Wednesday, July 12, 2017

NRN NCC of USA क्यालिफोर्निया च्याप्टरको महिला संयोजक (women Coordinator) मा दीक्षा बस्नेतको उमेद्वारी मनोनयन दर्ता !!

गैर आवासीय नेपाली संघ (एन.आर.एन) अमेरिकाको आसन्न निर्वाचन २०१७-२०१९ का लागी क्यालिफोर्निया च्याप्टर बाट महिला संयोजक पदका लागी दीक्षा बस्नेतले आफ्नो उमेद्वारी मनोयन दर्ता गर्नुभएको छ ।

बिगत ३ वर्षदेखि क्यालिफोर्निया राज्यमा बस्दै आएकी दिक्षा बस्नेत एक शशक्त लेखक पनि हुन्। समय सान्दर्भिक कलम चलाउदै दर्जनौ सन्देशमुलक लेखहरु मिडियामा लेखिरहने, उनि अन्तराष्ट्रिय साहित्य समाज क्यालिफोर्नियाको सचिव पनि छिन। बिगत २ बर्षदेखी (NRN NCC OF USA ) क्यालिफोर्निया च्याप्टरको मिडिया एड्भाइजरको रुपमा काम गर्दै आइरहेकी दिक्षा बस्नेतले सामाजीक कार्यमा बिशेष रुची राख्दै संसारभर रहनु हुने महिला दिदीबहिनीहरुसंग हातेमालो गरी भोलिका दिनमा यहाहरुमाझ सेवा भावले अघि बढ्ने योजना बनाएकी छिन ! साथै महिलाको आवाजहरुको आवाज बन्दै देश विदेशमा आफ्नो क्षमताले भ्याएसम्म भरपुर कोशिश गर्दै, जन्मभुमीमा रहेका दुर्गम र पिछडीएका भेगका महिलाहरुमा केहि गतिशील प्रगति र परिवर्तनका लागी, साथ् सहयोगको भूमिका निर्बाह गर्न केहि प्रपोजल समेत बनाइ पछिसम्म आफू लागिपर्ने दिर्गकालीन पर्तिबद्दत्ताका साथ्, महिला संयोजक (Women Coordinator) मा मनोयन गरेको र सम्पूर्ण (एन.आर.एन.) अमेरिकाबासी तथा सदस्यहरुलाई अमुल्य साथ्,सहयोग र भोटको अपील गर्दै बिजयीको लागी आशाबादी रहेको बताउंछिन ।

 

 

 

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...