Wednesday, July 12, 2017

रानीबारी हत्याकाण्डका अभियुक्त मनराज र प्रमेशलाई सर्वस्वसहित जन्मकैदको सजाय

काठमाडौं,२८ असार। जिल्ला अदालत काठमाडौंले रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।

 

न्यायाधीश रमेश प्रसाद रिजालले एकल इजलासले बुधबार मनराज गुरुङ र प्रमेश चौहानलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

झण्डै १४ वर्ष अघि भएको रानीबारी हत्याकाण्डमा संलग्न मनराज र प्रमेश दुई वर्ष अघि पक्राउ परेका थिए । प्रहरीका अनुसार दुबै ‘कन्ट्राक्ट किलर’ हुन् । हत्याकाण्डका योजनाकार भने अझै पक्राउ परेका छैनन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...