुहारी हरुका साथी, संगी र माईतीमा उहाँको कुरा काटिन्न बरु प्रशंसा गरिन्छ । निरक्षर जस्तै भएर पनि मान्छेमा भएको सामान्य विवेक प्रयोग गरेर पनि मेरी आमा बुहारीकी मात्र हैन समाजकै प्रिय हुनुहुन्छ, सुगरले थलिएकी मेरी सत्तरी बर्षकी मेरी आमा अझै पनि बिहान देखि साँझ सम्म सकेको काम गर्नुहुन्छ ।

बुहारीले सासुलाई ढोग्नु भनेको हाम्रो सँस्कार हो, कसैले जवर्जस्ती मलाई ढोग् भनेर यातना नै दिन्छ भने त त्यसलाई कुसँस्कार मानिएला तर आफ्नो आमा सरहकी सासुलाई ढोग्नु भनेको उहाँबाट ईश्वरीय आशिर्वाद लिनु हो, सौभाग्य माग्नु हो, यसलाई दमन र महिला हिंसा मात्र भनेर परिभाषित मात्र गरे हाम्रो सँस्कार कता जाला ? भोलि हामीले आफ्नो सँस्कार खोज्न कता जाउँला ? अमेरिका वेलायत जस्तो सासुलाई मिसेज फलानी भनेर बनावटी बोल्दै अंगालो हालेर चेपारो पार्दैमा महिला हिंसा कम भएको कसरी मान्नु र ?

हाम्रो समाजमा पुरुषबाट भन्दा बढि महिलाबाटै महिला हेपिएको सन्दर्भमा कमसेकम सबैले मेरी आमाका केही राम्रा कुरा मात्र सिक्ने हो भने पनि समाजमा सासु बुहारीको संबन्ध सुमधुर हुन बेर लाग्ने छैन कि ? आधुनिकताको नाममा जे पनि नकारात्मक टिप्पणी गर्नु भन्दा संस्कारका राम्रा पक्षलाई सधैभरि उथ्थान पो गरे पो आफ्नो मौलिकता बचाउन सकिन्छ ।

    Twitter: sargampraptee

कोलोराडोमा तमु ल्होसारको अवसरमा संस्कृतीक कार्यक्रम सम्पन्न

dsc_0055

डिसेम्बर ३०, २०१३
कोलोराडो, अमेरीका

तमु ल्होसारको अवसरमा कोलोराडोमा एक संस्कृतीक कार्यक्रम संगै सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
तमु प्ले ल्हु संघ अमेरीकाको आयोजनामा कोलोराडो निवासी तमु समुदायले सांकृतीक कार्यक्रम गरी तमु ल्होसारको अवसरमा सुभकामना आदान प्रदान गरेका हुन् ।

dsc_0166

तमु प्ले ल्हु संघ अमेरीकाका अध्यक्ष तौ बहादुर तमुको अध्यक्षतामा तथा गुरुङ पुरोहीत कुम बहादुर तमुको प्रमुख आतिथ्यमा बोल्डरमा संम्पन्न कार्यक्रममा एक संस्कृतीक कार्यक्रम संगै पुरोहितबाट सबैलाई नयां बर्षको उपलक्ष्यमा आर्शिबाद प्रदान गरिएको थियो ।

dsc_0152

नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गाएर सुरु गरिएको कार्यक्रमको प्रमुख अतिथी कुम बहादुरले पानसमा बत्तीबालेर कार्यक्रमको उद्धाटन गरेका थिए । कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्याबसाही, सर्बसाधारणको बाक्लो उपस्थिती रहेको कार्यक्रममा रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष योगराज गौतम, तमु धि कोलोराडोका अध्यक्ष चन्द्र बहादुर गुरुङ, याक एण्ड यतीका दिनेश भट्टराई, कार्यक्रमका सभापती, प्रमुख अतिथी लगायतका अतिथीहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो ।

dsc_0143

तमु ल्होसार २०७३ को आ≈वान मौलिक भाषा, धर्म, संस्कार, संस्कृती सहितको सम्मान भन्ने मुल नारालाई आत्मासाथ गर्दै सम्पन्न कार्यक्रममा गुरुङ, तमाङ लगायत बिभिन्न भाषाका गीतमा कलाकारहरुले आ–आºनो कला प्रदर्शन गरेका थिए । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु आङ्खनै सांस्कृतीक पहिरनमा सझिएर आएका थिए ।
तमु प्ले ल्हु संघ अमेरीकाको सचिव संन्तोष तमु र कल्पना तमुले संचालन गरेको कार्यक्रममा सभापती तौ बहादुर तमुले उपस्थित सबैलाई धन्यबाद दिदै तमु संस्कृती जोगाईराख्न, तथा अमेरीकामा जन्मेहुर्केका बालबालिकाहरुलाई तमु संस्कृतीको पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

dsc_0109

नेपालमा मुलत ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तोला , तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरुले यस बर्ष बादर बर्गलाई बिदाई गर्दै चरा बर्गलाई स्वागत गरेका छन् । नयां बर्ष ल्होसारमा परंपरा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोली पल्ट नयां दिनको झुल्के घाम संगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ–आºनो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।

dsc_0096 dsc_0069 dsc_0058 dsc_0044 dsc_0034 dsc_0031 dsc_0015 dsc_0013 dsc_0006

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...