Friday, October 30, 2015

विद्यालय सुचारु गराउन सरोकारवालाको पहल

schoolपथरी (मोरङ), १४ कात्तिक । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्द हडतालका कारण विद्यालय प्रत्यक्षरुपमा प्रभावित भएकाले सुचारु गर्न यहाँ सरोकारवालाले पहल सुरु गरेका छन् ।

विद्यालय तथा बालबालिका शान्ति क्षेत्र हुन् भन्ने मूलनाराका साथ बालबालिका शान्तिक्षेत्र संरक्षण अभियानको आयोजनामा भएको छलफल कार्यक्रममा मोरङमा बन्द हडतालले संस्थागत तथा सामुदायिक विद्यालयका बालबालिकाको शैक्षिक अधिकार प्राप्तिका लागि पहल गरिएको जनाइएको छ ।

निरन्तर अढाइ महिनाको बन्दले शैक्षिक कार्य तालिकामा असर पर्नुका साथै किताबको पाठ्यक्रम समयमा पूरा नभई वार्षिक परीक्षामा समेत असर हुने भएकाले बन्दकर्तालाई विद्यालयको पठनपाठन सुचारु गर्न आग्रह गरिएको छ ।

छलफलमा शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबै सरोकारवालालाई एकै थलोमा राखेर अन्तक्र्रियाको माध्यमबाट विद्यालय खुलाउन तथा पठनपाठनमा सुचारु गराउनेसम्बन्धी छलफल गरी निकास निकाल्ने निर्णय भएको छ ।

सो छलफलमा युनिसेफ फिल्ड अफिस विराटनगर, प्लान नेपाल, वल्र्डभिजन इन्टरनेसनल, इन्सेक विराटनगर, सिविन हेल्प लाइन, फरेन विराटनगर, प्याब्सन मोरङलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...