Tuesday, October 27, 2015

डाडाजोर महोत्सव सकियो

परासी, ११ कात्तिक । नवलपरासीको दुम्कीबास गाविसको डाडाजोरमा कोज्रागत पूर्णिमाका अवसर पारी सुरु भएको दुई दिने डाडाजोर मेला सकिएको छ ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विनयी ढिकमा रहेको मणि खम्बादेवी मन्दिरको पारिपट्टिमा लागेको मेलामा लोपोन्मुख कलासंस्कृति प्रदर्शन गरिएको थियो । मेलामा लोप हुन लागेको मारुनी नाच, सराये नाच मेलाको विशेष आकर्षणका रुपमा रहेको थियो । विगत १५ वर्षदेखि रोकिएको सो मेला स्थानीयवासीको सक्रियतामा पुनः सञ्चालनमा ल्याइएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...