Saturday, September 30, 2017

यस्तो बज्रपात कुनै चेली लाइ नपरोस : मन छुने मार्मिक भिडियो – Deepika Bhusal

कथा : बिछोडका पलहरु
म इजरायल जाने दिन नजिकिदै थियो । तिहारको पाँच दिन पछि गाउँ हुँदै सदरमुकाम र तेस पछि काठमाडौको यात्रा तय गर्ने तयारी गर्दै थिएँ, बेलुका समान्य लुगा हरु मिलाए ।

सधैं जसो आज पनि छोरीहरु संगै सुत्ने प्रयास गरे । निद्रा हराएको थियो । सानो छोरी मेरो छाति तिर छामछुम पार्दै थिई । ती कोमल हात हरुले आफ्नो अन्तिम घुट्को खाना खोज्दै थिई सायद । उसलाई के थाहा भोलि देखि यो छातीको न्यानो देखि बिमुख हुदैछु भनेर । ती निर्दोष ओठहरुले मेरो स्तान सुस्तरी चुस्दै थिई ! मेरो मन भरिएर ब्याकुल बनेको थियो । आँखा बाट अश्रु धारा बगेको थियो । ठूलो छोरी मेरो कपडा समातेर गहिरो निद्रामा थिई । म सानो छोरीलाई निदाउने बनाउने प्रयत्नमा थिएँ । मेरो निद्राको सुदुर क्षितिज् सम्म कुनै नामोनिसान थिएन । थियो त केवल हृदय बिष्फोट होला जस्तो भक्कानो बाँकी थियो जुन भक्कानो लाइ फोडेर म छोरी हरुको निद्रा खल्बल्याउन चाहिरहेको थिईन ।

सानी छोरी मस्त निद्रामा थिई – उठेर हेरें सपनामै दुध चुस्दैछ उ । दुईटा ओठको चोसो अगाडी ल्याएर जोडले च्याप्दै खिच्दै गरेकी छ सायद सपनामा दुध खाएको देखेकी होलि । मलाइ एक पटक उसलाई दुध चुसाउन मन लाग्यो तर हिड्ने बेला ब्युझेर रुन सुरु गरि भने उसलाई फुल्याउन धेरै समय लाग्छ । परिस्थितिको अगाडी मैले मेरो मातृ वात्सल्यताले हारेको टुलुटुलु हेरिरहें ।

बाकी भिडियोमा सुन्नु होला !!

हेरौ भिडियो

 

अमेरिकामा नेपालीहरुले बडा दशैँ यसरी मनाए ( बिशेष तस्बिरहरु )

                अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले मान्यजनहरुबाट टीका ग्रहण तथा आशिर्बाद लिई बडा दशैँ मनाएका छन् भने मनाउने क्रम जारी रहेको छ l

अमेरिकामा नेपालीहरुले बडा दशैँ यसरी मनाए ( बिशेष तस्बिरहरु )

असोज १४ ,अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले मान्यजनहरुबाट टीका ग्रहण तथा आशिर्बाद लिई बडा दशैँ मनाएका छन् भने मनाउने क्रम जारी रहेको छ l

नेपालमा ११ बजेर ५५ मिनेट को शुभ साईत रहेता पनि अमेरिकामा रहेका नेपाली पुरोहित /पण्डित हरुले फरक फरक टीकाको शुभ साइत बताएका थिए l ८ :४५ मिनेट देखि ११:४५ सम्म तथा ९ :१५ देखि ११ बजे सम्मको पनि शुभ साईत भएको बताएका थिए l अमेरिकामा टीकाको चहल पहल १० बजे देखि सुरु भै मान्यजनका घरमा गै आशिर्बाद लिएका थिए l

यस बर्षको दशैं शनिबार परेकोले नेपाली समुदाय निकै खुशी हुनुको साथै आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्व मनाउन निकै हर्षित देखिन्थे l अमेरिकामा नेपाली सङ्घ /संस्था तथा नेपाली मन्दिरहरुले समुदायको लागि जमराको व्यवस्था गरि दिए पछि सजिलो भएको छ l

बडा दशैको दिन मासुका विभिन्न परिकारमा पक्कु ,भुटेको भुडी ,कलेजो ,रक्ती ,भित्र्यास ,काक्राको खल्पी ,कालो मासको दाल ,तामाबोडी ,सेलरोटी ,केराको बुङ्गोको अचार ,नेपाली शैलीका अचार तथा चिउरा आदि ईत्यादी समेत आफु ,परिवार तथा अतिथिहरुलाई खुवाएका छन् l

पुरुषहरु नेपाली पोशाक दौरासुरुवाल र ढाका टोपीमा देखिन्थे भने महिलाहरु पनि नेपाली शैलीका अधिकांश रातो फरिया तथा सुनका गहना सहित सजिएका थिए l  अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका बालबालिकाहरुले टिका जमरा र सौगत स्वरुप खाम भित्र पैसा प्राप्त गर्दा प्रफुल्ल भै रमाएका थिए l यसै गरि मनोरंजन को लागि तास पनि खेलेका थिए l

म्यान्चेष्टर सिटिका स्ट्राइकर एग्युरो कार दुर्घटनामा परि घाइते

काठमाडौँ, १४ असोज । म्यान्चेष्टर सिटिका स्ट्राइकर सर्जियो एग्युरो कार दुर्घटनामा परेर घाइते भएका छन् । एउटा सांगितिक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् ।सांगितिक कार्यक्रमबाट विमानस्थल फर्कने क्रममा उनी चढेको ट्याक्सी दुर्घटना भएको स्थानीय अधिकारीले बताएका छन् ।

 

च्याम्पियन्स लिग अन्तर्गत आज राति हुने चेल्सी विरुद्धको खेलका लागि उनी टिममा समावेश छन् । खेलअघि उनको स्वास्थ्य अवस्थाबारे जाँच गरिने छ । यो सिजनमा एग्युरोले सिटिको तर्फबाट ८ गोल गरिसकेका छन् ।

दुई दशकपछि प्रचण्डले लगाए दशैंको टीका

काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २२ वर्षपछि दशैंको टीका लगाएका छन । भने परिवारका अन्य सदस्यलाई टीका लगाई जमरासहित आर्शीवाद पनि दिएका छन ।

 

सामाजिक सञ्जाल फेसबुकमा प्रकाश दाहालद्वारा संप्रशित सन्देशमा भनिएको छ, ‘भान्जा भान्जिसहित दशैंको अवसरमा पुरै परिवार जमघटसहित टिकाटाला ।’ सगैं उनले पोष्ट गरेका तस्बिरमा अध्यक्ष प्रचण्डले पत्नी सीता दाहाललाई टीका लगाई दिएका छन ।

प्रकाश दाहालका अनुसार, ‘दशैं धार्मिक भन्दापनि पारिवारिक जमघट, संस्कृति र दुखसुखका कुरा साटासाट गर्ने पर्व हो । हामी सबै धर्मको उतिनै सम्मान गर्छौ जति दशैंको ।

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...