Sunday, December 31, 2017
क्यान्सर रोगी गुरुङको उपचारार्थ इजरायलबाट रु एक लाख ४५ हजार सहयोग
रत्ननगर, चितवन, १७ पुस ः चितवनको भरतपुरका क्यान्सर रोगी आशबहादुर गुरुङको उपचारार्थ इजरालयबाट आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
चितवन समाज इजरायलद्वारा संकलित रु एक लाख ४५ हजार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा क्यान्सर रोगी गुरुङलाई उपलब्ध गराइएको हो ।
चितवन यूवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले आर्थिक अभावका कारण उपचारमा समस्या रहेको जानकारी पाएपछि चितवन समाज इजरायलले संकलन गरेर पठाएको रकम घरमै पुगेर गुरुङलाई हस्तान्तरण गरिएको बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नं २३ जगतपुर निवासी गुरुङले आर्थिक सहयोगले हर्षित भएको भन्दै आफ्नो उपचारका लागि प्रवासबाट सहयोग संकलन गर्नुभएकामा धन्यवाद दिनुभयो ।
गालामा क्यान्सर भएका गुरुङको चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । गुरुङ सामान्य ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए ।
गुरुङको उपचारका लागि सात सदस्यीय सहयोग संकलन समितिसमेत गठन गरेर काम भइरहेको छ । गुरुङको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग गरिदिन चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिले सबैमा अपिल गरेको छ ।
अघिल्लो महिनामा पनि चितवन समाज इजरायलले भरतपुर महानगरपालिका वडा नं ११ भोजाडका मिर्गाैलापीडित ५६ वर्षीय मानबहादुर गुरुङको उपचारका लागि रु एक लाख सहयोग गरेको थियो ।
चितवन समाज इजरायलको पहलमा संकलन भएको रकम चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत उपलब्ध गराइएको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जनादेशलाई औपचारिकता दिन नेम्बाङको जोड
दमक, १७ पुस ः नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्बाङले प्रदेश र संसद्को निर्वाचनबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने औँल्याउनुभएको छ ।
झापाको दमकमा आज बिहान पत्रकारसँग कुराकानी गर्नुहुँदै नेता नेम्बाङले वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको बताउनुभयो ।
निर्वाचन आयोगप्रति निकै आक्रामक देखिनुभएका नेम्बाङले जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक आशंका जन्माएको टिप्पणी गर्नुभयो । “आयोगको कामकारबाहीप्रति शंका जन्मिएको छ, त्यसमा आयोग गम्भीर बनोस्” नेता नेम्बाङले भन्नुभयो ।
राष्ट्रियसभाको निर्वाचन गराएर मात्र नयाँ सरकार बन्न सक्ने तर्क गर्न खोज्नु जनमतको भावना विपरीत हुने नेम्बाङको दाबी थियो । उहाँले भन्नुभयो “नयाँ सरकार निर्माण गर्न राष्ट्रियसभाले असर गर्दैन ।”
इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता नेम्बाङले वाम गठबन्धनबीचको एकता कसैले रोक्न नसक्ने धारणा राख्न्ुभयो । निर्वाचनबाट वाम गठबन्धनको घोषणापत्र अनुमोदित भइसकेको चर्चा गर्नुहुँदै नेम्बाङले भन्नुभयो “त्यसले छिट्टै पूर्ण आकार निर्माण गर्दैछ त्यसमा कसैले आशंका गर्न आवश्यक छैन ।”
टोपी दिवसका अवसरमा -याली
काठमाडाँ, १७ पुस : ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।
दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान -याली निकालेका छन् । माइतीघरबाट शुरु भएको -याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो । -यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता रहेको थियो । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।
राष्ट्रिय टोपी अभियानका अभियन्ता जनार्दन पौडेलले नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवसको शुरुआत गरिएको बताउनुभयो । उहाँले नेपालीको पहिचान गुमिरहेकाबेला सरकारले नै ढाका टोपी दिवस मनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
विगत पाँच वर्षदेखि अंग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाइने गरिन्छ । पहिले सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार गरे तापनि विगत चार वर्षदेखि ¥याली नै निकालेर दिवस मनाउन थालिएको पौडेलले बताउनुभयो ।
यस्तै वसन्तपुरमा पनि ढाकाटोपी लगाएर प्रदर्शन गरिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा ढाकाटोपी लगाएर प्रदर्शन गरिएको थियो ।
फागुन पहिलो साता मात्रै नयाँ प्रधानमन्त्री
