काबुल, १२ कात्तिक । अफगान सैनिकको कारबाहीमा अफगानिस्तानमा कम्तीमा पनि १६ जना तालिवानको ज्यान गएको समाचार छ ।
गएको २४ घन्टायता देशका विभिन्न भागमा भएको सो कारबाहीका क्रममा अफगान सेनाका तीनजना जवानको पनि ज्यान गएको अफगान सरकारले जनाएको छ ।
पछिल्लो सैनिक कारबाहीका क्रममा ती तालिवान मारिएको समाचारमा जनाइएको हो । अफगानिस्तानको सैनिकले तालिवानविरुद्धको कारबाहीलाई जारी राखेको छ ।
अफगानिस्तानमा गएको २४ घन्टामा तालिवानविरुद्ध जारी राखिएको कारबाहीका क्रममा ती तालिवान मारिएको एक समाचारमा जनाइएको छ ।
अफगानिस्तानको रक्षामन्त्रालयले दिएको जानकारीअनुसार सो कारबाही अफगानिस्तानका विभिन्न प्रान्तमा गएको २४ घन्टायता गरिएको थियो ।
सो कारबाहीका क्रममा ३४ जना हतियारधारी तालिवान घाइते भएका छन् । साथै १३ जनालाई पक्राउ गरिएको पनि सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
सैनिकद्वारा कारबाही गरिएका ती इलाकाहरूमा ठूलो सङ्ख्यामा विस्फोटक पदार्थ पनि जफत गरेको जनाएको छ ।
सैनिकविरुद्धमा आक्रमणकारीहरूले गरेका विभिन्न स्थानका आक्रमणहरूमा परी सात जना सैनिक पनि मारिएका अफगान रक्षामन्त्रालयले जानकारी दिएको छ ।
सन् २०१४ को अन्त्यमा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भइसकेको छ । त्यसपछि पनि तालिवानहरूले हिंसा नरोकेपछि अफगान सैनिकले नै तालिवानविरुद्धको कारबाही जारी राखेको हो ।
No comments:
Post a Comment