Wednesday, October 28, 2015

विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित

NEPAL-KATHMANDU-VOTE-PRESIDENTकाठमाडौं, ११ कात्तिक । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको छ ।

बुधबार व्यवस्थापिका संसदमा भएको गोप्य मतदानमा भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले ३ सय २७ मत पाउनुभयो । यसैगरी, कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २ सय १४ मत पाउनुभयो ।

औपचारिक रुपमा भने मतपरिणाम घोषणा गर्न बाँकी छ ।सत्तारुढ दलका सांसद भण्डारीका पक्षमा भएका कारण उहाँ निर्वाचित हुने पक्कापक्की नै थियो ।

नेपालको महिला आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकी भण्डारी देशकै पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ । उहाँ जननेता मदन भण्डारीकी धर्मपत्नी हुनुहुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...