Thursday, November 5, 2015

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

Road Accidentसुरुङ्गा (झापा), २० कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछीमा गएराति मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तोपगाछी– ३ निवासी ६० वर्षीया डम्बरकुमारी कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई पूर्वबाट पश्चिमतर्फ गइरहेको मे७प २१०० नंको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख रोशन आचार्यले बताउनुभयो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा गएराति मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको मोटरसाइकलले कार्कीलाई गएराति १० बजे बाटो काट्ने क्रममा ठक्कर दिएको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...