Tuesday, October 31, 2017

अमेरिकामा नेपाली समुदायले पनि हलोविन पर्व मनाए

अमेरिकामा नेपाली समुदायले पनि हलोविन पर्व मनाए

हरेक बर्षको अक्टोबर ३१ तारिखमा मनाइने हलोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि मनाएका छन् l बिशेष गरि अमेरिकामा जन्मेका दोस्रा पुस्ता को साथै सानो उमेरमा अमेरिका आएर पढ्न थालेका बालबालिका ,किशोर किशोरीहरु तथा उनका साथमा हिडेका अभिभावकहरुले पनि मनाएका छन् l

अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपाली समुदायले पनि मनोरन्जन पूर्वक मनाउन थालेका छन् l नेपालमा तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भनि मस्त संग हलोविन पर्व मनाएका छन् l आफ्ना छर छिमेक र नजदिक पर्ने ठाउमा गै २०१७ को हलोविन पर्व हर्सौल्लासका साथ मनाएका छन् l

विभिन्न भूतप्रेतको पोसाकमा आएका बालबालिकालाई घर धनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई अजुली भरि दिएका छन् l अमेरिकाको बिभिन्न राज्यहरुमा रहेका नेपाली समुदायका बालबालिकाहरुले देउसी भैलो खेल्नुका साथै हेलोविन पनि खेलेका छन् l हेलोविन खेल्न आउनेलाई केवल मिठाई मात्र दिनु पर्छ l यसरी बालबालिका खेल्न जाँदा उनीहरुको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरुको साथमा अभिभावक पनि आएका छन् l

घरबेटीले अन्य खाने कुराहरु दिनु पर्दैन l नेपालको तिहारको समय र हेलोविन को समय कहिलेकाही एक दुई दिनको फरकमा पर्न जान्छ l बालबालिकाले काला ,सेता बस्त्र ,भूत पर्यटक ,होलिका ,भोजमा लगाईने बिशेष पोशाकमा घर दैलोमा आई मिठाई मागी मनोरंजन गर्दछन l

हलोविन के हो ? र किन मनाइन्छ ?

हलोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै देशहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो। हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।

गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरु देशमा पनि मनाइन्छ ।

यो चाड मनाउने देशको संख्या बढ्दो छ। आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।

हलोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्री भन्दा अगाडी हो l यो आत्मा दिवस को पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ l

विश्वव्यापी कविता प्रतियोगिता २०१७ उत्तम लिम्बु प्रथम (कविता सहित)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरद्वारा आयोजना गरिएको

विश्वव्यापी कविता प्रतियोगिता २०१७ मा उत्तम लिम्बुको कविता

“युगका स्वरहरू” प्रथम भएको छ | प्राप्त करिव तीनसय कविता मध्ये गरिएको तीन चरणको छनोट प्रक्रिया पूरा गर्दै  निरज दाहालको “गरिबका आँशु” द्वितीय भएको छ भने ज्ञानेन्द्रबहादुर सिंहको “नेपाल मेरो भन” तृतीय भएको छ | प्राप्त कवितालाई तीन चरणमा मूल्यांकन गर्दै उक्त निर्णय गरिएको हो | पुरस्कृत कविहरूले क्रमश: रु. बीस हजार, दस हजार र पाँच हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने छन् |

अनेसासका केन्द्रीय महासचिव तथा साहित्यकार गोवर्धन पूजाको संयोजनमा सम्पन्न उक्त प्रतियोगिताको बिभिन्न चरणको निर्णायकमा श्रीओम श्रेष्ठ रोदन, प्राडा. खगेन्द्रप्रसाद लुइँटेल, गोवर्धन पूजा,  देवी नेपाल र प्रमोद सारंग रहेका थिए |

 

( प्रथम )

युगका स्वरहरु

उत्तम लिम्बू

 

चुल्ठोमा सिउरेर चमेली

गुराँस आफ्नै मात्र नभन्नु

छातीमा राखेर पहाड

हिमाल आफ्नै मात्र नभन्नु

हत्केलामा बोकेर माटो

देश आफ्नै मात्र नभन्नु।

देश नभएर पनि

खुशी छन् बादलका लस्करहरु

देश नभएर पनि

स्वतन्त्र छन् चराका हुलहरु

देश नभएर पनि

हाँसेका छन् फूल नभनिएका फूलहरु।

एउटै रुखले सत्य थाम्ने भए

किन उम्रनु हजार वृक्षहरु ?

एउटै साँझले जुनी बित्ने भए

किन उदाउनु लाख दिनहरु ?

साथी !

सुकेको हाँगा टेकेर

कसरी माथि चढ्नु ?

जमिनमा टाउको जाेतेर

कसरी आकाश हेर्नु ?

सम्झिनुहोस्!

अन्त्य हुँदैछ छेपाराको  शताब्दी

जो अँध्यारोमा

घर बनाउने सपना देख्छ

र उज्यालोमा बिर्सन्छ।

रात ओभाएपछि

तारा थन्काइराख्नु पर्दैन

जस्तै कि,

झरिरहेछ हाँगाबाट

डेटएक्स्पायर पतिंगर

रुखलाइ थाहा छ

शीतल बाँड्न

नयाँ पातहरु चाहिन्छ ।

मनमा घाम राख्नुपर्छ

संसार उज्यालो देखिन्छ

जब भुँइको धुलो  माटो हुनेछ

जब पुतली फुल हुनेछ

शायद साबित हुनेछ

ढुङ्गा सिर्फ ढुङ्गा मात्र हाेइन

ईश्वर पनि हो ।

चाल्नुहोस् कदमहरु

सिक्नुहोस् आयामहरु

जस्तै हेर्नुहोस्

कमिलाको एकता

कसरी उचाल्दै छ झुसिल्किरा ?

हेर्नुहोस् गौथलीको  मेहनत

कसरी बनाउँदैछ घर ?

हेर्नुहोस् चराको  निरन्तरता

कसरी सिन्का सिन्का जोडेर

मजबुत पार्दैछ गुँड ?

साथी !

आफ्नै नङ्ग्रा जोतेर

आफ्नै घरबारीका बाँझो फोर्नु

फुटाएर आफ्नै पसिनाले

अहमका डल्लाहरु

अलिकति उमार्नु

आफ्नै करेसामा रायोको  साग

 

देश बनाउनु पर्दैन

देशआफैँ बन्नेछ

 

 

( दोश्रो )

निरज दाहाल

 

गरिबका आँसु

 

यो आकाश पनि बडो निर्दयी छ

एक तमासले नियाल्छ पाताल

अनि दर्किदिन्छ गरिबको छानो माथि

जुन छानोले पानी थेग्न सक्दैन

 

चुहिन्छ तप्प तप्प

छानोबाट पानी

चुहिन्छ तप्प तप्प

गरिबको आँखाबाट आँसु

 

भोकाएको गरिबको छोरो

प्वाल परेको छानोबाट चन्द्रमा हेर्छ

अनि आमालाई प्रश्न गर्छ

आमा !

रोटीको आकार

त्यो देखिएको जून जत्रै हुन्छ हो ?

फेरि चुहिन्छ आँसु तप्प तप्प

आमाको आखाबाट |

 

जब छोराले सोध्यो

बालाई –

म त भर्खर पन्ध्र बर्षको पुगे

तर

मेरो राहदानीमा

किन म बीस बर्ष भनेर लेखियो ?

बा खुब रुनु भयो

-छोरा !

यो उमेर गरिबीले लेख्यो भनेर

जवाफ दिन बालाई  आँट आएन |

 

बेलुकी  हरिमाया दिदीको घरमा

साथी सुतिदिन गएकी छोरीले फर्केर आमालाई

बिहान सोधी –

आमा !

छोरी मान्छेको त

भित्रबाट पनि लगाउने लुगा हुदो रहेछ है ?

आमा भक्कानिनु भयो |

 

गरिब भएर जन्मनु पनि

प्रश्न बोकेर जन्मनु रहेछ

 

नभए किन सोध्छ

गरिबको छोराले

बाउलाई –

बा !

