Sunday, October 25, 2015

विद्युत् सेवा अवरुद्ध हुँदा एक सातादेखि अन्धकार

9482642cbddfcee28b5a44c4b41702ceबैतडी, ९ कात्तिक । बैतडीको खोड्पे बजारमा एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युत् अवरोध भएसँगै बजारमा व्यापारीलाई धेरै समस्या भएको छ । विद्युत्को अभावमा आटाचक्की बन्द भएका छन् । आइएमी र एटिएम सेवासमेत बन्द भएको स्थानीयवासी देवेन्द्र कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो – “खोड्पे बजारमात्रै नभएर सोही ट्रान्सफर्मरबाट लाइन वितरण गरिएका आसपासका गाउँ एक हप्तादेखि अन्धकार हुँदा पनि विद्युत् सेवा सञ्चालन गर्न विद्युत् प्राधिकरणले कुनै चासो दिएको छैन ।”

खोड्पे बजारमा ट्रान्सफर्मरमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् प्राधिकरणले भने ट्रान्सफर्मर बिग्रेको ठाउँमा नयाँ ट्रान्सफर्मर राखिएको र नयाँ ट्रान्सफर्मरमा पनि समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ ।

“बीचमा दसैँको बिदा भएकाले पनि धनगढीबाट ट्रान्सफर्मर मगाउन सकिएकोछैन र दुईतीन दिनमा ट्रान्सफर्मर आउँछ” नेपाल विद्युत् प्राधिकरण बैतडीका निमित्त प्रमुख माधवप्रसाद लेखकले बताउनुभयो । उहाँले भन्नुभयो – “ट्रान्सफर्मर बिग्रेकाले धनगढी नै पु¥याउनुपर्ने र जिल्लामा जगेडा ट्रान्सफर्मर नरहेकाले ढिलाइ भएको हो ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...