Wednesday, October 28, 2015

माइक्रोबायोलोजी ल्याब सञ्चालनमा

भीमदत्तनगर, १२ कात्तिक । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा माइक्रोबायोलोजी ल्याब सञ्चालनमा आएको छ ।

सामान्य ल्याबबाट रोगको पहिचान हुन नसक्दा यस क्षेत्रका बिरामी मर्कामा पर्ने गरेका थिए ।

माइक्रोबायोलोजी ल्याबबाट रगत, दिसा, पिसाब र खकारको परीक्षण गरिने उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल ल्याब प्राविधिक ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा माइक्रोबायोलोजी ल्याब नहुँदा ठूलो धनराशी खर्च गरेर अन्यत्र उपचार गर्न जानुपर्ने बिरामीको बाध्यता हटेकोे छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...