Sunday, October 25, 2015

एकको हत्या, हत्या अभियोगमा आमा छोरा पक्राउ

hatya-imageनुवाकोट, ८ कात्तिक । नुवाकोटको चौघडा गाविसमा गएराति एकजनाको हत्या भएको छ ।

मदानपुर गाविसका प्रेमबहादुर तामाङको चौघडामा हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

चौघडा गाविसका इन्दिरा राई र उमेश राईलाई हत्याको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उनीहरु आमाछोरा हुन् ।

हत्याको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले जानकारी दिनुभएको छ । मदानपुरका व्यक्ति किन चौघडा पुगे र हत्या हुनुको कारण के थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...