Saturday, October 31, 2015

निगालो फुल्दा किसान चिन्तित

nigalo@keshu-130x106बागलुङ, १५ कात्तिक । हिउँदमा बस्तुभाउलाई हरियो घाँस र डोका, डालाडाली बुन्न प्रयोग हुने निगालो बाँस फुलेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

जिल्लाभरका ग्रामीण भेगमा निगालो बाँस फुलेको महिना दिन बढी भइसकेको छ । अघिपछि हरियो देखिने भिर, पहरा, खोल्साखोल्सी बाँस फुलेपछि फुर्सै बनेका छन् ।

स्थानीयवासीका अनुसार करिब २५–३० वर्षपछि यसरी निगालो बाँस फुलेको हो । मल्म–८ का सम्मरबहादुर थापाले आफ्नो जीवनकालमा यसरी बाँस फूलेको दुईपटक देखेको उल्लेख गर्नुभयो । हिउँदमा हरियो घाँसका रुपमा प्रयोग हुने निगालो बाँस डोका, चित्रा बुन्न पनि प्रयोगमा आउने गरेको छ ।

“महिनौँ दिनसम्मको घाँस गुम्यो, अब नयाँ बाँसघारी पलाउन ५÷७ वर्ष लाग्छ” – थापाले भन्नुभयो । प्रायः घरका नजिक रहेका खोल्सा, खरबारी र जङ्गलमा निगालो बाँस हुने गर्छ । अहिले गाउँघरमा रहेको निगालोमा फूल लागेको छ । फूल झरेर नयाँ बोट निस्की फेरि घारीको रुप लिन वर्षांै लाग्ने भएपछि किसानमा निराशा छाएको छ । देशैभर यसरी निगालो बाँस फुलेको हुनसक्ने अनुमान गरिएको छ ।

बाँस फुलेर सुक्न थालेपछि खेर जान नदिन किसानले काटेर डोका, नाम्ला, चित्रा बुन्ने योजना बनाउन थालेका छन् । त्यो पनि गर्न नसके बाँस त्यसै सुकेर खेर जाने अवस्थामा पुगेको मल्म–८ का ज्ञानबहादुर थापाले बताउनुभयो । उहाँले सुकेको बाँस तरकारीबालीमा थाँक्रा हाल्ने र दाउराका रुपमा प्रयोग गर्नेबाहेक अर्को विकल्प नरहेको उल्लेख गर्नुभयो ।

स्थानीयवासीले बाँसको आयु पुगेकाले यसरी फुलेर सकिन लागेको अनुमान गरेका छन् । मध्यम हावापानी भएको पहाडी गाउँहरुमा यस्तो निगालो बाँस हुने गरेको छ ।

निगालो बाँस फुले पनि सँगै रहेका तामे, धनु बाँस भने फुलेका छैनन् । उच्च पहाडी लेकमा हुने मालिङ्गो जातको निगालो पनि फुलेको हुनसक्ने आँकलन गरिएको छ । कतिपयले यसलाई भूकम्पको प्रभावका रुपमा पनि लिएका छन् ।

हावापानी परिवर्तनको असरले पनि एकसाथ निगालो फुलेको हुनसक्ने कतिपयको बुझाइ छ । जिल्ला वन कार्यालय बागलुङका सहायक वन अधिकृत रामबहादुर विकले उत्पादनशील समय सकिएका कारण निगालो फुलेको हुनसक्ने बताउनुभयो । उहाँले निगालो फुलेर सुके पनि एक÷दुई वर्षमै नयाँ पलाउने जानकारी दिनुभयो ।

बागलुङ जिल्ला निगालोबाट बन्ने हस्तकलाका सामग्रीका लागि प्रख्यात छ । निगालोको चोयाँबाट डोका, नाम्ला, डालाडाली, मान्द्राजस्ता घरेलु सामग्री तयार गरिन्छ ।

मोरङका स्वास्थ्य चौकीमा औषधि छैन, खोप सेवा पनि प्रभावित

Medicineपथरी (मोरङ), १५ कात्तिक । विभिन्न रोग लाग्नबाट बचाउनका लागि जन्मेदेखि एक वर्ष मुनिका बालबालिकालाई दिइने नियमित खोप सेवा औषधि अभावका कारण प्रभावित भएको छ ।

मधेसी मोर्चाको निरन्तर बन्द, हडताल र भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थ अभावका कारण खोप केन्द्रहरुमा समयमा औषधि नियमित पुग्न नसक्दा खोप सेवा प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका सूचना अधिकृत उत्सव पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा २५० बढी खोप केन्द्रबाट २१ हजार ८६० जना बालबालिकालाई बिसिजी, डिपिटी, हेपाटाइटिस बी, पिसिभी, आइपिबी, दादुरा रुबेला, जापानिज इन्सेफ्लाइटिसलगायतका खोप महिला स्वास्थ्य स्वयम्सेविकाले दिने गर्छन् ।

