Monday, October 26, 2015

गोलाबारीमा दुई प्रहरी र चार आतङ्ककारीको मृत्यु

turkeyदियार्बाकिर (टर्की), ९ कात्तिक । कुर्दिस समूहको बलियो प्रभाव रहेको टर्कीको दियार्बाकिर सहरमा सोमबार टर्कीस् सुरक्षाबल र संदिग्ध आइएस आतङ्ककारीबीच भएको झडपमा चार आतङ्ककारी र दुई प्रहरीको मृत्यु भएको समाचार छ ।

प्रहरीले आतङ्ककारी लुकेर बसेको इलाकालाई लक्ष्यगरी कैयौँ घरहरुमा गरिएको कारबाहीको क्रममा संदिग्ध आइएस आतङ्ककारीहरुले पनि गोली प्रहार गर्दा सो घटना भएको जनाइएको छ ।

एएफपी समाचार समितिका एक पत्रकारका अनुसार सो इलाकामा अझै पनि गोलाबारी जारी रहेको छ ।

अधिकारीहरुका अनुसार गत अक्टोबर १० मा अङ्कारामा कुर्दिस समर्थक एक शान्ति जुलु्सलाई लक्षित दुईवटा आत्मघाती आक्रमण गराउने समूहको नै यस गोलाबारीमा पनि सहभागीता रहेको अनुमान गरिएको छ ।
अक्टोबर १० मा भएको सो आक्रमणमा १०२ जना व्यक्तिको ज्यान जानुको साथै अन्य सयौ घाइते भएका थिए । यस आक्रमणको इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...