Tuesday, November 3, 2015

औषधिको आपूर्ति गराउन ध्यानाकर्षण

Medicineपथरी (मोरङ), १८ कात्तिक । मधेसी मोर्चाले आह्वान गरेको बन्द र सीमा क्षेत्रमा भारतको अघोषित नाकाबन्दीले मौज्दात औषधि सकिएकाले औषधि व्यवसायी सङ्घ कोसी अञ्चलले मोरङका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

विराटनगर–१० स्थित अस्पताल चौकमा औषधि व्यवसाय भेला भई कोसी अञ्चल अध्यक्ष लक्ष्मण माझीको नेतृत्वको टोलीले हिजो जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई औषधिको सहज आयातको व्यवस्था मिलाइदिन ज्ञापनपत्र बुझाउँदै अनुरोध गरेको छ ।

औषधि व्यवसाय सङ्घका केन्द्रीय सदस्य लक्ष्मी तिम्सिनाले औषधिजस्तो अति आवश्यक वस्तु उपलब्ध नहँुदा आफूहरु चिन्तित रहेको बताउँदै आकस्मिक घटनाका बिरामीका लागि चाहिने मौज्दात औषधि पूर्णरुपमा सकिएको र आपूर्ति सहज गराइदिन माग गर्नुभयो ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ कार्कीले औषधिजस्तो अति आवश्यकीय वस्तु सहज आपूर्ति गराउन वैकल्पिक मार्गको व्यवस्था गर्न औषधि व्यवसायलाई आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...