सम्बन्धित निकायबाट बिसिजी औषधि उपलब्ध नभएकाले सेवा रोकिए पनि डिपिटी, पोलियो तथा दादुरा रुबेलालगायत मौज्दात औषधि एम्बुलेन्स र मोटरसाइकल प्रयोग गरेर सम्बन्धित खोप केन्द्रमा पु¥याई सेवा प्रदान गरेको अधिकृत पोखरेलले उल्लेख गर्नु भयो ।

त्यस्तै मोरङका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा औषधि सकिएको छ । मोरङका सबै स्वास्थ्य चौकीमा सरकारले प्रदान गर्ने ३५ प्रकारका निःशुल्क औषधि नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रमुख भानु योङ्देनले जिल्लाका सबै स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा औषधि सकिएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो – “गर्भवती महिला र बालबालिकाबाहेक अरुका लागि औषधि छैन ।

झोराहाटका बुधनलाल ऋषिदेवले आफूलाई रुघाखोकी लागेर छाती दुखेपछि उपचारका लागि स्वास्थ्य केन्द्र जाँदा चेकजाँच मात्र गरेको तर स्वास्थ्य चौकीले औषधिको एउटा चक्कीसमेत नदिएको बताउनुभयो । उहाँले भन्नुभयो – “चिकित्सकले औषधि दिएनन्, अरु नै पसलमा किन्नु भन्नुभयो ।

बुधनलालमात्र होइन बनिगामा गाविसकी सतनीदेवी खबासलाई ज्वरो लागी बिरामी भएर उपचारका लागि स्वास्थ्य चौकी जाँदा सिटामोलसमेत नदिएको गुनासो गर्नुभयो ।

उता प्राथमिक स्वास्थ्य केन्द्र झोराहाटकी अहेब कल्पना घिमिरेका अनुसार रुघाखोकी, ज्वरो, झाडापखाला, निमोनिया, दमलगायतका बिरामी आउने गरेको भए पनि निःशुल्क औषधि सकिएको छ ।

स्वास्थ्य केन्द्रमा उपचार गराएका बिमारीलाई आइरन, क्याल्सियम, एन्टिएलजी, सिटामोल, निम्स, फेक्सो फेनाडिन नभएकाले चेकजाँच गरेर औषधि बाहिर किन्न पठाउने गरिएको छ ।
पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरका प्रमुख भरत साहले मेडिकल स्टोरमा औषधिको अभाव भएको र विभागबाट औषधि नआएको बताउनुभयो ।

शिशुको शव फेला

भीमदत्तनगर, १५ कात्तिक । कञ्चनपुर जिल्लाको बेल्डाँडी नगरपालिका– ३ चौवन्नी बजार नजिकै एक नवजात शिशुको शव फेला परेको छ ।

महाकाली सिँचाइ आयोजनाको मूल नहरमा तैरिरहेको अवस्थामा शनिबार नवजात शिशु मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ ।

शिशुको शव नहरमा तैरिरहेको देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय बेल्डाँडीलाई खबर गरेका थिए प्रहरीले नहरबाट शिशुको शव निकालेर परीक्षणका लागि बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएको छ । शिशु जन्मेको तीन दिनको हुन सक्ने आशङ्का गरेको छ ।

बेपत्ता नागरिकको सम्झनामा स्तम्भ निर्माण

रुकुम, १५ कात्तिक । विगत सशस्त्र द्वन्द्वको क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारी हालसम्म अवस्था अज्ञात रहेका रुकुमका १३ जना नागरिकको सम्झनामा स्मृति स्तम्भ निर्माण गरिएको छ ।

नवनिर्मित स्तम्भको अन्तर्राष्ट्रिय बेपत्ता दिवशको सन्दर्भ पारेर शनिबार अनावरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमले दश वर्षे द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिका सम्झनामा सोसाइटीको हाताभित्र सो स्तम्भ निर्माण गरेको हो ।
कार्यक्रममा बेपत्ता परिवारका सदस्यहरुले यस्ता स्तम्भ निर्माण गर्दा आफूहरुमा भएको मनोवैज्ञानिक पीडा कम हुने बताएका छन् ।

