Sunday, October 25, 2015

तलेजुको वाहन सेतो घोडाको मृत्युसँगै जात्रा प्रभावित

ghodaभक्तपुर, ९ कात्तिक । तलेजु भवानीको वाहन सेतो घोडाको मृत्यु भएपछि जात्रा प्रभावित हुने भएको छ ।

चालीस वर्ष उमेरको उक्त घोडा विगत ३६ वर्षदेखि भक्तपुरको तलेजुमा तलेजुको वाहनका रुपमा रहँदै आएको घोडा आइतबार मरेको थियो ।

नवदुर्गामध्येको प्रमुख देवी मानिने तलेजु भवानीको वाहन सेतो घोडालाई विजयादशमीको राति वर्षमा एक दिन चन्द्रमासको गतिअनुसार तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्रा (पायो जात्रा) गरेर नगर परिक्रमा गराउने प्रचलन छ । यसलाई भक्तपुरको घोडेजात्रा पनि भन्ने गरिन्छ ।

तलेजुका पुजारी नाइके प्रा डा सिद्धिवीर कर्माचार्यले महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो वाहन सेतो घोडामा सिङ्गारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वासअनुसार यो जात्रा मनाउने गरिन्छ ।

गत विजयादशमीको दिन खड्ग जात्रा मनाएर फर्कने क्रममा तलेजुको तबेलाको ढोकामा ठोक्किएर घाइते भएको घोडा आइतबार मरेपछि भक्तपुरको घोडेजात्रा र अन्य जात्रा प्रभावित हुने उहाँले बताउनुभयो ।

धार्मिक र सांस्कृतिक मान्यताअनुसार तलेजुको वाहन घोडाको मृत्यु हुनुलाई अशुभ मानिने कर्माचार्यले बताउनुभयो । घोडा र तलेजुको सुरक्षाका लागि ज्वालादल गणका १७ जना नेपाली सेना परिचालित हुँदै आएका छन् । मरेको घोडालाई वैदिक विधिअनुसार तलेजु मन्दिर परिसरभित्रै आज अत्येष्टि गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...