Sunday, October 25, 2015

पुल नहुँदा आवतजावतमा कठिनाइ

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ८ कात्तिक । म्याग्दीको मुदीदेखि नेरवाङ गाउँ जाने बाटोमा रहेको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ ।

गत साउन १३ गते गाखर्कमा पहिरो जाँदा गौरखोलामा आएको बाढीले पुल बगाएको थियो । पुल नभएपछि भौगोलिक रुपमा बिकट नेरवाङ गाउँ यातायात सम्पर्कविच्छेद भएको स्थानीयवासीले बताएका छन् ।

नेरवाङ गाउँका ४० घरधुरीलाई झोलुङ्गे पुल बगाएपछि मुदी हुँदै अन्य ठाउँमा आवतजावत गर्न कठिनाइ भएको मुदीका प्रकाश गुरुङले बताउनुभयो । बिरामी स्वास्थ्य संस्थामा जान र विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ ।

पुलका साथै पहिरोले दर्जनाँै ठाउँमा घोरेटो बाटोसमेत भत्काएकाले नेरवाङका बासिन्दालाई किनमेलका लागि मुदी आउन जान पनि कठिनाइ भएको छ । नेरवाङको बारीमा मकै, कोदोलगायत खेती छ । पुल र बाटो नहुँदा खेतीबाली गाउँमा ल्याउन नसकिएको गुरुङले बताउनुभयो ।

जिविसको प्राविधिक टोलीले पहिरो गएपछि प्रभावित क्षेत्रको अनुगमन गरेर तत्काललाई अस्थायी पुल निर्माण गरी आवतजावतलाई सहज बनाउन स्थानीयवासीलाई सुझाव दिएको थियो । स्थायी रुपमा झोलुङ्गे पुल निर्माणका लागि पहल भए पनि काम सुरु भएको छैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...