Wednesday, July 12, 2017

विराटनगरमा गोली प्रहारबाट एक महिला घाइते

विराटनगर, २९ असार । विराटनगरको मुनालपथमा आज एकाबिहानै गोली प्रहारबाट एक महिला घाइते भएकी छन् ।

उदयपुरको बेल्टार बस्ने ४७ वर्षीया टीनादेवी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते महिलाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले गोली प्रहार गरी उनको साथमा रहेको रु ११ हजार लुटेको बताइएको छ । घाइते विष्ट सो अस्पतालबाट उपचार गराई एकाविहानै आफ्नो घर फर्किन लागेको समयमा सो घटना भएको बुझिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...