काठमाडौं, १३ कात्तिक । चीनले नेपालका राष्ट्रपतिमा नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित हुनुभएकामा बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाली जनताले राष्ट्रपति भण्डारी र नेपाल सरकारसँग मिलेर नेपाललाई शान्तिपूर्ण, स्थिर र समृद्ध मुलुक बनाउने विश्वास व्यक्त गर्नुभयो । आफ्नो मुलुकको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भागोैलिक अखण्डताको रक्षा गर्ने नेपालको प्रयासको समर्थन गर्दै चीनले नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उहाँले एक प्रश्नका उत्तरमा भन्नुभयो, ‘नेपाली पक्षको अनुरोधमा चिनियाँ सरकारले नेपालका लागि निश्चित परिमाणको इन्धन आपत्कालीन सहायताका रुपमा नेपाललाई उपलब्ध गराउने निर्णय गरेको छ, जसले गर्दा इन्धनको कमीबाट भएको समस्या कम गर्न नेपाललाई सहयोग मिल्नेछ ।’ रासस –
Thursday, October 29, 2015
नेपाली शासकले चीनसँग किन धेरै पेट्रोलियम पदार्थ ल्याउन चाहेनन् ?
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment