झन्डै एक दशक देखि अमेरिकाको डिसी महानगर क्षेत्रलाई कर्म थलो बनाउदै संचार कर्मी विजय थापा एक कार्यक्रम बिच उनी अमेरिका उड्नु अगाडी नेपालमा रहदा उन्ले नेतृत्व प्रदान गरेको पेसागत संगठन नेपाल औषधिगत बिक्रि प्रबन्धक संगठन (फर्मास्युटिकल मार्केटिंग एक्जुकेटिव एसोसिएसन अफ नेपाल ) ले सम्मान गरेको छ l
संबिधान बने पछि नेपाल पुगेका थापालाई उक्त संस्थाले उन्ले दुई कार्यकाल अध्यक्ष पदमा रही संस्थागत विकास ,सफलता पूर्वक नेतृत्वको साथै महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा काठमाडौँमा रहेको संस्थाको कार्यालयमा मायाको चिनो प्रदान गर्नुको साथै संस्थाले उनलाई आजीवन सदस्यता प्रमाण पत्र पनि प्रदान गरेको छ l
उक्त सम्मान कार्यक्रममा उन्ले मन्तब्य व्यक्त गर्दै छोटो समयमा कार्यक्रमको चाजो मिलाउने संस्थका अध्यक्ष नेत्र नाथ पौडेल तथा संस्थाका सबैलाई धन्यबाद दिएका थिए l
अमेरिकामा पत्रकारिता पेसामा रहेका थापाले मन्तब्यको क्रममा आफुले संस्था २०५८ देखि २०६२ सम्म नेतृत्व प्रदान गर्दा आफुले भोगेका समस्या ,चुनौती ,अप्ठ्यारा र सफलता को बारेमा चर्चा गर्दै संस्था १४ बर्ष सम्म नवीकरण नगरिएको ,दर्ता खारेजी भएको ,मुअकमा दर्ता नगरिएको ,बैधानिकताको म्याद गुज्रिएको अवस्थामा आफुले अध्यक्ष भए पछि त्यो काम लाई उच्च प्राथमिकता दिदै काम फत्ते गरेको जानकारी दिएका थिए l
आफु केन्द्रिय केन्द्रिय अध्यक्ष हुदा शाखा विस्तार केवल बिरगंज शाखा मात्र रहेको संस्था काठमाडौँ बाहिर अहिले ७ वटा शाखा विस्तार भएकोमा मुक्त कण्ठले नेतृत्वको प्रसंसा गरेका थिए l
संस्थाका अध्यक्ष नेत्र नाथ पौडेलले पूर्व अध्यक्ष थापा जुझारु हुनु को साथै तत्कालिन समयमा संस्था निस्कृय जस्तो अवस्थमा रहेको संस्थालाई ब्युझाई यो अवस्थामा सम्म ल्याउन ठुलो भूमिका निर्वाह गरेको चर्चा गरेका थिए l
र ,थापाका समकालीन पेसागत मित्र तथा संस्थाका सल्लाहकार समितिका संयोजक शरद चन्द्र ओझाले थापाले नेतृत्व प्रदान गरे पछि संस्थाका सदस्यहरुमा आत्मबिस्वास बढ्नुको सहभागितामा क्रियाशीलता बढेको चर्चा गर्दै अमेरिकामा रहेता पनि नेपाली भाषालाई प्रबर्धन गर्न अहम भूमिका निर्वाह गरेकोमा आफुलाई खुसि लागेको मन्तब्य राखेका थिए l
कार्यक्रममा संस्थाका पदाधिकारी ,पुर्व अध्यक्ष तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो भने केहि जिज्ञासा पनि राखिएको थियो l
No comments:
Post a Comment