Wednesday, July 12, 2017

नेपाली युवा समुह बेलायतले वार्षिकोत्सव धुमधामले मनाए

लण्डन, आषाढ २९ । केन्ट, डोभरस्थित कम्युनिटी हलमा बेलायतका विभिन्न शहरबाट करिब ४ सय युवाहरु भेला भई लगातर दुई दिन सम्म नेपाली युवा समुहले धुमधामका साँथ वार्षिकोत्सव मनाएका थिए ।

उक्त उत्सव कार्यक्रमका सभापतित्व ड्रागन व्याईजका प्रमुख पूर्व नेपालका राष्ट्रिय तथा व्रिटिस आर्मि बक्सिङ टिमका खेलाडि प्रेम गाहा मगर र एनआरएन वेलायतका युवा संयोजक रिचर्ड गुरुङ्गले गरेका थिए ।
उत्सव कार्यक्रममा प्रमुख अतिथि रहेका मिस्टर नेपाल च्याम्पियन अफ द च्याम्पियन तथा दुई पटक धर्मश्री को उपाधि चुमेका सानु गुरुङ्ग र गोर्खा वारियरका विनोद बुढाथोकीलाई विशेष सम्मान गरिएको कार्यक्रमलाई मिस युरोपियन (२००७) को राजकुमारीको उपाधि चुमेकी एलिशा गुरुङ्ग र एण्डि राईले सयुक्त रुपमा संन्चालन गरेका थिए ।

नेपाली युवा समुहका प्रमुख रिचर्ड गुरुङ्गले भने–‘ पछिल्लो समय बेलायतमा युवाहरु बढिरहेका छन, युवाहरुलाई एकजुट गराउन सकिए राष्ट्रकालागि विदेशमा ज्ञान हासिल गरिएका शिपमुलक कार्य तथा रचनात्मक कार्यहरु गर्न सकिने सम्भावना रहेको जिकिर गरे ।’ आगमी दिनहरुमा युवाहरुका लागि मात्र निशाना नगरी नेपाली समुदाय र अग्रजहरु सँग पनि सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

उत्सव कार्यक्रममा बेलायतका विभिन्न शहरहरु डोभर, फोक्सटन्, आश्फोड,मेडस्टोन,चाथम, जिलिङहाम, पल्मस्टिड, हन्सलो,हृारो, नर्थहल्ड, वेम्बली, अल्डरसट,फार्नवरो,बेजिङ्गस्टोक,टिडवर्थ,क्याम्वली,वेमाउथ,पोट्स्माउथ, साउथ हम्टन,रेडिङ,स्विन्डन, अक्सफोर्ड, व्रिस्टोल,बाथ लगायतका प्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख संयोजक कुमार थापाले आगमी दिनहरुमा वेलायतका सम्पुर्ण नेपाली युवाहरु र अग्रजहरुका विच नियमित सम्पर्क गदै रचनात्मक कार्यलाई विशेष ध्यान पु¥याउन आवाश्यक रहेको जानकारी दिदै प्रतिनिधि गर्ने संयोजकहरुलाई धन्यवाद दिएका थिए ।
समुहका प्रवक्ता योगेन्द्र राईले युवा समुहले हरेक बर्ष बार्षिकोत्सव वृहतरुपमा मनाउदै जाने बताए ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...