Friday, October 23, 2015

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

Congress-flag_20140312101344-390x2434काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति एवम् उपराष्ट्रपतिको निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

दिउँसो १२ः३० बजे नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने उक्त बैठकले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण, प्रतिपक्षीका रुपमा नेपाली काँगेसको भावी रणनीति तय र राष्ट्रपति एवम् उपराष्ट्रपति पदका आफ्ना उम्मेदवारलाई विजयी बनाउने उपायबारे छलफल गर्ने पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बताउनुभयो ।

आजै बिहान उक्त पार्टीको पदाधिकारी बैठक महारागञ्जस्थित पार्टी सभापति सुशील कोइरालाको निवासमा बिहान ९ बजे बस्दैछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...