मैले इटाभट्टामा बोक्ने इटाभन्दा

जमिनदारको छोराले बोक्ने

विद्यालयको झोला

कत्ति हलुको होला है ?

 

गरिब त हाँसे पनि

रोएजस्तो देखिदो रहेछ हजुर

 

यो संसारमा

मर्न त सास त्याग्नु पर्छ

 

ए भगवान !

यो संसारमा

बाच्न चाहिँ के त्याग्नु पर्छ ?

 

(तेश्रो )

नेपाल मेरो भन

ज्ञानेन्द्रबहादुर सिंह

 

माटोको किन प्यार छैन मनु हो हुर्केर यै ठाउँमा ।

जानै हुन्न कदापि अन्त अब ता कामै हुँदा गाउँमा ।।

आफ्नो देश बनाउने प्रण भए फर्केर आऊ जन ।

पार्टी, जात र क्षेत्र, धर्म नभनी  नेपाल मेरो भन ।।

 

लाखौं लाख विदेश पो विवश भै भागेर जान्छ्न् हरे!

मिल्नेछ अनि काम देश भरमा उद्योग खोल्दै गरे ।।

हो,सम्झेर व्यथा निकै स्वजनको  दुख्दैछ मेरो मन ।

पार्टी,जात र क्षेत्र ,धर्म नभनी  नेपाल मेरो भन ।।

 

बाँझो खेत छ रुन्छ त्यो विरहले खै? काम पो भन्दछ ।

सस्तो दाम लिएर झर्छ पसिना नेपाल के बन्दछ ?

चिन्ताले अति ग्रस्त भो मगज यो दुख्दैछ साह्रै तन ।

पार्टी,जात र क्षेत्र ,धर्म नभनी  नेपाल मेरो भन ।।

 

पाए काम यता कुनै सहज नै यो देशमा गर्दथे ।

उर्जावान युवा अनर्थ किन पो पर्देशमा मर्दथे।।

सारा यौवन दर्दमै बितिसक्यो खोजेर अन्तै धन ।

पार्टी,जात र क्षेत्र ,धर्म नभनी नेपाल मेरो भन ।

 

अर्काको उपकार गर्न नसकी ब्यर्थै बितायौ दिन ।

स्वार्थी बन्नु थियो तिमी यदि भने नेता बनेको किन ?

साह्रै बित्दछ मस्त भै हरघडी बिर्सेर आफ्नैपन ।

पार्टी,जात र क्षेत्र ,धर्म नभनी नेपाल मेरो भन ।

दैनिक हज्जारै लाई नचाउदैं डिजे आर्शिस

भक्तपुर निबासी आशिस दहालको विगत डेढ वर्ष देखि दिन र रातको परिभाषा नै परिबर्तन भएको छ । त्यसो त उनि बिगत पाँच बर्ष देखि राजधारीमा कहलिएको नाईट कल्बहरुमा घन्टैं घन्टा संगित पारखीहरुलाई नचाई रहेका हुन्थ्ये ।

केही समय अगाडी काठमाडौंको मुटू दरबारमार्गमा खुलेको एसियाकै प्रतिष्ठीत तथा नेपालकै ठूलो नाईट कल्ब डेजाबुका रेगुलर जिडे हुन् आर्शिस, दैनिक बेलुकी ७ बजे नयाँ नयाँ क्रियसन र जोसका साथ क्लब प्रबेश गर्ने आशिर्स घन्टैसम्म कल्बको स्टेजमा डिजेईङ्ग प्रस्तुत गर्दै दर्शक श्रोताहरुलाई नचाई रहेका हुन्छन् । दुईहजार दुईसय दर्शकहरुले खचाखच हुने कल्बमा उनी बिहान ३ बजे सम्म स्टेजमा देखिन्छन् । त्यसो त उनी कहिले काहि कल्बमा हुने विषेश कार्यक्रमको बेलामा भने आफूलाई आरामको महशुस गर्दछन् ।

पर्यटकको प्रतिक्षामा डुंगा

मन्त्री नै पोइला !

आज हरिबोधनी एकादशी

फलेवास, पर्वत, १४ कात्तिक (रासस): आज हरिबोधनी एकादशी । पर्वतका विभिन्न धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको संख्यामा भक्तजनको भीड लागेको हो । मोदीखोला र कालीगण्डकी नदीको संगममा पर्ने पर्वतको मोदीवेणी धाम, जैमिनी घाट, एशियाकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको शालिग्रामस्थित सेतीवेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

स्नान गर्नका लागि पर्वतका साथै बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा र भैरहवाबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन आएका छन् । उक्त स्थानमा मेलासमेत लागेको छ ।

कालीगण्डकीमा स्नान गरी भगवान् विष्णुको अवतार मानिने शालिग्रामको पूजा गरेमा पुण्य प्राप्त हुने विश्वासमा भक्तजन निराहार व्रत बसी स्नान गर्ने चलन छ ।

हरिशयनी एकादशीदेखि चौमास व्रत बसेकाहरुले पनि आज कालीगण्डकी नदीका विभिन्न स्थानमा तोरण टाँग्ने प्रचलन रहेको छ । कालीगण्डकीमा तोरण टाँग्नका लागि विभिन्न जिल्लाबाट बाजागाजा र भजनकीर्तनसहित हजारौँ दर्शनार्थीको भीड लागेको मोदीवेणीधाम व्यवस्थापन समितिका सदस्य युवनाथ रेग्मीले जानकारी दिनुभयो ।

यसैबीच, पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाममा आज विशेष मेला लागेको छ । दिव्यधाममा रहेका १०८ तुलसीको विवाह गर्ने कालीगण्डकीको जलाभिषेक गर्ने कार्यक्रम रहेको दिव्यधाम व्यवस्थापन समितिका अध्यक्ष गोपालदाश बैरागीले जानकारी दिनुभयो ।

चुनावी गठबन्धनबारे के भन्छन् वुद्धिजीवी ?

काठमाडौँ, १४ कात्तिक: आशन्न निर्वाचनमा प्रमुख वामपन्थी दलबीचको तालमेल र गठबन्धनलाई वुद्धिजीवी तथा विश्लेषकले सकारात्मकरूपमा लिएका छन् ।

एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनपछि नेपाली काँग्रेस र अन्य दलबाट लोकतान्त्रिक गठबन्धन बनेको हो । दुई गठबन्धनका कारण चुनावी प्रतिस्पर्धा पेचिलो हुनाका साथै रौनक पनि बढेको छ ।

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल हुँदै निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रले बहुमत ल्याएमा मुलुकमा अधिनायकवाद आउने वा लोकतन्त्र खतरामा पर्ने लोकतान्त्रिक गठबन्धनका नेताहरूले व्यक्त गरिरहेका छन् । तर बुद्धिजीवीहरूले अहिलेको समयमा नेपालमा दलहरूको गठबन्धनका कारण अधिनायकवाद आउने सम्भावना नरहेको औल्याएका छन् ।

राजनीतिशास्त्रका प्राध्यापक डा लोकराज बरालले भन्नुभयो, “विकसित मुलुकमा पनि यस्ता गठबन्धन हुन्छन्, कतिपय मुलुकमा निर्वाचनपछि पनि हुने गरेका छन् । दलहरू एक्ला एक्लै लड्दा वर्चस्व गुम्ने खतराका कारण गठबन्धन बनाएका हुन् । यसलाई स्वभाविकरूपमा लिनुपर्छ ।”

उहाँले भारत, बेलायत, रुस र जर्मनीमा पनि यस्तो गठबन्धन देखिएको बताउँदै दुवै गठबन्धनले सत्ता प्राप्तिको स्वार्थका लागि यो प्रयास गरेको टिप्पणी गर्नुभयो । बरालले भन्नुभयो, “नेपालमा दलहरूको गठबन्धनका कारण अधिनायकवाद आउँदैन । आएमा अरु नै कारणले आउने हो, त्यो पनि अहिले सम्भव छैन । लोकतान्त्रिक पक्षले वामपन्थीले बहुमत ल्याएमा एकपक्षीयरूपमा राज्य संयन्त्रमा काम गर्ला भन्ने चिन्ता गरेको मात्र हुन सक्छ ।”