इनरुवा, १७ पुस ः प्रदेश नं १ को पर्यटकीय गन्तव्यस्थलका रुपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा सञ्चारको सुविधा उपलब्ध गराउन सो क्षेत्रका स्थानीयबासिन्दाले माग गरेका छन् ।
आरक्ष क्षेत्रमा सञ्चार सम्पर्कविहीन हुँदा समस्या भएको भन्दै स्थानीयले सञ्चारको सुविधा उपलब्ध गराउन माग गरेका हुन् । आरक्ष क्षेत्रमा एनसेल र नेपाल टेलिकमको टावर नहुँदा दैनिक आरक्ष कार्यालयका कर्मचारीलाई सम्पर्क गर्दा समस्या भएको र समयमा फोन सम्पर्क नहुँदा ठूलो क्षतिको सामना गर्नुपर्ने भएकाले यहाँ एनसेल र नेपाल टेलिकमको टावर निर्माण गर्नुपर्ने आरक्ष क्षेत्रका स्थानीयवासी दयाशंकर झाले बताउनुभयो ।
यस ठाउँमा सञ्चार सम्पर्कविहीन हुँदा आफूहरूलाई कुनै समस्या परेको बेला र आरक्षका जंगली जनावरले बितण्डा मच्चाइरहेका बेला सम्पर्क गर्न खोज्दा फोन सम्पर्क नहुने समस्याले सताएका स्थानीय अशोक मेहताको भनाइ छ ।
विश्व रामसार सूचीमा पहिलो पटक सूचीकृत नेपालको सिमसार क्षेत्र सुनसरी, सप्तरी र उदयपुर जिल्लाका बीचमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षप्रति राज्यको ध्यान नपुगेको गुनासो बढ्दै गएको छ ।
जिल्लाको विभिन्न ठाउँमा सञ्चारको राम्रो पहुँच भए पनि महत्वपूर्ण स्थानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको कोशीटप्पु वन्यजन्तु आरक्ष सञ्चार सम्पर्कविहीन हँुदा आफूहरूलाई दैनिकी कामकाज गर्नसमेत समस्या भएको कार्यालयका कर्मचारीले बताएका छन् ।
कार्यालयमा सञ्चार सम्पर्क नहुँदा दैनिक इमेल गर्ने र कुनै कुराको जानकारी लिनका सदरमुकाम इनरुवा जानुपर्ने बाध्यता रहेको आरक्षले जनाएको छ । जंगलको छेउमा आरक्षको कार्यालय रहेका कारण दैनिकजसो हात्ती आतंकजस्ता समस्या हुने भएको र सुरक्षाकर्मीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नहुने कारणले झन समस्या हुने गरेको आरक्षका प्रशासन प्रमुख नवीन अधिकारीले बताउनुभयो ।
नेपाल टेलिकमको क्षेत्रीय कार्यालय विराटनगरले टावर निर्माणका लागि काम थालेको भए पनि अपूरो छाडेर भागेको आरक्षका नायब सुब्बा सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।
यहाँ सञ्चार सम्पर्क नहुँदा आरक्षदेखि बाहिर जानुपर्ने र सम्बन्धित निकायमा तत्काल सञ्चार सम्पर्क गर्न कठिनाइ व्यहोर्नु पर्दासमेत माथिल्लो निकायको ध्यान नगएकै कारणले दुःख पाउनु परेकोे गुनासो कर्मचारीको छ । त्यसैले यस क्षेत्रमा भइरहेको टावर निर्माणको कामलाई अगाडि बढाउनका लागि र सञ्चारको पहँुच बनाउनका लागि समयमै सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
दिपाश्री भन्छिन् : कानूनले नरोक्ने भए दिपकराज गिरीसँग विवाह गर्थैं (भिडियोसहित
काठमाडौं, १६ पुुस । चर्चित हाँस्य कलाकार, निर्मात्री एवम् नायिका दिपाश्री निरौलाले कानुनले नरोक्ने भएको आफूले दिपकराज गिरीसँग विवाह गर्ने बताएकी छिन् ।
आईतबार राती हिमालय टेलिभिजनबाट प्रशारण भएको धमलाको हमलामा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेकी हुन् । नेपालमा पछिल्लो समय हलमै गएर चलचित्र हेर्नेको संख्या ह्वात्तै बढेको सुनाईन् ।
उनले आफू र दिपकवीचको सम्बन्धमा कुनै दरार नआउने समेत जिकिर गरिन् । उनले भनिन्,“सम्बन्धमा दरार त अब मरेपछि मात्रै आउला, तर बाँचुञ्जेलसम्म सम्बन्ध अत्यन्तै राम्रो हुन्छ।”
उनले आफूलाई दिपकको सबैभन्दा मनपर्ने कुरा उसको लेखन लागेको पनि सुनाईन् । उनले भनिन्,“उसको लेखन अब्बल छ, स्क्रिन प्ले कलाको हिसावले तर मानवीय हिसाबको कुरा हुन्छ भने उ एकदमै हम्बल छ, अरुलाई चित्त दुखाउँ भन्ने उसको सोच छैन, तर उसलाई घमण्डी पनि भन्छन्, यो गलत आरोप हो, हामी सबैलाई टिकाईरहेको छ ।
दिपकसँग् आफ्नो सहयात्रा २५ वर्षको सम्बन्ध भएको भन्दै अब आगामी दिनमा पनि यसरी नै अविरल बाँच्न चाहेको सुनाईन् । उनले थपिन्,“ त्यति राम्रो आचरण भएको मान्छे हो ।”
कानुनले नै बहुविवाह स्विकार गर्ने भएको भए आफू दिपकसँग विवाहको लागि तयार रहेको उनको भनाई थियो । यद्धपी उनले आफूहरु समाजको ऐना भएकोले अहिले कानून परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा नभएको जिकिर गरिन् । उनले सबै सम्बन्ध विवाहमा टुँगिन्छ भन्ने नभएको पनि स्प्ष्ट पारिन् । अर्को पुरुषसँग विवाह गर्दा पनि दिपकराजसँगको सहकार्य नटुट्ने उनको भनाई थियो ।
हिउँको चिसोमा कविता, गजल, गीत र हाँस्यब्यँगले यसरी तात्यो वाशिङटन डिसी साहित्य सँगम !
