Friday, October 23, 2015

एक्काइस कट्ठाको धानको कुन्यूमा आगलागी

रत्ननगर (चितवन), ७ कात्तिक । पूर्वी चितवनको पिप्ले गडौलीमा धानको कुन्यूमै आगलागी भएको छ ।

शुक्रबार करिब २१ कट्ठाको धानको कुन्यूमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

राप्ती नगरपालिका–७ स्थित स्थानीय मीनराज कँडेलको धान थन्क्याएर राखेको कुन्यूमा आगलागी भएको थियो ।

अज्ञात व्यक्तिले आगो लगाएर भागेको अनुमान प्रहरीले गरेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आए पनि करिब ५०/६० हजार रुपैयाँ भन्दाबढीको धान नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वर्ष दिनभरि खाने अन्न भित्र्याउने समयमा आगलागी भएकाले कँडेल परिवार चिन्तित भएका छन् । आगो कसले लगायो भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, चितवनको भरतपुरस्थित केन्द्रीय बसपार्कमा रहेको प्रतिक्षालयमा अन्दाजी ७०÷७२ वर्षका एक वृद्धको गएराति मृत्यु भएको जिप्रका चितवनले जानकारी दिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...