Wednesday, July 12, 2017

वैदेशिक रोजगार व्यवसाय मर्यादित हुनुपर्छ : ओली

काठमाडौँ, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक रोजगार व्यवसाय थप व्यवस्थित, मर्यादित र सुरक्षित हुनुपर्ने बताउनुभएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही असार ३० गते हुने महाधिवेशनका लागि संयुक्त व्यावसायिक समूहको उम्मेदवार घोषणा कार्यक्रममा उहाँले मुलुकमा रोजागारीको अवसर सिर्जना गर्न सके युवाले कामका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य हुने धारणा राख्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले मुलुकभित्र पर्याप्त रोजगारीका अवसर नभएका अवस्थामा वैदेशिक रोजगार व्यवसायीले रोजगार व्यवस्थापनमा गरेको योगदानले राष्ट्रको अर्थतन्त्रमा टेवा पुगेको बताउनुभयो ।

संयुक्त व्यावसायिक समूहले नेता ओली र नेकपा (माओवादी केन्द्र) का नेता लेखराज भट्टको उपस्थितिमा रोहन गुरुङको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । समूहका प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना, द्वितीय उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाललगायत रहनुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...