Sunday, October 25, 2015

जिप दुर्घटनामा दुईजनाको मृत्यु

accident-signपाल्पा, ९ कात्तिक । पाल्पाको झिरुवास गाविसमा जिप दुर्घटना हुदाँ दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।

भिरुवास– ७ लाँकुरीभञ्याङमा गएराति जिप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । घाइतेको अहिले रामपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा झिरुवास– ७ ढाक्रेसिंह बस्ने १९ वर्षीय गुणराजसिंह ठकुरी र १९ वर्षीय धनबहादुर पाटा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले उल्लेख गरेको छ ।
भिरुवासबाट विरामी बोकेर रामपुर अस्पताल आउँदा लु १ ज २६४७ नम्वरको जिप दुर्घटना भएको हो । जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो ।
राति १२ बजे दुर्घटना भएपनि प्रहरीलाई राति २ बजे मात्र जानकारी प्राप्त गरेको प्रहरी स्रोतले बताएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...