Tuesday, October 27, 2015

कपडासहित तीन ट्रक पक्राउ

पथरी (मोरङ), १० कात्तिक । भन्सार छलेको आशङ्कामा मोरङ प्रहरीले करिब रु ५० लाख मूल्य बराबरका विभिन्न सामानसहित तीन ट्रकलाई समाती राजस्व अनुसन्धान कार्यलय इटहरीमा आज बुझाएको छ ।

मधेस आन्दोलनका कारण भन्सार नाका अवरुद्ध भइरहेको अवस्थामा विराटनगर रानी भन्सार नाकाबाट राजस्व छलेको आशङ्कामा विशेष सुराकीका आधारमा सो सामान बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार भारतबाट नेपाल भित्रिएको को १ ख ३७७४, को १ ख ४० १० तथा को १ ख ४२६० नंको बेग्ला बेग्लै तीन ट्रकमा तयारी ऊनको स्वेटर र कपडा तथा हार्डवेयरको सामान रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यलयका मोरङका अनुसार भन्सार एजेन्ट किशोर शाहीद्वारा जाँच पास गरिएको भन्सार प्रज्ञापनपत्रमा हस्ताक्षर रहेको र बुद्ध पूजा ढुवानीले आयात गरिएको राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीका प्रमुख गौरीशङ्कर उपाध्यायले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...