Wednesday, October 28, 2015

चीनबाट तेल आउँदै

धुन्चे (रसुवा), ११ कात्तिक । नेपाललाई चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ चीनको केन्द्रीय भण्डारबाट केरुङ आउनेक्रम अगाडि बढेको छ ।

पेट्रोलियम पदार्थ चिनियाँ राजमार्गबाट केरुङ आउँदै गरेको र केरुङ आइपुग्नासाथ रसुवामा खबर पठाइने चिनियाँ अधिकारीहरुले आफूलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । प्रजिअ गेलाल आज बिहान तेलको अवस्थाबारे बुझ्न केरुङ पुग्नुभएको थियो ।

आज नेपाल भित्रिने पेट्रोलियम पदार्थ केरुङ ल्याउने सडकको दूरी लामो भएका कारण ढिला भएको अनुमान छ । उता प्रहरी नायब उपरीक्षक अवदेश विष्टले रसुवागढी नाकाबाट ल्याइने चिनियाँ पेट्रोलियम पदार्थ ढुवानीका लागि आउने ट्याङ्करको सुरक्षाका लागि प्रहरी गस्ती र स्कटिङका लागि सुरक्षा व्यवस्था मिलाइसकिएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...