Tuesday, November 24, 2015

डिसी नाकाबन्दी बिरुद्ध सहभागी मध्ये तीन चिज हेर्न लायक र निकै रोचक

three

भारतले गरेको अन्यायपूर्ण आर्थिक नाकावन्दीको अन्त्य होस् भन्ने हेतुले अमेरिकामा भरि रहेका संघ तथा संस्थाको सयुक्त पहलमा ह्वाइट हाउस अगाडी भएको बिरोध प्रदर्शन अमेरिकाको ईतिहासमा नेपाली समुदायको सबै भन्दा ज्यादा सहभागिता रह्यो l

डिसी जुलुस प्रदर्सनीले किर्तिमान कायम गर्न सफल भयो l प्रार्थना गरौ र यस्तै एक जुट नेपाली बिच कालान्तरमा पनि रहोस l डिसी नाकाबन्दी बिरुद्ध सहभागी हुन आएका हजारौ सहभागी मध्ये ३ वटा चिज अनौठो पुग्न गएको छ l

bandita 20

अन्य भन्दा फरक भएको र अचम्बित देखियो l पहिलो कार्यक्रममा म्यारिल्याण्ड राज्यका इन्डीएन हेड शहरका उप नगर प्रमुख किरण सिटौलाका पिता कपिल सिटौलाले हिमाल,पहाड ,मधेस तथा तराईलाई प्रतिनिधित्व हुने गरि बस्त्र लगाएर जुलुसमा नारा लगाएको देखिएकोले लुगा लगाउन नजानेको हो कि भन्ने अर्थ लगाए l वहाले घर बाट निस्कदा नै भाद गाउँले कालो टोपी ,कोट र धोति लगाएर उपस्थित हुनु भएको थियो l

vijaya shaha 1

वहाको संदेश हिमाल ,पहाड र मधेश नेपाल हो l हामी सबै नेपाली हौ l वहा भारतले अघोसित रुपमा लगाएको नाकाबन्दी विरुद्ध आवाज उठाउन आएको बुझियो l हामी मधेसी बिरोधि हैनौ भन्ने अभिव्यक्ति दिनु भयो l बिरोध सबैको साझा कार्यक्रम भएकोले सबैको प्रतिनिधित्व होस् रहेकोले यस्तो लुगा लगाएको बताउनु भयो l

अर्को रमाईलो पक्ष ,अमेरिकाको वाशिंगटन डिसीको व्हाइट हाउस अगाडी दिउसो १२ बजे स्याल कराउने समयमा झन्डै ४० वर्ष भन्दा अगाडी अमेरिका आई पुगेका बरिस्ठ अर्थशास्त्री तथा अर्थविद सुकदेव शाह (बिद्या वारिधि ) र श्रीमती बिजया शाहको जुलुसमा सहभागीताले अलिक रोचक बनायो l

vijaya 3

अर्थविद डा सुकदेव शाह नेपाल तराई मुलका हुन् भने उन्की धर्म पत्नी बिजया शाह काठमाडौँ कि क्षेत्री परिवारकि l डिसी महानगर क्षेत्रमा उनि एक स्थापित समाज सेवी तथा अमेरिका नेपाल महिला संघ वाशिंगटन डिसीकि वर्तमान अध्यक्ष पनि l उनीहरुको बिबाह अन्तरजातीय l

अमेरिका भरका सबै संघ तथा संस्थाको आब्हान अनुसार नोभेम्बर २२ तारिखमा बिहान ११:३० बजे देखि ३ बजे सम्म व्हाइट हाउस अगाडी भारतीय नाकाबन्दी बिरुद्ध प्रदर्शनमा भाग लिन दम्पत्ति एकै घर बाट निस्के l

bandita ji

अमेरिका आई बसोबास गर्ने तराईका नेपालीले पनि नोभेम्बर २२ तारिखमा व्हाइट हाउस अगाडी बिरोध कार्यक्रम बिहान १० बजे देखि २ बजे सम्म राखेका थिए l सोहि दिन सो स्थान वर पर बिरोध कार्यक्रम राखेका थिए l

