Wednesday, July 12, 2017

युरोपको राजधानी बेल्जियममा भव्यताका साथ किराँत उभौली चाड सम्पन्न !

परदेशमा रहेर पनि आआफ्नो धर्मसंस्कृतिको संरक्षण , सम्बर्दन गर्नु पर्छ भन्ने सदभावना बोकेर संयुक्त किराँत समाज बेल्जियमले यहि ८ जुलाई २०१७ कादिन युरोपको राजधानी बेल्जियमको सामुन्द्रिक किनारमा अवस्थित सुन्दर पर्यटकिय सहर ओस्तन्देमा संस्थाका अध्यक्ष बिमल सुब्बाको अध्यक्षतामा नेपालबाट युरोप भ्रमणमा पाल्नु भएका जेष्ठ आमा कबित माया लिम्बुद्वारा नेपाली किराँत सांस्कृतिक उभौली पुजाको द्विप प्रजलन गर्दै ” किराँत उभौली चाड २०१७ ” यस बर्ष पनि सदाझै भब्यरुपमा सम्पन्न गरेकोछ !

उक्त कार्यक्रममा बेल्जियम स्थित नेपाली संघसंस्थाका पदाधिकारीहरु , बेल्जियममा बसोबास भएका अधिकांश नेपाली सज्जनबृन्दहरु र स्थानिय बेल्जिक नागरिकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ! कार्यक्रममा उपस्थित दर्शक बृन्दहरुले किराँत सांस्कृतिक नृत्यहरु साकेला , च्याब्रुङ्ग , धाननाच र अन्य थुप्रै नृत्यहरु अवलोकन गरि भरपुर मनोरंजन लिएका थिए ! साथै संस्थाले उपस्थित करिब ३०० जना पाहुनाहरुलाई निशुल्क खाजा र रात्रिभोजको ब्यबस्था समेत गरेको थियो !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...