Wednesday, July 12, 2017

पत्रकार संग नायिका पुजा शर्मा आक्रोसित

असार २५ स्मार्ट खबर पोखरा । यही असार ३० गते प्रदर्शन को तयारी मा रहेको चलचित्र ” मा यस्तो गीत गाउछु ” ले पछिल्लो समय फिल्मको प्रचार गर्ने शैली नयाँ/नयाँ अपनाउन थालेको छ । पर्दामा देखिरहेका कलाकारलाई अचानक पोखरा को सिने प्लेक्स मा हेर्नेको भीड लाग्यो । सञ्चारकर्मीलाई फिल्मबारे जानकारी गराउन उनीहरु पोखरा आएका हुन्। ‘फिल्म राम्रो बनेको छ,’ पलले भने, ‘यहाँ हामी दर्शकसँग नजिक हुन आएका हौं ।’ फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने निर्माणमा समेत उनले नायिका पूजासँग सहकार्य गरेका छन् ।

‘पहिलो पटक प्रोडयुसरको रूपमा आएकी छु,’ पूजाले भनिन्, ‘सबैको सपोर्ट चाहिएको छ ।’ अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा तीन गीत समावेश छन् । ‘मैले पनि यसमा अभिनय गरेको छु,’ फिल्मका अर्का कलाकार सोभित बस्नेतले भने, ‘फिल्ममा विशुद्ध मनोरञ्जनात्मक प्रेमकथा छ ।’ पूजाले फिल्ममा मिक्स कथा रहेको र मन छुने डायलग भएको सुनाइन् । पूजासँगको घनिष्ठताबारे पलले भने, ‘हामीलाई राम्रो साथी बन्न दिनुस् । पूजा र म मिल्ने साथी मात्र हो । फिल्म कतैबाट कपी भएको हो भन्ने पत्रकारको जवाफमा पुजा झनक्क रिसाईन ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...