पति सुकदेव शाहले नेपाल सरकारको बिरोधको प्रतिनिधित्व गरे भने र पत्नीले बिजया शाहले भारतले नेपाललाई लगाएको नाकाबन्दी विरुद्ध जुलुसमा सहभागी भईन l

पति पत्नी बिच समझदारी ,दुबैको समस्या र दुबैले दुवै बिरोध प्रदर्शनमा सहभागी भए l किनभने दुवै पतिपत्नी समाज सेवी तथा सामाजिक कार्यकर्ता हुन् l आ आफ्नो उदेश्यले आए र दुवैले आफ्नो प्रतिनिधित्व गरेको देखियो l बिजय शाह चर्को नारा लगाउदै थिइन् भने उता अर्थविद सुकदेव शाह पनि नारा नेपाल सरकारको काम कारवाईलाई घच घचाउन नारा लगाउदै थिए l दुबैले नारा लाग्य तर ५ मिटर को दुरी फरकमा मात्र l पतिले सरकार बिरुद्ध र पत्नीले भारत ले लगाएको नाकाबन्दी बिरुद्ध l

bandita 1

अर्को अनौठो देखिएको सहभागी मध्ये काठमाडौँ घर भएकी पेसाले अधिवक्ता बन्दिता शर्मा दाहाल l झन्डै एक दशक देखि अमेरिकामा बस्दै आएकी वकिल पेसाकी बन्दिता शर्मा दाहाल आप्रवासन कानुनविद हुन l

लामो समय अगाडी पेन्सेलभेनिया राज्यमा बस्दै आएकी र हाल डिसी महानगर क्षेत्रमा पेसागत हैसियतले बसोबास गर्दै आएकी अधिवक्ता बन्दिता शर्मा दाहालको पोसाक हेर्न लायकको थियो l

सदैब नेपाली कार्यक्रममा फरिया र अन्य कार्यक्रममा बिदेशी वस्त्र लगाउने एक प्रतिष्ठित पेसामा आबद्ध अधिवक्ता बन्दिता शर्मा दाहालले भाद गाउले कालो टोपी लगाई जुलुसमा नारा लगाउदै जुलुसका सहभागीलाई मार्ग निर्देशन दिदै हिडेको दृश्य झन् हेर्न लायक देखिन्थ्यो l उनले स्वत फ्रुत रुपमा भारतले गरेको अघोषित नाकाबन्दी बिरुद्ध बिरोध जनाउदै कालो भाद गाउँले टोपी लगाउदा पृथक देखिएको थियो l उनि कलाकारिताको अभिनयको लागि बस्त्र परिवर्तन नगरी देश र नागरिकले पाएको दुख प्रति नेपाली पन र नेपाली मनले प्रतिनिधित्व गरेकी थिइन् l

bimal 1

उनि दत्त चित्ता भै खटिएकी थिइन् l पेसाले वकिल भएको नाताले अन्तर्राष्ट्रिय पारवहन तथा अन्य बिषयमा भारतले गरेको अब्यबहारिक र हेपाहा प्रवृति प्रति मन भित्र गुम्सिएको र दबिएको आवाजलाई बुलन्द पारेको देखिन्थ्यो l

जुलुसमा हिड्दा एउटा युवा मोटो घाटो युवकले भिड लाई नियन्त्रण गरेको देखियो l हृष्ट पुष्ट सिपाही तथा रक्षक जस्तै देखिएको थियो l भाद गाउले टोपी ,जाडोको न्यानो वस्त्र तथा यातायात प्रहरी (ट्राफिक पुलिस ) जस्तै लाग्ने उनि अरु कोहि नभई डिसी महानगर क्षेत्रको भर्जिनियामा आफ्नो कानुन ब्यबसायी संचालन गर्ने तथा महिला अधिवक्ता बन्दिता शर्मा दाहाल थिईन l ​

kapil sitaula 1

bandita sapiwaar

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...