नेपालमा माक्र्स र एगलेल्सको सर्वहारा वर्गीय उत्थान तथा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई पालना गर्दै २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । कम्युनिष्ट पार्टी स्थापना भएदेखि टुटफुट, विभाजन, आरोप–प्रत्यारोप र एकताको शृंखला चल्दै आएको छ ।

यी दलको एकता संयोजन समिति र केन्द्रीय तहमा रहेका एमाले र माओवादी केन्द्रका नेताहरूले भने चुनावपछि आफूहरूले पार्टी एकता गर्ने र बहुमत ल्याई स्थिर सरकार दिने जनाउँदै आएका छन् ।

मुलुकलाई समृद्ध र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एकता र तालमेलको घोषणा भएको थियो ।

वाम विश्लेषक एवं स्तम्भकार नरेन्द्रजंग पिटरका विचारमा मुलुकमा वामपन्थीहरूको जनमत भएकाकारण गठबन्धनले आशा र विश्वास जगाएको प्रतिक्रिया दिनुभयो । कुनै अधिनायकवादको प्रश्न नउठ्ने भन्दै उहाँले आशंका र आतंक पैदा गरेर समर्थन लिने कोसिस मात्र गरिएको जनाउनुभयो ।

माक्र्सवादी चिन्तक गोपसीरमण उपाध्याय पनि वामपन्थीहरूबीचको एकताको प्रयास विगत एक दसकदेखिकै शृंखला भएकाले एकाएक आएको जसरी बुझ्न आवश्यक नभएको बताउनुहुन्छ । उहाँको विचारमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल अन्ततः पार्टी एकतामै पुगेर टुङ्गिन्छ, एकता नभए त्यसको क्षति मुलुकले व्यहोर्नुपर्ने हुन्छ ।

फुटबल: नेपाल कीर्गिस्तानसँग पराजित

काठमाडौँ, १४ कात्तिक: एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नपाल किर्र्गिस्तानसँग पराजित भएको छ ।

कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको हो । नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफको अतिरिक्त समयमा एक एक गोल खान पुग्यो ।

किर्गिस्तानका लागि बोरुबाएभ गुल्जिगिटीले खेलको २२औँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिए भने शुकुरोभ अलीमार्दोभले खेलको दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गर्दै आफ्नो टोलीलाई २–० को सहज जित दिलाए । सो जितसँगै किर्गिस्तानले तीन अंक जोडेको छ ।

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलम यही कात्तिक १६ गते बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा आयोजक किर्गिस्तानसहित ओमान, संयुक्त अरब इमिरेट्स र बहराइन छन् ।

दश समूहमा विभाजन गरिएको उक्त छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ ।

बालकृष्ण ढुंगेल पक्राउपछि माओवादीमा हलचल, माओवादीले के भन्यो ?

काठमाडौँ, १४ कात्तिक : नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो, “द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँको तत्काल रिहा गरिनुपर्छ ।” ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उहाँको भनाइ छ ।

निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताउनुभयो । नेपाल प्रहरीको सिआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट आज पक्राउ गरेको थियो ।

ढुंगेल पहिलो संविधानसभामा ओखलढुङ्गा–२ बाट निर्वाचित संसद् थिए । उनलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दोषी ठह¥याएको थियो ।

कतारमा ठगिएकाको उद्धार

खोटाङ, १४ कात्तिक : वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्धार गरिएको छ ।

सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी दिएपछि उनीहरुको उद्धार गरिएको हो ।

रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्लेका राजेन्द्र खड्का, कर्णबहादुर खड्का र सोही नगरपालिका–१० पाथेकाका धनकेशर गिरी, उदयपुरका प्रकाश राई र दाङका विशाल चौधरीको उद्धार गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का परामर्शकर्ता अम्बिका दाहालले जानकारी दिनुभयो ।

योङ म्यान पावर कम्पनीबाट मासिक एक हजार १०० रियाल तलबमा सिकर्मीको रुपमा छ महिना अघि कतार पुगेका धनकेशरले हेल्परको काम दिनुका साथै चार महिनासम्म तलब नदिएको भन्दै उद्धार गरिदिन सामी परियोजनाको दिक्तेलस्थित कार्यालयमा सम्पर्क गरेका थिए । ठगीमा परेका गिरी स्वयंले टेलिफोन सम्पर्क गरी आफन्तमार्फत सामीमा कागजात उपलब्ध गराएका थिए ।

यस्तै, इन्टरनेशनल जब लिङ्क म्यानपावर कम्पनीबाट जनही रु ७० हजारका दरले रकम बुझाएर नौ महिना अघि कतार पुगेका खाल्लेका खड्कालाई पछिल्लो चार महिना लगातार तलब नदिएको बताइएको छ । गत असारदेखि तलब नपाएपछि घरमा सम्पर्क गरी सूचना तथा परामर्श केन्द्रमा कागजात पु¥याइ उद्धारका लागि पहल गरिदिन आग्रह गरिएको थियो । वैदेशिक रोजगारीमा जानु पूर्व घरमै छाडिएको कागजपत्रको प्रतिलिपि परिवारमार्फत उपलब्ध भएलगत्तै वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेको करिब एक सातामै उनीहरुलाई नेपाल फर्काइएको परामर्शकर्ता दाहालले बताउनुभयो ।

ठगिएका पाँचै जनालाई सूचना तथा परामर्श केन्द्रको समन्वय तथा निःशुल्क कानूनी सहायता प्रदान गर्ने संस्था पिपुल्स फोरमको सहयोगमा मुद्दा दर्ता गरिएको थियो । ठगीमा परेर नेपाल फर्किएकामध्ये खाल्लेका कर्णबहादुर र राजेन्द्रले कतार जाँदा बुझाएको जनही रु ७० हजार एजेण्टले फिर्ता गरिदिने सर्त राखेको बताइएको छ । ठगीमा पर्ने अन्य तीन जनाको हकमा थप अनुसन्धान गर्ने काम भइरहेको सामीले जनाएको छ । उद्धार गरिएका उनीहरुले काठमाडौँ आएलगत्तै क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइएको छ ।

पूर्वसांसद ढुंगेल पक्राउ, आजै जेल चलान

काठमाडौँ, १४ कात्तिक : पूर्वसांसद एवं नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुंगेललाई प्रहरीले आज पक्राउ गरेको छ ।

ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयो । द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो । फैसलापछि ढुंगेल लामो समय फरार थिए । अदालतको फैसला कार्यान्वयनका क्रममा उहाँलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताउनुभयोे ।

समाजवादी फोरम र राजपाबीच उम्मेदवार बाँडफाँड टुंगियो

काठमाडौँ, १४ कात्तिक : संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच २ नं प्रदेशको निर्वाचन क्षेत्रमा साझा उम्मेदवारको टुंगो लागेको छ ।

चुनावी तालमेलका लागि गठित दुवै पार्टीको कार्यदलले २ नं प्रदेशअन्तर्गत प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रमा संयुक्त उम्मेदवारको टुंगो लगाएको राजपाका महासचिव मनिष सुमनले जानकारी दिनुभयो ।

कार्यदलले सोमबार साझा उम्मेदवारको टुंगो लगाएपछि दुवै पार्टीका अध्यक्षले संयुक्त हस्ताक्षर गरी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।

दुई दलबीच भएको सहमतिअनुसार प्रतिनिधिसभाअन्तर्गत फोरमले १७ र राजपाले १५ निर्वाचन क्षेत्र पाएको छ । त्यस्तै प्रदेशसभामा फोरमले ३५ र राजपाले २९ निर्वाचन क्षेत्र पाएको छ ।

निर्वाचन क्षेत्रको सिट बाँडफाँडअनुसार शीर्ष नेतासहित उम्मेदवारको आज रातभरमा टुंगो लगाइने महासचिव सुमनको भनाइ छ । शीर्ष नेताहरुको निर्वाचन क्षेत्रमा नेपाली काँग्रेससँग चुनावी तालमेलका लागि वार्ता चलिरहेकाले चाँडै टुंगिने जनाइएको छ ।

