भारतले नेपाल बिरुद्ध गरेको अमानविय आर्थिक नाकाबन्दीको बिरोधमा अष्ट्रेलियाको पर्थ शहरमा शान्तिपूर्ण प्रर्दशन गरेका छन् । उक्त प्रदर्शनमा बिभिन्न प्रकारका नारा लेखेका तुल र झन्डा सहित हामी आफै सक्षम छौ, तिम्रो साथ चाहिदैन भन्दै शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।
गैरआवसिय नेपाली संघ (एनआरएन) वेष्टर्न अष्ट्रेलिया र नावा ले संयुक्त रुपमा आयोजना गरेको बिरोधमा प्रर्दशनमा आर्थिक नाकाबन्दी बन्द गर ,गैरकानुनी र गैरन्यायिक नाकाबन्दी बन्द गर लगायतका सन्देश लेखिएका तुल र झन्डा बोकेका नेपालीहरु प्रर्दशनमा सहभागी भएका गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रियका समन्वय समितिका पूर्व सदस्य भैरब ढकालले अस्ट्रेलिया बाट बताए l
No comments:
Post a Comment