Friday, October 30, 2015

दरबन्दीअनुुसार गाविस सचिव नहुँदा समस्या

बैतडी, १४ कात्तिक । बैतडीमा दरबन्दीअनुुसार गाविस सचिवहरु नहुँदा सेवा प्रवाह गर्न समस्या भएको जिल्ला विकास समितिले जनाएको छ ।

जिल्लामा रहेका ५६ वटा गाविसमध्ये अहिले ३७ गाविसमा मात्र सचिव कार्यरत रहेको स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दरबन्दीअनुसारका गाविस सचिव नहुँदा अहिले बैतडीमा एकजनाले तीन वटा गाविससम्म हेर्नु परिरहेको छ ।”

जिल्लामा नायब सुब्बास्तरको २६ जनाको दरबन्दी रहेको छ भने ३० जना खरिदारस्तरको दरबन्दी रहेको छ । अहिले जिल्लामा १३ जना नायब सुब्बा र छ जना खरिदारस्तरको सचिवको दरबन्दी रिक्त रहेको बताइएको छ ।

गाविसमा गाविस सचिवहरुको दरबन्दी रिक्त हुँदा गाविसले सम्पादन गर्ने कार्यमा समस्या भइरहेको छ । रिक्त दरबन्दी परिपूर्तिका लागि लोकसेवा आयोगमा जानकारी गराइसकेको समेत स्थानीय विकास अधिकारी विष्टले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...