Friday, October 30, 2015

सामाजिक सञ्जालमा अबपनि जथाभावी लेख्ने ?

sanjal_1410341860काठमाडौँ, १३ कात्तिक । सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिथोलिने गरी सामग्री प्रकाशन तथा प्रदर्शन गर्नेलाई कारबाही गरिने नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्र्रीय अनुसन्धान ब्युरोले आज जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘हालका दिनमा विभिन्न सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने किसिमका कार्य भए÷गरेको देखिन आएको हुँदा उल्लिखित कार्यहरु कानुनले दण्डनीय कार्यका रुपमा परिभाषित गरेको जानकारी गराइन्छ ।’

यस्ता कार्यहरु गर्ने र गर्न लगाउने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको ब्युरोले जनाएको छ । ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गर्ने कार्य नगर्न र नगराउन सबैमा अनुरोध गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...