यसैबीच संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ६२ जना उम्मेदवारको टुंगो लगाएको छ । समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नं २ र वरिष्ठ उपाध्यक्ष अशोक राईले सुनसरी क्षेत्र नं १ बाट प्रतिस्पर्धा गर्ने फोरमका एक नेताले जानकारी दिनुभयो ।

सत्ता स्वार्थको कम्युनिष्ट गठबन्धन : काँग्रेस

काठमाडौँ, १४ कात्तिक : प्रमुख सत्तारुढ नेपाली काँग्रेसले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच हालै भएको चुनावी गठबन्धन सत्ता स्वार्थको कम्युनिष्ट गठबन्धन भएको आरोप लगाएको छ ।

काँग्रेसले आज विशेष समारोहका बीच आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै कम्युनिष्ट पार्टीको वर्चस्वको सरकार बनाउने र देशमा साम्यवाद स्थापना गर्ने उद्देश्य रहेको उक्त गठबन्धनलाई सफल हुन नदिने दृढता व्यक्त गरिएको छ ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको उक्त घोषणा पत्रमा आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीहरु बीच चुनावी तालमेल गर्ने, अन्ततः एउटै कम्युनिष्ट पार्टी बनाउने, कम्युनिष्ट पार्टीको वर्चस्वको सरकार बनाउने र संविधानका आधारभूत लोकतान्त्रिक मूल्य–पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिष्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य राखेको उल्लेख छ ।

संसारभरि असफल सिद्ध भइसकेको कम्युनिष्ट शासनलाई नेपालमा स्थापना गर्न खोजिएको कम्युनिष्ट गठबन्धनको यस्तो प्रयोग देश र जनताका लागि किमार्थ स्वीकार नहुने भन्दै काँग्रेसले पार्टीका लाखौँ ऊर्जाशील युवा र समर्थकहरुको पंक्तिले लोकतन्त्र स्थापनाका लागि सबै किसिमका निरंकुश शासन र हिंसाका विरुद्ध पटक–पटक संघर्ष गर्दै आएको अवगत गराउँदै डटेर सामना गर्ने उल्लेख गरेको छ ।

एमाले राष्ट्रिय एकताको बाधक, माओवादी केन्द्र अवसरवादी 

काँग्रेसले एमाले र माओवादी केन्द्रको वर्चस्वको सरकार रहुुञ्जेल स्थानीय तह निर्वाचनको राजनीतिक वातावरण विल्कुलै बन्न नसकेको, मधेश अशान्त र आन्दोलन कायम रहेको, आदिवासी–जनजाति, थारु आन्दोलन सम्बोधन गर्ने अग्रसरता समेत सरकारले लिन नसकेको आरोप लगाएको छ ।

एमालेको अदूरदर्शी नेतृत्व, असहिष्णु र आक्रामक व्यवहारका कारण संवाद र सहमतिको प्रयास समेत प्रारम्भ हुन नसकेको जनाउँदै काँग्रेसले एमाले नेतृत्वको सरकार केवल सत्ताको चरम एमालेकरण र साधन स्रोतको दूरुपयोग गर्नमा केन्द्रित रहेको घोषणा पत्रमा उल्लेख गरेको छ ।

यस्तो असहज परिस्थितिको अन्त्य गर्न काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्णायक अग्रसरता लिएको र फलस्वरुप स्थानीय तहको निर्वाचन सम्पन्न गर्न, मधेशका मुद्दाहरुलाई सम्बोधन गर्ने गरी संविधान संशोधन गर्न तथा संविधानको कार्यान्वयन गर्न काँग्रेस–माओवादी एवं अन्य दलहरु को संयुक्त सरकार गठन भएको घोषणा पत्रमा उल्लेख छ ।

“मधेश केन्द्रित दलहरुसँग संविधान संशोधनका विषयहरुमा समझदारी बन्यो, कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारद्वारा संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश भयो, काँग्रेसको अग्रसरतामा संवाद र सहमतिको सार्थक प्रयासका कारण देशमा ठूलो उत्साहपूर्वक र व्यापक सहभागितासहित स्थानीय तहको शान्तिपूर्ण निर्वाचन सम्पन्न हुन सकेको काँग्रेसको ठम्याइ छ ।”

एमाले संविधान निर्माणको बेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरुप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रहेको जनाउँदै काँग्रेसले मधेशको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएका एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको टिप्पणी गरेको छ ।

त्यस्तै पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकार नेतृत्वको अवसर पाएर पनि माओवादी केन्द्रको परिचय संविधान निर्माण गर्न नसक्ने, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी र अवसर पाएर पनि संविधानसभामा ध्वंस मच्चाएर संविधान सडकबाट लेख्न उद्धत हुने, कहिले एमालेसँग सरकार बनाउने र कहिले काँग्रेससँग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टीको रुपमा बन्दै आएको घोषणा पत्रमा जनाइएको छ ।

त्यस्तै काँग्रेसले मधेश केन्द्रित दलसँग संवाद र सहकार्य तथा राप्रपा (प्रजातान्त्रिक) र राप्रपासँग विश्वसनीय सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

काँग्रेसको नेतृत्वमा नयाँ संविधान 

काँग्रेसको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको घटना लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको घोषणा पत्रमा उल्लेख छ ।

यस संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ । सात दशकदेखि बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्रको अभ्यास गर्ने, राजनीतिक र धार्मिक स्वतन्त्रता भएको, भय र गरिबीबाट मुक्त समाज निर्माण गर्ने काँग्रेसको विचार र संकल्प नयाँ संविधानमा दृढताका साथ स्थापित भएको छ ।

काँग्रेसले सात दशकसम्म लोकतन्त्र र लोकतन्त्र पुनःस्थापनाका पक्षमा निरन्तर संघर्ष गर्ने नेपाली जनताको गौरवपूर्ण र दुर्लभ इतिहास रहेको भन्दै नेपालमा राष्ट्रिय पुनःजागरणको नयाँयुग प्रारम्भ गर्ने घोषणा गरेको छ । त्यसका लागि काँग्रेसले समावेशी लोकतन्त्र र मानव अधिकार, आर्थिक समृद्धिको अभियान, आध्यात्मिक–सांस्कृतिक वैभव, युवा जनशक्ति र आधुनिक नेपाल, जल, जडीबुटी र जैविक विविधता, पर्यटनको माध्यमबाट अन्तर्राष्ट्रिय परिचय, छिमेकी मुलुकसँग सम्मानजनक सम्बन्ध र सहकार्य गर्ने जनाएको छ ।

विगत २५ वर्षको विकास प्रतिफल 

काँग्रेसले घोषणा पत्रमा विगत २५ वर्षमा आफ्नो नेतृत्वमा भएको विकासको फहेरिस्त उल्लेख गरेको छ । विस २०४८ मा ४९ प्रतिशत रहेको गरिबी २०७३ मा २१ प्रतिशतमा झरेको, साक्षरता ५० बाट ९० प्रतिशत पुगेको, औषत आयु ५४ वर्षबाट ७१ वर्ष पुगेको, खानेपानीको सुविधा ३६ बाट ८४ प्रतिशत जनसंख्यामा पुगेको, सडक सात हजार ३३० किमीबाट बढेर ८१ हजार ३७१ किमी पुगेको, सिँचाइ ५ दशमलव ४ हेक्टरबाट बढेर १५ लाख हेक्टर पुगेको, टेलिफोन ७१ हजार ५६० बाट दुई करोड ७८ लाख ५० हजारमा पुगेको उल्लेख छ ।

विकास, दृष्टि र लक्ष्य 

काँग्रेसले निर्वाचनबाट विजयी भई आगामी १० वर्षमा दु्रत र फराकिलो आर्थिक वृद्धि हासिल भई अर्थतन्त्रको आकार प्रचलित मूल्यमा रु १०० खर्बको हाराहारीमा पुग्ने र लाखौँ नयाँ रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको छ ।

