Sunday, November 1, 2015

शपथ लिए उपराष्ट्रपतिले

Rss_Images_1446372391542_Pro_Ktm_ Vic-President Saphat (7)

काठमाडौँ, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, उपप्रधानमन्त्री कमल थापा, विजयकुमार गच्छदार र टोपबहादुर रायमाझी, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगीव्यवसायी एवम् यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

पुन व्यवस्थापिका–संसद्बाट शनिबार उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...