पहिलो नेपाली होम इन्स्पेक्टर

12096079_10153226767868753_7616730794125841191_nमेरिल्याण्ड । अमेरिकामा नेपालीहरु पेशागत र ब्यवसायिक रुपमा स्थापित हुने क्रम बढ्दै गएको छ । प्राप्तजानकारी अनुसार अमेरिकामा होम इन्स्पेक्टर को रुपमा नेशनल सर्टिफाइड र मेरिल्याण्ड राज्य बाट लाईसेन्सप्राप्त गरी तरुण पौडेल ले गज्जब होम इन्स्पेक्सन का नाम बाट पहिलो नेपाली नेपाली होम इन्स्पेक्टर  का रुपमाकाम सुरु गर्नु भएको छ । हाल मेरिल्याण्ड राज्य भर घर किन्दा अनिवार्य रुपमा गराउनु पर्ने होम इन्स्पेक्सन कोकार्य सुरुवात गरेको होम इन्स्पेक्टर पौडेल ले जानकारी दिनुभएको छ ।http://bit.ly/1GFBqNNमार्फत वा ४१०-९०५-५७९१ फोन वा टेक्स्ट गरी होम इन्स्पेक्सन संबन्धी जानकारी प्राप्त गर्न सकिने बताइएको छ ।

12196206_10153247628903753_5628865642560950710_n

भुकम्पले क्षतिग्रस्त गाऊं “बारपाक” बिर बहादुर घले अमेरिकामा

DSC02117 DSC02118 DSC02120 DSC02123 DSC02125 DSC02130 DSC02131 DSC02132 DSC02133 DSC02134 DSC02137 DSC02138 DSC02142 DSC02143 DSC02144 DSC02145 DSC02147 DSC02148 DSC02149 DSC02151 DSC02152 DSC02153 DSC02155 DSC02156 DSC02157 DSC02158 DSC02159 DSC02160 DSC02161 DSC02166 DSC02169 DSC02170 DSC02177 DSC02178 DSC02179 DSC02181 DSC02183 DSC02185

 

दोस्रो विश्वयुद्धमा नेपालको भूमिकाबारे मास्कोमा समारोह

197A4588
मास्को, २९ अक्टोबर २०१५ (वृहस्पतिवार) । मास्कोको केन्द्रबाट पश्चिमतिर सेतुन र फिल्का भनिने सा–साना खोलाहरुको बीचमा रहेको पोक्लोन्नाया गोरा भनिने ढिस्कोमा २० वर्षअघि अस्तित्वमा आएको विजयपार्कमा महान देशभक्तिपूर्ण युद्धमा सोभियत जनताको विजयको स्मारकस्वरुप स्मृति–संग्रहालय रहेको छ । हाल मास्कोवासीहरुको घुमफिर गर्ने एक रमणीय स्थल बनेको यस ठाउँबाट मास्को छर्लङ्ग देखिने हुँदा मास्कोबाट बाहिरिने मानिसहरुले उहिले यस ठाउँबाट सुनौला गजूरहरुको शहर मानिने मास्कोका चर्चहरुको अवलोकन गरी ढोग्ने गरेको हुँदा यस ढिस्कोले पोक्लोन्नाया गोरा (शब्दशः ‘नतमस्तकगिरि’) भन्ने नाउँ पाएको थियो ।

197A4597 यसै रमणीय ढिस्कोमा महान देशभक्तिपूर्ण युद्ध (सन् १०४१–१९४५) मा सोभियत जनताको विजयको स्मारकस्वरुप यहाँ २० वर्षअघि सन् १९९५ मा विशाल विजयपार्क र संग्रहालयको उद्घाटन समारोह सुसम्पन्न गरिएको थियो । यस विजयपार्कमा रुसका चारै प्रमुख धर्महरुको प्रतीक (क्रिश्चियन अर्थाडक्स चर्च, यहूदी सिनागोग, इस्लामिक मस्जिद र बौद्धविहार) निर्माण गर्ने योजनाअनुसार पहिला तीन धार्मिक स्थलहरु बनिसकेका छन् र बौद्धविहार चाहिं अद्यापि निर्माणाधीन अवस्थामै छ ।

197A4607
रूस–नेपाल सहयोग तथा मैत्री समाजको तत्वावधानमा २९ अक्टोबर २०१५ का दिन यसै संग्रहालयको एक कक्षमा फाशीवादविरुद्ध महान् विजयको ७० वर्षान्त र दोस्रो विश्वयुद्धमा नेपालको योगदानको सन्दर्भमा एक भव्य समारोहको आयोजना गरिएको थियो । त्यसमा मैत्री समाजका कार्यकर्ताशरुका अतिरिक्त रूस परराष्ट्र मन्त्रालय तथा अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, लेखककवि, पत्रकार तथा उद्यमीहरूका साथै विशेष अतिथिको रूसमा रूसका लानि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिला, मास्कोस्थित नेपाली राजदूतावास परिवार, गैरआवासीय नेपाली संघका अध्यक्ष दीनानाथ राजभण्डारीसहित नेपाली उद्यमी, व्यवसायी तथा विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