कुल गार्हस्थ्य उत्पादनको अनुपातमा औसत पाँच प्रतिशत (वार्षिक रु एक खर्बदेखि पाँच खर्ब) बराबरको विदेशी प्रत्यक्ष लगानी भित्रिने घोषणा पत्रमा उल्लेख छ । गरिबीको रेखामुनि रहेका जनताको हिस्सा तीन प्रतिशत भन्दा कम हुने, नेपालमा कुपोषण र भोकमरी निर्मूल हुने, प्रत्येक नेपालीको स्वास्थ्य बीमा गरिने र औसत आयु ७७ वर्ष पुग्ने उल्लेख गरेको छ ।

त्यस्तै १५ हजार मेगावाट भन्दा बढी ऊर्जाको उत्पादन हुनेछ । आन्तरिक खपतभन्दा बढी ऊर्जा निर्यात गरिनेछ र नेपालको अन्तर्राष्ट्रिय छवि ‘शत प्रतिशत स्वच्छ ऊर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्र’को हुने घोषण पत्रमा उल्लेख छ ।

काँग्रेसले ‘काठमाडौँ–मधेश एक्सप्रेस वे’ लगायत चारदेखि छ लेनका एक हजार किमीभन्दा बढी द्रुत–मार्ग, ५०० किमीभन्दा बढी रेल्वेलाइन, ५० हजार किमी भन्दा बढी कालोपत्रे सडक संजालले राष्ट्रलाई जोड्ने महत्वकांक्षी योजना अघि सारेको छ । त्यस्तै पाँच वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, प्रत्येक वर्ष ३२ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिने र पचास लाख नेपालीले पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाउने प्रक्षेपण गरेको छ ।

सामाजिक सुरक्षा भत्ता दोब्बर 

नेपाललाई न्यायपूर्ण एवं समतामूलक बनाउने काँग्रेसको समाजवादी नीतिको मूल ध्येय रहेको जनाउँदै काँग्रेस नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य क्षेत्रका सामाजिक कार्यक्रमका अतिरिक्त वृद्धवृद्धा भत्तामा वृद्धि, एकल महिला भत्ता, केटाकेटीलाई विद्यालय पठाउने महिलालाई खाजाभत्ता, पिछडिएका वर्गलाई निःशुल्क पढाइको व्यवस्था, विभिन्न घातक रोगको निःशुल्क र सहुलियतपूर्ण उपचारलगायतका जनतालाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयनमा ल्याएको घोषणा पत्रमा उल्लेख छ ।

ज्येष्ठ नागरिकलाई दिइँदै आएको भत्तामा दोब्बर वृद्धि, एकल महिला, अपांग, सीमान्तकृत र पिछडिएका वर्ग एंव दलितलाई भत्ता तथा सुविधाको व्यवस्था, महिला साक्षरता कम भएका जिल्लामा प्राथमिक शिक्षामा प्रोत्साहन गर्न मासिक भत्ताको व्यवस्था, कर्णालीका जनताका लागि रोजगारीको व्यवस्था जस्ता प्रोत्साहन र सामाजिक न्यायका कार्यक्रम कांग्रेस सरकारमा हुँदा ल्याइएको स्पष्ट पारिएको छ ।

काँग्रेस नै किन ?
घोषणा पत्रमा कम्युनिष्ट आवरणमा उदाउन खोजेको भ्रष्टचरित्रको अधिनायकवादी दुःस्वप्नलाई परास्त गर्दै असल शासन प्रत्याभूत गर्ने मध्यमार्गी लोकतन्त्रको सवलीकरणका लागि, अर्को दशक राष्ट्रिय पुनःजागरणको कालखण्ड हुने र नेपाललाई दिगो विकासमा अग्रणी, मध्यम आय भएको मुलुक बनाउन अभूतपूर्व गतिमा पूर्वाधार निर्माण एवं नीतिगत सुधारका कार्यक्रममार्फत स्वदेशी र विदेशी पुँजी परिचालन र रोजगारी सिर्जना गर्न काँग्रेसको नेतृत्व आवश्यक पर्ने उल्लेख छ ।

त्यस्तै विपी कोइरालाको आदर्शअनुरुप लोकतान्त्रिक समाजवादी राज्य जहाँ स्तरीय शिक्षा र स्वास्थ्य सेवालगायत चुस्त सार्वजनिक सेवा सुनिश्चित हुन्छ, त्यस्तो समतामूलक समाज स्थापना गर्दै जोखिममा बाँच्ने नेपालीहरुको संख्या न्यून हुनेगरी २१ औं शताब्दी अनुकूल सामाजिक सुरक्षा प्याकेजको महत्वकांक्षी योजना कार्यान्वयन गर्न काँग्रेस चाहिने उल्लेख छ ।

अगामी निर्वाचनका लागि काँग्रेसले पर्याप्त स्रोत साधन, अधिकार, क्षमता र जवाफदेहीसहितका स्थानीय, प्रादेशिक र संघीय सरकार जसले एकीकृत राष्ट्रिय अर्थतन्त्रमार्फत हिमाल, पहाड र मधेशलाई एकताको मालामा उन्नेछन्, तिनको सफल सञ्चालनका लागि तथा छिमेकी राष्ट्रहरुसँग सन्तुलित र सम्मानजनक कूटनीतिक सम्बन्ध कायम गर्दै आर्थिक अन्तर्निर्भरता, जलवायु परिवर्तन र आतंकवाद जस्ता साझा मुद्दामा सहकार्य गर्न अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि काँग्रेस चाहिने जिकिर घोषणा पत्रमा गरिएको छ ।

तिन हजारमा ज्यूँदो कालिज , नेपालका जंगलमा नपाइने कालिज पालन पोखरामा |

पछिल्लो समय कृषि , पशुपालन तथा चौपाया पालनमा नेपालीको चासो तथा ब्यबसयिकता बढ्दै गएको छ | जसको पछिल्लो उदाहरणको रुपमा लिन सकिन्छ यो कालिज पालन |

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना घर भई २३ वर्षदेखी बेल्जियमबस्दै आएका पदम अधिकारी र उनको भाञ्जा सोमनाथ लामिछानेले संयुक्त रुपमा कालिजकोव्यवसायीक पालन सुरु गरेपछि वैधानिक रुपमै कालिज खान पाइने भएको हो ।पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ लम्गादीमा १८ रोपनी जग्गा भाडामा लिएर पोखराका यी मामा भान्जाले ब्यबसायिक कालिज पालन सुरु गरेका हुन् |

अधिकारी र लामिछाने नाताले मामा भाञ्जा हुन् । उनीहरुले पोखरा लेखनाथ महानगरपालिकावडा नम्बर ३३ लामगादीमा नेपाल वाइल्ड फूड प्रोडक्ट प्रालि खोलेर कालिज व्यवसायिक रुपमैउत्पादन सुरु गरेका छन् । १ करोड खर्च भइसकेको यस र्फममा मामा अधिकारीको ८० प्रतिशतलगानी छ भने भाञ्जा लामिछानेको २० प्रतिशत लगानी छ ।

२ वर्ष अघि थालिएको कालिज उत्पादन अहिले फैलिँदै गएको छ । हेरौ यो भिडिओ

नेपाली काँग्रेसको कार्यक्रम

LIONS CLUB OF BALTIMORE NEPALESE PRESENTS-नेपाली ऐतिहासिक चलचित्र “कीर्तिपुर “

एएफसी यू–१९ फुटबलमा आज नेपालले कीर्गिस्तानसँग खेल्ने

काठमाडौं, १४  कात्तिक । एएफसी अन्डर नाइन्टिन(यू–१९) फुटबल च्याम्पियनसिपका छनोट खेल आजबाट कीर्गिस्तानमा हुँदैछन् ।

 

नेपालले आफ्नो पहिलो खेलमा आजै आयोजक कीर्गिस्तानसँग खेल्नेछ ।गत असोजमा भुटानमा भएको अन्डर एट्टिन साफ च्याम्पियनसिपको उपाधि जित्न सफल अधिकांश खेलाडी यसपटक अण्डर नाईन्टिन टोलीमा समावेश छन् ।

