Saturday, October 24, 2015

मास्कोमा विजयादशमीको टीका र दशैं भोज

20151022_182817

मास्को, २२ अक्टोबर २०१५ (वृहस्पतिवार) । नेपालीहरूको महान् राष्ट्रिय, सांस्कृतिक तथा धार्मिक पावन पर्व बडादशैं – २०७२ को उपलक्ष्यमा मास्कोस्थित नेपाली राजदूतावासमा विजयादशमीका दिन टीका ग्रहण तथा दशैं भोजको आयोजना गरिएको थियो । त्यसमा रूसमा अध्ययनरत तथा व्यवसायमा संलग्न नेपालीहरूको उपस्थिति रहेको थियो । रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूबाट यस साल पारिवारिक आशौच बार्नुपरेकाले रूसमा बसोवास गरिरहेका सम्पूर्ण नेपालीहरूको अग्रजको नाताले महामहिमज्यूले मलाई दशैंभोजमा उपस्थित भाइबहिनीहरूलाई विजयादशमीको टीका लगाइदिने उत्तरदाष्त्विपूर्ण अभिभारा सुम्पिदिनुभएको थियो । तसर्थ नेपाली परम्पराअनुसार आद्यशक्ति कुमारीको प्रतिनिधित्व गर्ने सानी बालिका अध्येता अर्यालबाट आपूmले टीकाग्रहण गरी नेपाली राजदूतावासमा दशैं मनाउन भेला भएका पूर्वमा इलामदेखि पश्चिममा बैतडी र दार्चुलासम्मका हिमाल, पहाड, तराई सबै क्षेत्रका भाइ–बहिनीहरूलाई आरोग्यता, सुखसमृद्धि एवं सफलताको आशिर्वाद दिंदै टीका लगाइदिएको थिएँ ।
नेपालीहरूको निम्ति दशैं धार्मिक चाड मात्र नभई राष्ट्रिय चाड समेत हो । प्राचीन कालमा नेपालमा वर्षको ४ पल्ट दशैं मनाउने परम्परा थियो तापनि हाल चैतमा सानो दर्शै र असोज ठूलो दशैं मनाउने गरिन्छ । नेपालका सबै पुराना किल्ला र गढीहरूमा नौ दिनसम्म मातृशक्तिको प्रतीक नवदुर्गाको पूजा गरी दशौ दिन जमरासहित दुर्गाभवानीको प्रसादस्वरूप असत्यमाथि सत्यको विजयको प्रतीक रातो टीका लगाउने नेपाली परम्परा रहेको छ । नेपालको सुरक्षाको जिम्मा लिने सैनिकहरूको छाउनी रहेका स्थानहरू र कोतघरहरूमा दूर्गसंरक्षिका देवी दुर्गाभवानीको आराधनासहित राष्ट्रिय झण्डा फहराएर दशैं मनाउने गरिन्छ । हरेक वर्ष जहाँ रहेर पनि दशैं मनाउँदा मेरो बाल्यकाल बितेको बैतडीगढीको कोतघरमा राखिएका सूर्य–चन्द्रअंकित एकजोर झण्डालाई निसानदेवीको रूपमा पूजा समेत गरेर दशैं मनाउने गरिएको मलाई सम्झना हुन्छ । नेपालले धर्मनिरपेक्षताको नीति अबलम्बल गरे तापनि राजधानी काठमाडौंमा प्राचीन हनुमानढोका दर्बारको मूलचोकमा दशैंघरमा नवदुर्गा र तलेजु भवानीको आराधना गर्ने परम्परा कायमै छ । तलेजु मन्दिरको ठीकपछाडि तानाबहालमा मेरो वंशकी कुलदेवी तारिणीदेवीलाई दशैंमा तलेजुको तर्पmबाट एउटा राँगो वलि दिइने परम्परा पनि उल्लेख्य छ । यस प्रकार नेपालका विभिन्न स्थानमा दशैं मनाउने आप्mनै विशेष परम्पराहरू भए तापनि विभन्न धर्माबलम्बी समस्त नेपालीहरूलाई दशैंले पूmट होइन कि एकजूट भएर आ–आप्mनो परम्पराको पालना गर्ने शिक्षा दिन्छ भन्ने मलाई लाग्दछ ।

20151022_173654
नेपालबाट निकै टाडा रूसमा बसोवास गरिरहेका सम्पूर्ण नेपालीहरू नेपाली राजदूतावासमा भेला भएर सोहार्दपूर्ण र रमाइलो वातावरणमा हर्षोल्लासकम साथ बडादशैं मनाउने गर्दछन् । यस साल पनि दडादशैंको अवसरमा रूसमा रहेका सम्पूर्ण नेपालीहरूका अभिभावक नेपाली राजदूत–दम्पति डा. रविमोहन सापकोटा कोपिला तथा डा. सुलोचना सापकोटाज्यूबाट विजयादशमीका दिन बडादशैंको भोजको आयोजना गर्नुभई रूसमा रहेका विभिन्न पुस्ताका नेपालीहरूलाई एकै थलोमा जम्मा भई नाचगान सहित रमाइलोसित दशैं मनाउने सम्भावना प्रदान गर्नुभएको छ । मलाई विजयादशमीको अवसरमा सबै नेपाली भाइ–बहिनीहरूलाई आशिर्वाद दिंदै रातो टीका लगाएर दुर्गाभवानीको प्रसादको रूपमा सृष्टिको प्रतीक पहेंलो जमरा दिँदा मास्कोमा नेपाली राजदूतावासको प्राङ्गणले सानो नेपालकै प्रतिनिधित्व गरिरहेको प्रतीत भएको थियो ।

फोटो सौजन्य ः विमल आचार्य ।
दिनाङ्क ः २३ अक्टोबर २०१५,
मास्को, रूस महासंघ ।

20151022_173654 20151022_182810 20151022_182601 20151022_182817 20151022_184922 20151022_190822 20151022_191138

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...