हिउँले सेताम्मे थियो वाशिङटन डिसी । चिसो…. ओहो मुटु थर्काउने । तर पनि वाशिङटन डिसीका कवि र कवयित्री अनि कलाकार एक ठाउँँमा जुटे, अा आफ्न पालामा जुरुक्क उठे अनी शुरु गरे आ अाफ्ना कविता, गीत, गजल र हाँस्यब्यँग पस्किन । चार घण्टा लामो कार्यक्रम सकिएको कसैलाई पत्तै भएन । छिन छिनमा रचनाहरुले सबैलाई स्तब्ध पार्थे त छिनमै जुरुक्क उछाल्थे भने छिनमै हाँसोको बर्षा पनि हुन्थ्यो ।
हालै निधन हुनुभएका अग्रज साहित्यकारहरु प्रेमा शाह र कविताराम श्रेष्ठ, अग्रज संगीतकार चन्द्रराज शर्मा प्रति हार्दिक श्रध्दान्जली अर्पण गरेर शुरु गरिएको उक्त बिशेष साहित्यिक कार्यक्रम अङ्रेजी नयाँ बर्षको स्वागत, वाशिङटन डिसी साहित्य सँगम, अनेसासको नियमित कार्यक्रम सबै एकसाथ सँलग्न गरी आयोजना गरिएको थियो ।
कार्यक्रम आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले कार्यक्रम को सभापतिको आशनबाट आगन्तुक सबैलाई स्वागत गर्दै हरेक महिना वाशिङटन डिसीमा यसरीनै वाशिङटन डिसी साहित्य संगम आयोजना गरिरहने र छानिएका रचना पुस्तकमा प्रकाशन गरिने घोषणा गर्दै गर्दा सबै उत्साहित देखिए ।
चलचित्र नायक, अग्रज कलाकार, अन्तर्राष्ट्रिय कलाकार मँचका सल्लाहकार सरोज खनाल र अर्का अग्रज एबम लोकप्रिय कलाकार, अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेलको संयुक्त प्रमुख
आतिथ्य, महासचिब भूप नारायण घर्तिमगरको मनमोहक उद्घोसणमा सम्पन्न उक्त वाशिङटन डिसी साहित्य सँगममा सहभागी करिब एक सय जना मध्ये पुरू सुबेदी, कल्पना सुबेदी, बिमला निरौला, दुर्गा रिजाल, अम्बिका गुरूङ, पुष्पा घिमिरे, मन थापा, बिना घर्तिमगर, लोक कुमारी सुबेदी, निलकण्ठ सुबेदी, सुनिलमणी दाहाल, पुष्कर पन्त, शिबहरी पौडेल, सरोज खनाल, प्रकाश नेपाल, परशु तिमल्सिना, नीता श्रेष्ठ, प्रेम संग्रौला, गुणराज लुईटेल, रजनी श्रेष्ठ, रबिन्द्र श्रेष्ठ, मुकुन्द कोईराला, गोमा न्यौपाने, शकुन्तला अधिकारी, खगेन्द्र थापा, कृष्ण अधिकारी, होमनाथ सुबेदी, अरूण रूपाखेती, मनमाया दाहाल, नीरा शर्मा, डा. रघुनाथ अर्याल, भुपनारायण घर्तिमगर, रामप्रसाद खनाल सहितका साहित्यकारहरुले आ अाफ्ना कविता, गजल, गीत, हान्स्यब्यँग सहितका रचना प्रस्तुत गर्दा को क्षण अबिस्मरणिय थियो । डा. शुकदेब शाह र डा. बिष्णु घिमिरेले समालोचना गर्दै अाफ्ना मन्तब्य राख्नुभएको थियो ।
सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका तर्फबाट अग्रज कलाकार सरोज खनाललाई सम्मान गरिएको थियो भने ए एन एसमा उपाध्यक्षमा निर्वाचित कार्य समितिका सदस्य कृष्ण अधिकारीलाई पनि बधाई सहित सम्मान गरिएको थियो ।
कार्यक्रमका तस्वीरहरु आँफै यसरी समाचार बोल्छन :
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...