Tuesday, October 27, 2015

कनेक्टिकटमा दशै कार्यक्रम रमझमका साथ सम्पन्न

DSC_0038
कनेक्टिकट,अक्टोबर २७
हिन्दुरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा कनेक्टिकट राज्य भरी छरिएर रहेका नेपालीहरु वीच शुभकामना तथा आर्शिवाद आदान प्रदान गर्नुकासाथै विविध मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ कनेक्टिकट नेपाली समाज(नेकोन)ले, अक्टोबर २५ तारिख आर्इृतबारका दिन दशै कार्यक्रम २०७२ रमझमका साथ सम्पन्न गर्यो । चौराशी पुजा गरीसक्नु भएका समाजका ज्येष्ठ नागरिक नरबहादुर पोख्रेल ज्यूको प्रमुख आतिथ्य तथा सस्थाका अध्यक्ष शंकर प्रसाद ढकाल ज्युको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनिय रुपमा कनेक्टिकट बासी नेपालीहरुको उपस्थिती थियो । उक्त कार्यक्रममा आमा बुबाहरुबाट सहभागीलाई टीका जमरा ग्रहण, ७५ वर्ष नाघेका बुबाहरुलाई सम्मान गर्नुका साथै आमन्त्रीत र स्थानिय कलाकारहरुबाट विविध सास्कृतिक कार्यक्रम गरिएको थियो । उपस्थित कलाकार,जेष्ठ नागरीक तथा अतिथीलाई निःशुल्क पासको व्यवस्था गरिएको थियो भने कार्यक्रमलाई स्थानिय व्यक्ति तथा व्यवसायी संस्थाहरुले आर्थिक सहयोग गरेका थिए ।

DSC_0212

कार्यक्रमका सभापति एवंम सस्थाका अध्यक्ष श्री शंकर प्रसाद ढकालले दशैको शुभकामना दिदै उपस्थित तथा कार्यक्रमका सहयोगी सस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो भने सस्थाका सचिव नारायण पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी नरबहादुर पोख्रेलले विदेशमा आएर पनि नेपालीहरु एकिकृत भएर दशै कार्यक्रम गरेकोमा हर्ष व्यक्त गर्दै आगामी वर्षहरुमा पनि यस्तै कार्यक्रमहरुको निरन्तरता तथा कनेक्टिकट बासी नेपालीहरुका एकताको कामना गर्नुभयो । कार्यक्रमको महत्व र तयारीको बारेमा प्रकाश पार्दै कार्यक्रम संयोजक हरी प्रसाद जोशीले सहयोगी संघ सस्था तथा व्यक्तिलाई सस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । उक्त कार्यक्रममा सस्थाकी महिला सल्लाहकार वसन्ता न्यौपाने, समाजसेवी कृष्ण अधिकारी, अमेरीका नेपाली समाज ब्राण्डफोर्डका अध्यक्ष रामचन्द्र रेग्मी तथा नेपाल बाट आउनुभएका अभिभावकहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा ७५ वर्ष नाग्नुभएका २५ जना बुबाहरुहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमको शुरुवात नेपाल तथा अमरिकाको राष्ट्रिय गानबाट गरिएको थियो । उक्त कार्यक्रमको उद्घोषण केशव शर्मा दाहाल, राजन हुमागाई तथा विकाश रेग्मीले गर्नु भएको थियो । कार्यक्रमको बारेमा प्रतिक्रिया दिदै सहभागी प्रकाश भट्टराईले औपचारीक कार्यक्रम अनावश्यक लामो भएको तर सास्कृतिक कार्यक्रम एकदमै राम्रो रहेको बताउनु भयो भने अर्का सहभागी सुर्यमान श्रेष्ठले कार्यक्रम अहिले सम्मकै उत्कृठ भएको धारणा राख्नुभयो ।

DSC_0207
कार्यक्रमको मुख्य आकर्षणको रुपमा अमेरिकन नेपाली कलाकार संघका अध्यक्ष गम्भु शेपाको प्रस्तुती रहेको थियो भने चर्चित गायक गायिका सुमन बुढा र सुनिता रानामगरको लोकदोहोरीले सम्पुर्ण दर्शकलाई छमछमी नचाएको थियोे । सुदुर पश्चिमको देउडा नाच प्रतिको दर्शको सहभागिताले नेपालीहरुको एकताको आभाष दिन्थ्यो । कार्यक्रमको अर्को आकर्षणको रुपमा सास्कृतिक कार्यक्रमका संयोजक केशव शर्मा दाहालको समुहको स्थानिय लोकदोहोरी थियो ।

DSC_0141

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...