Monday, October 26, 2015

गुर्जाका युवा परम्परागत मह सिकारको पेसा जोगाउँदै

Honey-Huntingम्याग्दी, १० कात्तिक । म्याग्दीको दुर्गम गुर्जाका युवा परम्परागत पेसाका रुपमा रहेको मह सिकारलाई जोगाउन लागिपरेका छन् ।

पहाडका अग्ला भिरमा भिर माहुरीको मह काढेर आयआर्जन गर्ने पुख्र्यौली पेसाका रुपमा रहेको मह सिकारलाई जोगाउन स्थानीय युवा आकर्षित हुन थालेका हुन् ।

पहाडको अप्ठ्यारो पहरामा निगालोको रसीमा बनाइएको भ¥याङमा चढेर एक÷दुई सय मिटरको उचाइमा रहेको माहुरीको चाका निकाल्ने परम्परागत पेसालाई जोगाउन आफूहरुले मह सिकार गर्ने सीप सिक्न थालेको गुर्जाका दुर्क विश्वकर्माले बताउनुभयो ।

बत्तीस वर्षका विश्वकर्माले मह सिकार गर्न थालेको तीन वर्ष भयो । पहरामा रसीको सहारामा मह सिकार गर्दा निकै जोखिम हुन्छ । ज्यानै जान सक्ने जोखिम भए पनि उच्च सावधानी अपनाएर मह काढ्ने गरेको उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।

गाउँका विभिन्न पहरामा भिर माहुरीले प्रशस्त मात्रामा चाका लगाउने भए पनि उत्खनन गर्ने सिकारी नहुँदा मह सिकारको पेसा नै सङ्कटमा पर्ने देखिएपछि गाउँका अग्रजहरुबाट भिरमा मह सिकार गर्ने सीप सिकेको विश्वकर्माको भनाइ छ ।

“यो हाम्रो खेती हो, मौसमअनुसार यसरी नै हरेक वर्ष मह काढ्छौँ, आफ्नो भागमा परेको मह बिक्री गरी आयआर्जनसमेत हुन्छ, स्थानीयवासी नरबहादुर छन्त्यालले भन्नुभयो ।” गुर्जामा बसोबास रहेदेखि नै मह सिकारको इतिहास जोडिएको पाइन्छ ।

मौसमी पेसाका रुपमा मह सिकार हुँदै आएको र परम्परागत पेसाका रुपमा रहेको मह सिकारको सीपलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको गुर्जाका स्थानीयवासी झकबहादुर छन्त्यालले बताउनुभयो ।

मह व्यवसायीसमेत रहेका छन्त्याल भिर महको माग हरेक वर्ष बढ्दै गएको र कोरियालगायतका मुलुकमा निकासी हुने गरेकाले जोखिमयुक्त मह सिकारमा आवश्यक पर्ने औजार, सामग्री र सीपमा आधुनिकीकरण गर्न सके सम्भावित जोखिम न्यूनीकरण गरी स्थानीयवासीको आयस्तरमा वृद्धि गर्न सकिने बताउनुहुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...