Friday, October 30, 2015

विष सेवन गर्दा एकको मृत्यु

poisne-harekpalरत्ननगर (चितवन), १४ कात्तिक । चितवनमा विष खाँदा एकजनाको मृत्यु भएको छ ।

भरतपुर–१५ घर भई नारायणी नगरपालिका–४ अमृत नगर बस्ने ४५ वर्षीय गणेश तिमिल्सिनाको विष खाँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति तरकारीमा हाल्ने विषादी खाएर गम्भीर बनेका उनको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । घटनाको कारण भने खुलेको छैन ।

यसैबीच चितवनको रत्ननगर र नारायणी नगरपालिकाका हिजो पनि दुई जना विष खाएर गम्भीर बनेका छन् ।

उनीहरुमध्ये अहिले एक जनाको भरतपुर मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

विष खानुको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...