एएफसी अन्डर नाइन्टिन फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले आयोजक कीर्गिस्तानसँगै बहराइन, युएई र ओमानसँग पनि खेल्नेछ ।राउण्ड रबिन लिगको आधारमा संचालन हुने छनौट चरणमा शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष हुने फाईनल चरणका लागि छानिनेछ ।

प्रतियोगिताका लागि एसियाका सबै टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।हरेक समुहका विजेतासँगै ५ उत्कृष्ट उपविजेता अर्को वर्ष हुने अण्डर नाइन्टिन एसिया कप फुटबल च्याम्पियनसिपको लागि छनोट हुनेछन् ।एजेन्सीको सहयोगमा

कतारमा कलाकार सम्मानित

कतार, १४ कार्ति । बसन्त फिल्मस् प्रालि र पाल्पाली सेवा समाज कतारद्वारा कलाकारहरु सम्मानित भएका छन । नृत्यकार कविराज मगर, लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगर, मोडल रिना थापा मगर, निर्देशक सुमन थापा मगर सम्मानित भएका हुन।

 

दोहाको मुग्लिना स्थित वेलकम डाईन रेस्टुरेन्टको सभाहलमा आयोजित सम्मान कार्यक्रममा बसन्त फिल्मस् प्रालिका प्रबन्ध निर्देशक, पाल्पाली सेवा समाजका अध्यक्ष एवं राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका मानार्थ सदस्य ईश्वर काफ्लेको सभापतित्व तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारका अध्यक्ष नबिन पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

N24 Excellence Award Distribution Ceremony (Surway foundation Charity Conference )

शुरु भो नागरिक स्तरबाट त्रिशुली सुरक्षा पर्खाल अभियान

त्रिशुलीमा दर्जनौ मान्छे पानीमा डुबेर मरेको पिडा बोध गर्दै कुनैपनी यात्रामा पानीमा डुबेर मान्छे मर्नुहुदैन भन्दै  जीवनभरि पानी अभियानमा समर्पित मित्र लाल पार्देले एउटा फेसबूक पोस्ट लेखे ।

फेसबूक पोस्टमा उनि नेपालको त्रिशुलीमा गाडी खसेको र कसरी समस्या समाधान गर्ने यदि कसैले सक्दैनन् भने अभियान शुरु गरेर साथ दिने मान्छेहरुको खोजिमा छु भनेर लेखे । त्यसपछि उनको पोस्टलाई साथ दिदै पोखराका हाल पोल्यान्ड बस्ने श्री कृष्ण न्यौपानेले रु ५० हजार सहयोग गर्ने घोषणा गरे । त्यसपछि अरु थपिदै गैरहेका छन्  । नागरिक स्तरबाट त्रिशुलीको सुरक्षा पर्खाल निर्माणमा साथ हुँदै जावस आफ्नो पनि ५० हजार बिउपुजी जम्मा  गर्दै अभियानले सार्थक पाउनुपर्छ भनेर उनले आफ्नो अभिव्यक्ती दिए ।

त्रिशुली सुरक्षा पर्खाल अभियान शुरु गर्दा पानी अभियान कर्ता मित्र लाल पार्देले पोस्ट गरेको स्ट्याटस

मान्छे त्रिशुलीले निलेको निल्यै छ राजनिति मान्छेको टाउको गन्नमै सिमित नेपाली जनताहरु धनी भएर पनि गरिब छौ भनेर सधै बिलौना गरिरहेका छन् । राजनिती त के भनु भन्ने शब्द पनि छैन । सरकार सधै मगन्ते भन्दा अरु कुरा गर्न जान्दैन । हिम्मत गरौ हे नेपाली जनताहरु हो साथ दिनुहोस् हामी अगाडि सर्न सक्छौ अब मागेर भिखारी बनेर होइन हामिले आफ्नै सोचले गर्ने हो ।
दुनियाँ नौटन्की कागजी पानामा बर्षौ सम्म झुलेर यो जिन्दावाद र मुर्दावादमा जीवन खेर नफालौ

सपना भुलाउने मेट्रो ,सुरुङ मार्ग सोच्न त सोचौ तर ती सपनाको आशमा अरु हजारौको ज्यान त्रिशुलीले निलिसकेको हुन्छ बरु त्रिशुलीको छेउमा त्रिशुली पर्खाल अभियान ” शुरु गरौ ,ट्राफिक अभियान अत्यन्त प्रभावकारी बनाउ । जहाँ जहाँ बस खस्ने ठाँउ छ त्यहाँ त्यहाँ बलियो पर्खाल निर्माण गरौ । गाली मात्र नगरौ । जसले शुरु गर्नेछ र काम अगाडि बढाउनेछ त्यसलाई “त्रिशुलि पर्खाल अभियान”को लागि हामी सबैले गास कटाएर एक दिन दुई दिन भोकै भएर पनि साथ दिने काम गरौ । हिम्मत छ भने सरकार बिलम्ब नगर सरकारी कर्मचारीहरु भ्रष्टाचारमा लिप्त नबन । यदि सरकारले मात्र एक्लै सक्दैन भने यो सम्पुर्ण नागरिक देश भक्त बुद्दिजिवी राजनिती कर्मी एन आर एन कलाकार मात्र एक पटक जुटौ । देशबाट जुटौ बिदेशबाट जुटौ । त्रिशुलीले मान्छे निलेपछि हार्दिक समवेदना होइन “त्रिशुली पर्खाल अभियान ” हार्दिक आव्हान गरौ । हामीलाई नारा होइन सहारा चाहिएको छ ।तपाइहरु कसले के सहयोग गर्न सक्नुहुन्छ कृपया आफ्नो विचार दिनुहोस् सम्वेदना होइन रिप होइन ।त्रिशुली पर्खाल अभियान तत्काल शुरु गरौ सरकार तत्काल साथ देल अब बिदेशी दाताहरुको भर परेर कति आफ्ना नागरिकको हत्या गराउछस् । तत्काल , तत्काल ,तत्काल काम शुरु गर वा गरौ ,,,,,,

त्यसपछि पत्रकार लोकराज अधिकारीले पनि समाचार प्रेषित गर्दै उक्त अभियानको स्वागत गरे ।
अहिलेसम्म झन्डै तीन लाख घोषणा भैसकेको छ । बिभिन्न देशमा दबाब समिती गठन हुदैछन ।उक्त अभियानको पेज नै सार्वजनिक भएको छ र पेजको नाम छ । http://bit.ly/2gRuQcRE0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%B6%E0%A5%81%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE-%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%96%E0%A4%BE%E0%A4%B2-%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%AD%E0%A4%BE%E0%A4%97%E0%A4%BF%E0%A4%A6%

उक्त पेज मार्फत हरेक व्यक्ती जनसमुदायलाई त्रिशुली सुरक्षा पर्खाल अभियानमा जोडिन पनि पानी अभियानकर्ता मित्रलाल पार्देले अनुरोध गरेका छन् ।

राष्ट्रिय गौरवको अभियान भएकोले साथ दिन पनि सबैलाई हार्दिक आवहान गरेका छन्  ।

तपाई कसरी त्रिशुली सुरक्षा पर्खाल अभियानमा भागिदार हुन चाहनुहुन्छ ?
– यो पेज शेर तथा लाइक गरेर,दबाब समुह गठन गरेर ,ड्राइभरलाई यात्रामा मदिरा पिउन रोकेर ,धेरै यात्रु बसमा नराखेर ,आर्थिक सहयोग गरेर,श्रमदान गरेर ,नैतिक समर्थन ,जनदबाब सृजना गरेर , ठाउ ठाउमा ,साइनबोर्ड राखेर ,पर्खालको लागी अध्ययन गरेर, नैतिक समर्थन गर्दै हरेकलाई ट्राफिक सम्बन्धि जानकारी दिएर , ड्राइभर मालिक सबैलाई कानुनी दायरामा लिएर , लामो यात्रा र अप्ठ्यारो बाटो हुने ठाउँमा सिट भन्दा बढी ठाउँमा आफै यात्रु जान छोडेर , सिट भन्दा धेरै मान्छे राख्ने बसमा यात्रु सबै एक जुट भएर आफै ओर्लिएर ।

