Wednesday, July 12, 2017

एनआरएनएनसीसी युएसए आइसीसी सदस्य को उम्मेदवार गोमा सेनको अनुरोध

मेरा प्रेरणाश्रोत श्रद्धय अग्रजहरू , मित्रहरू एवं शुभचिन्तक जनहरू ,

बास्तवमा यूसएको नेपाली डायस्पोरा एनआरएनमय भएको छ, चाहे जुनसुकै तरिकाले होस् सायद संस्थाको लागी यो सुन्दर पक्ष हो धमाधम उम्मेदवारी र दावाहरू घोषित भैरहेका छन्!!

यसै बिषयलाई मध्यनजर गर्दै धेरै गंभिर आत्म-चिन्तन पश्चात मैले एनआरएनयूएसए मा अझै सक्रिय रहने निर्णय गर्न पुगें !! यो निर्णयको पृष्टभूमीको प्रेरणाश्रोत् सबैलाई मेरो हार्दिक नमन 🙏" class="wp-smiley" style="height: 1em; max-height: 1em;" />🙏" class="wp-smiley" style="height: 1em; max-height: 1em;" />

विद्यमान कार्य समितिमा बोर्ड अफ डाईरेक्टर मा रही कार्य संपादन गर्दाको मेरो भूमिका कस्तो रह्यो ? मूल्यांकनको जिम्मेवारी याहांहरूलाई सुम्पदै यति मात्र भन्न चाहन्छु म सधै संस्था प्रति ईमान्दार रहंदै आफूले सक्ने जति क्षमता लगानी गर्न चांहे। संस्थाका हरेक अभियान र गतिविधिहरूका जस अपजसहरू सामूहिक र साझा हुंदै गर्दा पनि जसहरू संस्थालाई जाउन भएका कमजोरी मेरो हिस्सामा परून फेरि सुधार्ने छु।

यथार्थमा , मलाई बोर्ड अफ डाईरेक्टरमा स्थापित गर्दाको याहांहरूको अपार र सर्वाधिक मायां बिश्वास र समर्थनले म फेरि पूलकित भएकी छु त्यसैले तमाम सक्षम एवं उच्च क्षमता राख्ने मित्रहरूका बिचमा आफूलाई उभ्याउने हिम्मत गरें यो हिंजोका दिनमा मैले निर्वाह गरेको जिम्मेवारीको कसी पनि ठहरिने मेरो विश्वास छ।

यस्तो निर्णय गरि रंहदा मैले हिंजोको भन्दा फरक पदीय भूमिकामा उभिन चाहेकी छु।

यसपटक म NRN USA ko ICC मा आफूलाई उभ्याउने निर्णय गर्दै ICC member को पदमा उम्मेदवारी मनोनयन गरेको कूरा सहर्ष सार्वजनिक गर्दै म पून: याहांहरूको मायां , प्रेम , स्नेह र विश्वास सहितको एनआरएन फूलवारीमा रमाउन चाहन्छु।

एनआरएनको मूल मर्म र चूरो समाजमा स्थापित् गर्ने मेरो भूमिकालाई अग्रणी बनाउने छु भन्ने विश्वास दिलाउदै एनआरएन विश्व मूभमेन्टमा ‘अमेरिका प्रथम ‘ भन्ने कूरा स्थापित भैरहोस यसका लागी काम गर्ने रहर नै मेरो उम्मेदवारी को लक्ष्य हो।
हार्दिक अभिवादन – जय एनआरएन !!

गोमा सेन
उम्मेदवार NRNNCCUSA ICC member

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...