Sunday, October 25, 2015

नेपाली सेनाद्वारा धारा निर्माण

धुन्चे (रसुवा), ९ कात्तिक । बाटो हिँड्ने बटुवा र स्थानीय बासिन्दालाई शुद्ध खानेपानीको व्यवस्थापन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायणदल गणले धुन्चेस्थित प्रवेशद्वार नजिक रहेको प्राकृतिक मूलको संरक्षण गर्दै धारा निर्माण गरेको छ ।

नेपाली सेनाले सो धारा निर्माण गरेपछि यहाँका हजारौँ मानिसलाई शुद्ध खानेपानीको व्यवस्था भएको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले निकुञ्ज क्षेत्रमा अवस्थित जैविक विविधता संरक्षणका साथसाथै आफ्नो आन्तरिक साधन र स्रोतबाट ग्रामीणवासीको हितका लागि गरेको योगदान महत्वपूर्ण रहेको जानकारी दिनुभयो ।

यस्तै नेपाली सेनाले ब्राबेलदेखि धुञ्चे प्रवेशद्वारसम्मको सडक र आसपासका क्षेत्र सफासुग्घर गर्नाले वातावरणमा समेत सन्तुलन आएको नागरिक समाजले बताएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...