Thursday, November 5, 2015

सहमति तोड्नु अक्षम्य भुल: नेत्री कोइराला

Sujata-Koiralaपथरी (मोरङ), २० कात्तिक । सभासद् एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले एमालेसँगको सहमति तोड्नु नेपाली काँग्रेसको इतिहासमै अक्षम्य भुलका रुपमा रहने बताउनुभएको छ ।

मोरङको राजघाटमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान कार्यान्वयन नभएसम्म सहमति तोड्न नहुने बताउनुभयो ।

संविधानलाई मूलधारमा ल्याएरमात्र पक्ष प्रतिपक्षको राजनीति गर्नुपर्ने धारणा राख्दै उहाँले मिलेर संविधानको कार्यान्वयमा लाग्ने बेला एमालेसँगको सहमति गलत समयमा तोडिएको उल्लेख गर्नुभयो । गठबन्धन तोडेकै कारण मुलुक गहिरो सङ्कटमा पुगेको भन्दै नेत्री कोइरालाले तीन शीर्ष नेताले अब सल्लाहकार भएर बस्नुपर्ने बताउनुभयो ।

उहाँहरूको पद लोलुपताले नै पार्टीसमेत अप्ठ्यारोमा परेको कोइरालाको भनाइ थियो । पटक पटक पार्टीको महाधिवेशन सारेर नेतृत्वले कार्यकर्तालाई समेत धोका दिएको नेत्री कोइरालाको आरोप थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...