197A4608
रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभको सभापतित्वमा सम्पन्न समारोमा यसै मैत्री समाजका उपाध्यक्ष, रूसको परराष्ट्र मन्त्रालयका प्रतिनिधि भ्लादिमिर फेदोतोभद्वारा ‘दोस्रो विश्वयुद्धमा फाशीवादमाथि विजयप्राप्तिमा नेपालको सहभागिता र भूमिका’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । रुसका लागि नेपाली राजदूत, मैत्री समाजको संरक्षक परिषद्का पदेन सदस्य डा. रविमोहन ािपकोटा कोपिलाज्यूले आधा शताब्दीभन्दा बढी समयदेखि जनस्तरमा नेपाल र रुसका बीच मैत्री तथा सदभावनाको सुदृढीकरणमा गहकिलो योगदान पु¥याइरहेको नेपाल–रूस सहयोग तथा मैत्री समाजको क्रियाकलापको सराहना गर्दै दोस्रो विश्वयुद्धको ७०–यौं वर्षान्तको उपलक्ष्यमा विजय–स्मारकस्थलमा भव्य समारोहको आयोजना गरिएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

197A4646
भव्य समारोहमा यसै साल नेपालमा गएको महाभूकम्पको भीषण परिणामको निराकरण तथा राहत कार्यमा सक्रिय योगदान पु¥याउने सामाजिक एवं व्यापारिक संस्थाका प्रतिनिधिहरू तथा लोककल्याणकारी कार्यमा भाग लिने व्यक्तिहरूलाई कृतज्ञता ज्ञापनपत्र प्रदान गरिएको थियो । रूस–नेपाल सहयोग तथा मैत्री समाजको निर्णयबमोजिम एभ्गेनिया गोरेमिकिना (एपिडबिओमेड कम्पनीकी महानिर्देशिका), जोरान कोभाच (हेर्चोग इन्जिनियरिङ्ग कम्पनीका महानिर्देशक), मिखायल नेक्राशोभ (नानोलेक कम्पनीका महानिर्देशक), प्योत्र कानिगिन (मिक्रोगेनका कम्पनीका महानिर्देशक), इगोर शेपेलिन (एपिडबिओमेड कम्पनीका महानिर्देशक), इभान राद्युश्किन (बिओहोल्ड कम्पनीका महानिर्देशक), कोन्स्तान्तिन शेपेलिन (इन्टेरबिओ कम्पनीका महानिर्देशक), एभ्गेनी शरोखिन (एपिडबिओमेड लिमिटेडका अध्यक्ष), इगोर शाब्ब (इएफके डीभीएम इन्भेस्ट लिमिटेड कम्पनीका महानिर्देशक), मिखाइल पोलेझाएभ (युगोभ फर्निचर कारखानाका महानिर्देशक), भ्लादिमिर जानिबेकोभ (रूस–नेपाल सहयोग तथा मैत्री समाजको संरक्षक परिषदका अध्यक्ष), अलेक्सान्द्र सोलोभ्योभ (मैत्री समाजका मानार्थ अध्यक्ष), एभ्गेनी कोजोरेजोभ (मैत्री समाजको संरक्षक परिषदका सदस्य), लारिसा सिनित्सिन (मैत्री समाजकी कोषाध्यक्ष), मणिराज पोखरेल (मैत्री समाजका उपाध्यक्ष), ऋषिकान्त मण्डल (मैत्री समाजको संरक्षक परिषदका सदस्य), बोरिस भेर्शिनिन (मैत्री समाजका महासचिव) र मिखाइल मार्तिरोस्यान (रसियाली उद्यमी) लाई भव्य समारोहमा नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले कृतज्ञता ज्ञापनपत्र जस्तान्तरण गर्नुभएको थियो ।

भव्य समारोहका सहभागीहरूले महान देशभक्तिपूर्ण युद्धमा सोभियत जनताको अतुलनीय वीरताको झलक दिने विजय–संग्रहालयको दृश्यावलोकन गर्नुका साथै फाशिवादविरुद्धको युद्धमा आत्मोत्सर्ग गरी भावी पुस्ताका लागि विश्वमा शान्तिस्थापनार्थ वीरगति प्राप्त गर्नेहरूको स्मृतिमा भावनात्मक श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
समाचार स्रोत र फोटो सौजन्य ः
बोरिस भेर्शिनिन (मैत्री समाजका महासचिव)197A4660
मास्को, रूस महासंघ ।

197A4588 197A4591 197A4597 197A4607 197A4608 197A4646 197A4660 197A4668 197A4699

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...