Sunday, October 25, 2015

लागुऔषधसहित विष्ट र राई पक्राउ

drugsकाठमाडौँ, ८ कात्तिक । महानगरीय प्रहरी वृत्त गौशालाले किरण विष्टलाई अवैध लागु औषधसहित आज पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ७ कुमारीगाल बस्ने २२ वर्षीय विष्टका साथबाट ब्युप्रिनोर्फिन ७३ एम्पुल, डाइजेपाम ७३ एम्पुल रफेनारगन ७३ एम्पुल फेला परेको हो ।
महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले विष्टले लागु औषध खरिदबिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा खोजी गर्न गएका बेलामा प्रहरीले विष्टलाई कुमारीगालस्थित निजकै घरबाट उक्त परिमाणको लागुऔषध सहित पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो ।

यसैबीच सोही वृत्तले लागुऔषध गाँजाको ससाना पुरिया बनाई बिक्री गर्न हिँडेका सन्दीप राईलाई वनकाली क्षेत्रबाट पक्राउ गरेको छ । मोरङ उर्लाबारी ९ स्थायी घर भई अहिले कलङ्की बस्ने १६ वर्षीय राई ३२० ग्राम गाँजाका ४८ पुरिया बनाई बिक्रीवितरण गर्दै हिँडिरहेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...