Friday, October 23, 2015

आफ्नै बसबाट किचिएर सहचालकको मृत्यु

accidentविराटनगर, ६ कात्तिक । आफ्नै बसले किच्दा आज बिहान सहचालकको उपचारको क्रममा मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरी कुशहा–४ मा ना ५ ख ४९२५ नम्बरको यात्रुवाहकको सहचालक दीपक कार्कीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

प्रहरीको सुरक्षा घेराका लागि पर्खेर बसेका सो बसका सहचालक कार्की सोही बसमुनि भूँइमा सुतेको अवस्थामा बस चालकले बस अगाडि बढाउने क्रममा कार्की किचिएका थिए ।

बससहित चालकलाई अनुससन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...