Monday, October 26, 2015

अमेरिकामा नासाको दसैं तिहार शुभकामना

नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली २०७२ कोउपलक्ष्यमा अमेरिकामा विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्नभएको छ । अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूको साझासंगठन नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा)को संयोजन रसम्पूर्ण स्थानीय संघसंस्थाहरूको सहकार्यमा सामुहिक कन्फ्रेन्स कल मार्फतविशेष शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

त्यस क्रममा नासाका अध्यक्ष विमल नेपालले सहभागी सम्पूर्णमहानुभावहरूलाई स्वागत गर्दै असत्यमाथि सत्यको जीत भएको योसांस्कृतिक पर्वमा स्वदेश तथा विदेशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्तगर्नुभएको थियो । अध्यक्ष नेपालले कार्यक्रममा सहभागी नर्थ क्यारोलिना, साउथ क्यारोलिना, जर्जिया, फ्लोरिडा, ओरल्यान्डो, अलवामालगायतकाराज्यका विभिन्न स्थानीय नेपाली संघसंस्थाका अध्यक्ष एवंपदाधिकारीहरूलाई राष्ट्रको विकास र प्रवासी नेपालीहरूको हकहीतकालागि आगामी दिनमा सहकार्य गर्दै अघि बढ्न आग्रह पनि गर्नुभयो ।

नासाका महासचिव शिव बिष्टले सञ्चालन गर्नुभएको कन्फ्रेन्स कार्यक्रममानासाका पूर्व अध्यक्ष सौभाग्यलाल श्रेष्ठले सम्पूर्ण नेपाली दाजुभाइ तथादिदीबहिनीमा विजया दशमी र दीपावलीको शुभकामना ब्यक्त गर्दैअन्यायको विरुद्ध विजय हासिल गरेको यो पर्वले सबैलाई सधैं खुसी रउमङ्गका साथ जिउने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो । त्यसैगरीयुनाइटेड फ्लोरिडा नेपाल एशोसियशन तथा फ्लोरिडा एशोसियसन अफनेप्लिज सोसाइटी, फ्लोरिडाका अध्यक्ष विकास देवकोटा, नेप्लिजएशोसियशन अफ जर्जिया (नाग) एटलान्टा जर्जियाका अध्यक्ष दामु डंगोल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा च्याप्टरका सभापति मीनाशाक्य, नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाका अध्यक्ष डा. ठाकुर कार्की, ओरलान्डो नेप्लिज कम्युनिटी सेन्टरका कार्यवाहक अध्यक्ष निजानन्द मल्ल, गैह्रआवासीय नेपाली संघ, अमेरिकाका बोर्ड डाइरेक्टर गोविन्दश्रेष्ठलगायतका बक्ताहरूले स्वदेशमा अति कठीन परिस्थितिका बाबजुतहर्षोल्लासपूर्व दशैं मनाइरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथादिदीबहिनीहरूमा शुभकामना ब्यक्त गर्दै नेपालमा छिट्टै सहज वातावरणसिर्जना होस् भन्ने कामना पनि गर्नुभएको थियो । बैठकमा बोल्ने अधिकांशबक्ताहरूले अहिले राष्ट्रको विषम परिस्थितिलाई औंल्याउँदै देश र नेपालीजनताले छिट्टै सहज ढंगले शान्तिपूर्ण जीवनयापन गर्नसक्ने अवस्थाका ेकामना गरेका थिए ।

नासाका अन्तरराज्य समन्वय समितिका संयोजक उद्धव कार्कीले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नासाका कार्यकारी उपाध्यक्ष शैलेन्द्रबज्राचार्य, साउथ क्यारोलिना एशोसियशन अफ नेप्लिजका अध्यक्ष एवंनासाका बोर्ड डाइरेक्टर सतीशचन्द्र गुप्ता, ट्रायड नेप्लिज कम्युनिटी सेन्टर(टीएनसीसी) नर्थ क्यारोलिनाका अध्यक्ष नारायण खड्का, नासाका बोर्डडाइरेक्टरहरू नरेन्द्र बराल, गजेन्द्र अर्याल, योगेश्वर कार्कीलगायतकामहानुभावहरूले पनि स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीदाजुभाइ तथा दिदीबहिनीहरूमा विजया दशमी तथा शुभदीपावलीकोअवसरमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिकोशुभकामना ब्यक्त गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...