Saturday, October 31, 2015

चेपाङ केन्द्रको अक्षयकोषमा एक लाख ९१ हजार संकलन

DSCI1489
चितवन १४ कार्तिक
गामवेसीको चेपाङ संरक्षण केन्द्रमा स्थापना गरिएको अक्षयकोषमा अहिले सम्म एक लाख ९१ हजार रुपैया जम्मा भएको छ । केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई शिक्षा प्रदान गर्न दीर्घकालिन श्रोतको लागि नेपाल प्रहरीका एसएसपी रमेश खरेलको पहलमा सो अक्षयकोष स्थापना गरिएको थियो । मध्यक्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरमा आज शनिवार आयोजित कार्यक्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरुलेहरुले सहयोग गरेपछि अक्षयकोषमा अहिले सम्म एक लाख ९१ हजार रुपैया जम्मा भएको हो ।

DSCI1496अक्षयकोषमा नेपाल प्रहरीका एसएसपी रमेश खरेलले ५१ हजार,डाक्टर ढुण्डी पौडेलले ५१ हजार १११,समाजसेवीहरु जमुना पौडेलले २५ हजार,सरस्वती रिजाल भरतपुरले १६ हजार, राजन खयरखोलीले १५ हजार,दिपक खाँड ५ हजार,केशब कुमार गुरुङले ३ हजार एक सय,व्यवसायी नवराज न्यौपानेले १० हजार एक सय,चितवन युवा समुह दोहा कतारबाट ११ हजार १ सय आर्थिक सहयोग गरेका छन । यसभन्दा अधि अक्षयकोषमा सशस्त्र प्रहरीका एसपी शम्भू उप्रेतीले ५ हजार सहयोग गरेका थिए । अक्षयकोषमा पाँच करोड पु¥याउने महत्वकाँक्षि योजना रहेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । केन्द्रमा आश्रित चेपाङ वालवालिकाहरुले प्रहरी तालिम केन्द्र भित्र फुटवल खेल्नुका साथै प्रहरीसंग विहानको खाना पनि खाएका थिए ।

DSCI1510 DSCI1485

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...