Monday, October 26, 2015

गोसाइँकुण्डमा भक्तजनको निरन्तरता

downloadधुन्चे (रसुवा), १० कात्तिक । जनैपूर्णिमा पर्वमा धार्मिक यात्रा गर्न नसकेका भक्तजन क्रमशः गोसाइँकुण्ड जान थालेका छन् ।

स्थानीय ट्राफिक प्रहरीका अनुसार भूकम्पका परकम्प क्रमशः घट्दै गएको र अर्कोतर्फ चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्डमा नियमित होटल सञ्चालनमा आएका कारण भक्तजन गोसाइँकुण्ड जान थालेका हुन् ।

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइ निलाद्री पर्वतमा अवस्थित भगवान् शङ्कर गोसाइँबाबा विराजमान रहनुभएको पवित्र कुण्डमा जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने धार्मिक मान्यताअनुरुप भक्तजन मौसमको अवस्था हेरी तीर्थ जान थालेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिनुभयो ।

हिजो र आज गरी दर्जनौँ भक्तजन तीर्थ गर्न धुन्चेबाट प्रस्थानसमेत गरिसकेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...