आदि इत्यादि काम गरेर ।

स्मरण रहोस्  यात्रामा पानीमा डुबेर कोहि पनि मर्न नपरोस् भनेर पानी अभियानकर्ता मित्रलाल पार्देले त्रिशुली सुरक्षा पर्खाल  अभियान शुरु गरेको बताएका छन् ।  साथै सहयोग गर्ने सम्पुर्ण व्यक्तिहरुको नामावली त्रिशुली सुरक्षा पर्खाल अभियानको नाममा वेबसाईट र फेसबूक पेजबाट सार्वजनिक गर्ने जानकारी पोल्यान्ड नेपाललाई प्राप्त भएको छ ।

उनको अभियानमा साथ दिदै श्री कृष्ण न्यौपाने  कमल आमागाइ जिवन केसी  सुवाश पोखरेल  प्रदिप तिमिल्सिना  प्रकाश अर्याल प्रदिप अधिकारी लोकराज अधिकारी शोभाराम  घर्ती मगर लगायत बिभिन्न व्यक्तित्वहरुको साथ आइसकेको छ । अन्य व्यक्तिहरू बाट पनि साथको लागी अगाडि बढ्ने खबर प्राप्त भएको छ । बिभिन्न ठाउँबाट उक्त कदमको स्वागत गर्दै निश्कर्षमा पुर्याउन धेरैले साथ दिने खबर पठाइसके ।

इटाली रोमबाट रिसर्चर राम भन्डारीले अभियानबारे व्यापल रूपमा छलफल गरेर  कार्यान्वयनमा लैजान ठुलो जनदबाबको आवश्यक पर्ने र सबैको साथले अभियानको उद्देश्य निष्कर्षमा पुर्याउन दबाब समुह गठन गर्नको लागि र बिस्तृत छलफल  गर्न मित्र लाल पार्देलाई निमन्त्रणा गरिसकेका छन् ।

Monday, October 30, 2017

“गुड अर्थ नेपाल”ले न्युयोर्कमा आर्ट ,फेसन र श्याम्पेन कार्यक्रम गर्ने

नेपालको लागि सहयोग गर्ने उद्देश्यले “गुड अर्थ नेपाल “नामक संस्थाले न्युयोर्कमा एक बिशेष कार्यक्रम गर्ने भएको छ l नेपालमा भूकम्प पछि सुरक्षित र स्थाई घर तथा बिद्यालय निर्माण गर्न “अर्थ ब्याग ” नया पद्धति द्वारा बनाई रहेको संस्थाले नोवेम्बर ९ तारिख कार्यक्रम गर्ने भएको छ l

बिदेशी द्वारा स्थापित उक्त गुड अर्थ नेपाल ,न्युयोर्कमा आधारित मुनाफा रहित संस्था हो भने यस्को मुख्य सदरमुकाम काठमाडौँ रहेको छ l गुड अर्थ नेपालले पृथ्वीब्याग प्रविधि प्रयोग गरेर घर, विद्यालय र उपचार कक्षहरु (क्लिनिक)हरू सुरक्षित र स्थायी बनाउदछ l यसले स्थानीय समुदायहरूलाई कसरी निर्माण गर्ने सम्बन्धि सिकाउदछ l

यस संस्थामा नेपालमा जोडिएका नेपाली सुपरिक्षक तथा अभियन्ताहरु ले भवन बनाउदा गाउँका मिस्त्री ,परिवार तथा समुदाय संग संगै काम गरेर सिकाउदछन l भूकम्प बाट कसरी घरहरु ध्वस्त हुन्छ र कसरी पुनर्निर्माण गर्ने बारेमा समेत संस्थाले आफूले बनाएको अर्थब्याग को बारेमा शिप सिकाई पुनर्निर्माण गर्न सिकाई रहेको छ l

संस्थाको मुख्य उद्देस्य स्थानीय समुदायका सदस्यहरू संग समन्वय गरि पृथ्वीब्याग भवनको कला सिकाउनमा ध्यान केन्द्रित गर्दछ l यसको साथै अर्थब्याग घर तथा बिद्यालयका भवन बनाउने ढाचा तथा निर्माण

शिक्षाको साथै अर्थ ब्याग घरहरू र बिद्यालहरू ढाचा तथा निर्माण गर्दछ l यसको साथै अरू परोपकारी संस्थाहरूको लागि परामर्शदाता सेवाहरू प्रदान गर्दछ, र सरकार, विश्वविद्यालय र अन्तर्राष्ट्रिय राहत संस्थाहरूसँग नजिक रहेर काम पनि गर्दछ l

यस्ता प्रकारका नया प्रबिधिका घरहरु गोर्खा ,धादिंग ,नुवाकोट ,मकवानपुर ,सिन्धु पाल्चोक तथा रसुवामा अढाई बर्ष भित्र दर्जनौ घर निर्माण गरेको छ l यसको साथै संस्थाले हजार भन्दा ज्यादा नेपाली हरुलाई कसरि अर्थब्याग प्रबिधि तालिमको साथै निर्माण गर्न पनि सिकाएको छ l सन् २०१६ मा नेपाल इन्जिनियर्स संस्थाले अर्थ ब्याग को ढाचा लाई पुरष्कृत समेत गरेको छ l

कार्यक्रम आगामी नोवेम्बर ९ तारिख बिहिबार हुने भएको छ l

c24 Art Gallery
560 w.24th street
New York ,NY 10011

अर्थब्याग प्रबिधि के हो ? यस बारेमा बिस्तृत जान्न यस थिच्नु होला l नेपालमा काम गरि रहेका तस्बिर र भिडियो सहित

earthbag documents

 

 

बोक्सीको अारोपमा निर्घात रुपमा कुटिएकी महिला अधिकारकर्मी राजकुमारी उपाध्यायलाई अविलम्ब न्याय दे ! #जयनारी

तेस्तै टिका ढकाल लेख्नु हुन्छ सामाजिक संजालमा :

सारै नै मन दुखेको कुरा राजकुमारी उपाध्याय जो बरिस्ठ महिला अधिकारकर्मी हुनुहुन्छ बिरगंजमा, त्यती मात्र हैन उहाको छोरी काठमाडौं मा सक्रिय महिला अधिकारकर्मी हुनुहुन्छ पीडितको न्यायको लागी बोल्नु हुन्छ तर के महिला हुनु पाप हो? महिला अधिकारकर्मी त सुरक्षीत छैनन भने अरुको अबस्था कस्तो होला?????यत्ती सारो अपमान किन बोक्सिको आरोपमा कुटपिट अपमान त्यस्मा पनि प्रहरीको समेत सलग्नता कस्तो अत्याचार ? फेरि सुन्दैछु सबै तिर बाट मिल्न दबाब आइरहेको छ; गल्ती गर्ने लाइ कडा कार्यबाहि हुनुपर्छ उल्टो किन पीडित लाइ कम्जोर बनाइदैछ? यो समाजमा रहेको कलन्क बोक्सी आरोप लगाएर टरचर दिने लाइ आजिबन जेल हाल्ने कानुन बनाउनु पर्छ नत्र भने यस्ता घृणित कार्यको सिकार महिला सधै नैहुने भै कसरी सभ्य र समृद्ध नेपाल बन्न सक्छ? हाम्रो न्याय को अभियानमा यहाँहरु सबै आउनुहोस् अब सबै नबोली भएन है !

 

अमेरिकाको व्हिसकन्सिन निवासी एनआर एन व्हिसकन्सिन च्याप्टर अध्यक्षबुद्दि सुबेदी र उपाध्यक्ष बिष्णु अधिकारीको प्रयासमा चितवनको माडी क्षेत्रका सोमेश्वर र खैरेनी माबीमा साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण

अमेरिकाको व्हिसकन्सिन निवासी एनआर एन व्हिसकन्सिन च्याप्टर अध्यक्षबुद्दि सुबेदी र उपाध्यक्ष बिष्णु अधिकारीको प्रयासमा चितवनको माडी क्षेत्रका सोमेश्वर र खैरेनी माबीमा साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण

नायिका नीता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नायिका नीता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाली चलचित्र कि अभिनेत्री निता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कार बाट सम्मानित भएकि छिन् l नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगानाले अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्न सफल भएकी छिन ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित “सन फ्रान्सिस्को चलचित्र महोत्सव ” मा उनीद्वारा अभिनित ऐतिहासिक चलचित्र “पंचायत ” ले “ बिदेशी भाषाको उत्कृष्ट चलचित्र ” विधामा र नायिका निता ढुंगानाले “उत्कृष्ट मुख्य अभिनेत्री ” विधामा पुरस्कार जित्न सफल भएकी छिन ।

सानै उमेर देखि अभिनयमा लागेकी ढुंगानाले हाल सम्म २१ भन्दा बढी चलचित्रहरुमा अभिनय गरि सकेकी छिन । उनको चर्चित चलचित्र रुमा दबाव , छ एकान छ , नोटबुक , मसान , हाम्रो माया जुनी जुनीलाई ,निर्भय लगाएत पछिल्लो चलचित्र पंचायत हो ।पंचायतमा किशोरीको भूमिकामा देखिएकी निताको सशक्त अभिनय कै कारण अन्तर्राष्ट्रिय पुरस्कार बाट उनलाई सम्मान गरिएको हो । यसरि नेपाली चलचित्र अन्तर राष्ट्रिय महोत्सव सहभागिता र सम्मानित हुदा यसले नेपालको पर्यटन प्रबर्धनमा ठुलो सहयोग र अन्तरराष्ट्रिय जगतमा नेपालको बारेमा राम्रो छवी बढने छ भनि सिलिकन भ्यालीका पर्यटनदुत प्रकाश थापाले बताए l

अन्तर्राष्ट्रिय चलचित्र जगतमा यो सम्मान र सफलताको लागि सम्पूर्ण नेपाली चलचित्र परिवार एबम नायिका निता ढुंगाना लाई हार्दिक बधाई !

 

Bijen Gurung , Ex British Gurkha soldier awarded licentiate of Royal Photographic Society in London

Bijen Gurung, Ex British Gurkha soldier, has become the first Nepali to receive the distinguished licentiate of the Royal Photographic Society (LRPS).

The RPS distinctions are held with high regard worldwide and are awarded based on practical photographic ability in either still or motion picture works.

“I feel blessed, honoured and hope that this be an example to all Nepalis to have a dream and the energy to follow it with great passion,” said Gurung, after receiving the award from Nepali Ambassador to UK, Durga Bahadur Subedi, amid a function at the Gurkha Museum, Winchester, on Saturday. Gurung still holds Nepali citizenship.

“Passion and dedication always lead to success,” added Gurung, who was with the Brigade of Gurkhas of the British Army for 22 years.

He is the fifth generation from his family to serve with the British Gurkha Army since 1847. However, his photography journey was almost cut short in 2004 as he had a retinal detachment in both his eyes and was almost permanently visually impaired.

Luckily, the Southampton General Eye Hospital’s speedy response managed him to retain his vision. Because of his eye condition, he had to stop taking photographs for almost seven years.

Nonetheless, he did not refrain from bouncing back to photography and has been taking more beautiful pictures and winning more trophies, commend certificates and recognitions at Winchester Photography Society since 2013.

His citation reads: “Bijen has a passion for photography and loves to travel around the world. He is primarily interested in people, portrait and travel photography. He loves and feels very comfortable taking photographs in his hometown, Nepal – where he spent most of his childhood years. He has been in love with the camera since his early age. He has traveled to Singapore, Malaysia, Hong Kong, India, and Bhutan. During his service in the British Army, he got more opportunities to explore his photography skills in places such as Hong Kong, China, Europe and the United States. He took up short photography courses in Hong Kong and the United Kingdom and acquired some City and Guild certificates.”

Addressing the ceremony, Nepali envoy to the UK, Subedi congratulated Gurung for his achievement and said it was a matter of pride for all Nepalis and all the Gurkhas.

Gurung has dedicated his distinction award to his late son Nirvan who passed away in September 2015.

बोक्सीको अारोपमा निर्घात रुपमा कुटिएकी महिला अधिकारकर्मी राजकुमारी उपाध्यायलाई अविलम्ब न्याय दे ! #जयनारी

तेस्तै टिका ढकाल लेख्नु हुन्छ सामाजिक संजालमा :

सारै नै मन दुखेको कुरा राजकुमारी उपाध्याय जो बरिस्ठ महिला अधिकारकर्मी हुनुहुन्छ बिरगंजमा, त्यती मात्र हैन उहाको छोरी काठमाडौं मा सक्रिय महिला अधिकारकर्मी हुनुहुन्छ पीडितको न्यायको लागी बोल्नु हुन्छ तर के महिला हुनु पाप हो? महिला अधिकारकर्मी त सुरक्षीत छैनन भने अरुको अबस्था कस्तो होला?????यत्ती सारो अपमान किन बोक्सिको आरोपमा कुटपिट अपमान त्यस्मा पनि प्रहरीको समेत सलग्नता कस्तो अत्याचार ? फेरि सुन्दैछु सबै तिर बाट मिल्न दबाब आइरहेको छ; गल्ती गर्ने लाइ कडा कार्यबाहि हुनुपर्छ उल्टो किन पीडित लाइ कम्जोर बनाइदैछ? यो समाजमा रहेको कलन्क बोक्सी आरोप लगाएर टरचर दिने लाइ आजिबन जेल हाल्ने कानुन बनाउनु पर्छ नत्र भने यस्ता घृणित कार्यको सिकार महिला सधै नैहुने भै कसरी सभ्य र समृद्ध नेपाल बन्न सक्छ? हाम्रो न्याय को अभियानमा यहाँहरु सबै आउनुहोस् अब सबै नबोली भएन है !

https://www.youtube.com/watch?v=l6xI7G2f8Yo

सगरमाथाकी छोरीले नेपालको सडक यसरी हल्लाइन : झापामा हत्या गरिएको बालकलाइ न्याय दे ! तपाई पनी एक शेयर गरि सहयोग गरि दिनु होला !! भिडियो

सामाजिक संजालमा विभिन्‍न विषयमा अाफ्नो मत र बुझाई खरो रुपमा व्यक्त गर्दै अाएको सावित्री सुवेदी ‘सगरमाथाकी छोरी’ले झापामा हत्या गरिएको लक्ष्मण सिवाकोटिलाई न्याय दे भन्दै आवाज निकालेकी छन् .हेरौ भिडियो अनि सक्दो शेयर गरेर साथ् दिउ !!
झापामा हत्या गरिएको लक्ष्मण सिवाकोटिलाई न्याय दे !
Orgarnized by:- RSS-Nepal

षड्यन्त्र पुर्वक बालकको हत्या गरिन्छ अनि हत्याराहरु राजनीतिको पहुँचका हुन्छन।

के एउटा जघन्य अपराधलाई त्यसै छोड्नु मिल्छ ?
न्याय माग्दै जब जनता सडकमा आउछन तब दोहोरो झडप जस्तो देखाएर फेरि प्रदर्शनकारीलाई मारिन्छ ।विर्तामोडको यो घटनालाई राजनीतिक दबाब र रवाफमा जसरी मिलाउन खोजियो ।
नेपाली समाज त्यति अबुझ र असहिष्णता छैन । नेपाली जनता न्याय चाहन्छन ।
यदि हत्यारालाई कुनै कारबाही नगरी कानुनी राज्य र विधिको शासनलाई कमजोर पार्न खोजिन्छ भने दबाबका लागि नागरिक सडकमा आउछन ।
होसियार अपराधी र अपराधीक राजनैतिक नेतृत्व? हामी कानुनको परिधिमा छौ कानुन पालना सबैको लागि महत्वपूर्ण हुनुपर्छ । नागरिक आवाजलाई कर्फ्यु लगाएर दबाउने सैतानी सोचको अन्त्य नागरिक आन्दोलनले पुन गर्नेछ ।
शहिदहरुलाई सलाम✊✊✊
जयनारी

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...